यसरी जिल्लिए बालकृष्ण
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले राजनीनामा देलान् र गृहमन्त्री पड्काउला भनेर बसेका रक्षामन्त्री बालकृष्ण खाँडको सपना पनि तुहिएको छ । गृहमन्त्री निधिले मन्त्रिपरिषद्को मर्यादाक्रममा प्रधानमन्त्रीपछिको पहिलो वरीयता नपाए राजीनामा दिने घोषणा गरेपछि खाँडले गृहमन्त्री बन्ने सपना बुनेका थिए ।
विश्वस्त स्रोतका अनुसार उनले त्यसका लागि पार्टी सभापति शेरबहादुर देउवालाइ पनि मनाइसकेका थिए । निधिले राजीनामा दिएपछि पार्टीको तर्फबाट नेतृत्व गर्ने गरी गोपालमान श्रेष्ठलाई उपप्रधानसहित रक्षा दिएर पठाउने र रक्षा सम्हाल्दै आएका खाँडलाई गृहमन्त्री बनाउने आन्तरिक तयारी देउवा समूहले गरि पनि सकेको थियो । यही तयारीअनुसार देउवाले पछिल्लो समयमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई फोन गरेर ‘निधिलाई तेस्रो वरीयता’ मा नै राख्न भनेका थिए । प्रहरी महानिरीक्षक नियुक्ति, राजदूत सिफारिसलगायतका प्रकरणमा आफूलाई नटेरेको भन्दै देउवा निधिसँग रुष्ट बनेका थिए । स्रोतका अनुसार देउवाको चाहना निधिले राजीनामा नै गरून् भन्ने थियो । तर, यसो गर्दा आफू प्रधानमन्त्री हुने वातावरण बिग्रिने देखेर देउवा फेरि ब्याक भएको बताइन्छ । ‘म प्रधानमन्त्री बन्नुपर्छ, तिमी बरु मन्त्रिपरिषद् बैठकमा नजानू, चुप लागेर बस्नू’ भन्ने सभापति देउवाको सल्लाहअनुसार नै निधि चुपचाप बसेको बुझिएको छ । तर, यो प्रकरणबाट देउवाले निधिलाई जाँचेको विश्लेषण पनि कांग्रेसवृत्तमा हुने गरेको छ । स्रोतले भन्यो, ‘निधिलाई म साइजमा राख्न सक्छु भन्ने देउवाले देखाइदिएका छन् ।’
a
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply