निधि बिच्किएपछि सिटौलाको चुरीफुरी
काठमाडौं । नेपाली कांग्रेसमा तेस्रो गुटमा जन्मदाता कृष्णप्रसाद सिटौला अहिले आफ्नो गुटलाई संस्थापन पक्षमा मर्ज गराएर सभापति शेरबहादुर देउवाको उत्तराधिकारी बन्ने खेलमा लागेका छन् । गत हप्ता दर्ता गराइएको संविधान संशोधनको मस्यौदा बनाउने कार्यदलको जिम्मेवारी देउवाले सिटौलालाई दिएपछि कांग्रेसवृत्तमा सिटौला नयाँ अवतारका रूपमा उदाउने आशंका गर्न थालिएको छ ।
गिरिजाप्रसाद कोइरालाको जीवनको उत्तराद्र्धमा उनकै प्रिय पात्र बनेका सिटौला अहिले देउवाको प्रिय बन्न कस्सिनुलाई धेरै आश्चर्यका रूपमा भने हेरिएको छैन । जानकारहरू यसलाई उनको स्वभावसँग तुलना गरेर सामान्य रूपमा लिन्छन् । पछिल्लो समय देउवा र गृहमन्त्री विमलेन्द्र निधिबीचको टकरावको फाइदा लिने एक्लो दौडमा सिटौला ज्यान फालेर लागेका छन् । माओवादी शान्ति प्रक्रियामा आएको सुरुका केही वर्षसम्म कांग्रेसको केन्द्रीय कमिटी बैठकमा समेत सिटौलालाई माओवादीको प्रतिनिधि भनेर चित्रण गरिन्थ्यो । उनै सिटौला गत महाधिवेशनमा तेस्रो गुट खडा गरेर सभापतिको उम्मेदवार बने । त्यो चाहे सरकारमा सहभागी हुने कुरामा होस्, चाहे नेविसंघ, तरुणको अधिवेशन नै किन नहोस् गुटको भाग लिँदै आए । गुटको बलियो हैसियत बनाएपछि अहिले उनी संस्थापनसँग मर्ज भएर उत्तराधिकारी बन्ने खेलमा लागेको बताइन्छ । देउवाको चाहना आफूपछि पार्टी र गुटको समेत बिरासत निधिलाई सुम्पने थियो । त्यही भएर उनले पार्टीको उपसभापति निधिलाई बनाउन यतिका समयसम्म पदाधिकारी मनोनयन अल्झाएर बसे । तर, पछिल्लो समय प्रहरी महानिरीक्षक नियुक्तिलगायतका सरकारी नियुक्ति प्रकरणमा निधिसँग खटपट सुरु भएपछि उनले पनि सिटौलालाई च्याप्न थालेका छन् । विश्वस्त स्रोतका अनुसार उपसभापति पनि सिटौलालाई नै बनाउने कि भन्ने मनस्थितिमा देउवा पुगिसकेका छन् ।
त्यति मात्र होइन, विश्वस्त स्रोतका अनुसार देउवाको चाहना अब निधिसँगको सम्बन्धलाई टाढा बनाउँदै लैजाने र विजय गच्छदारलाई पार्टीमा भिœयाउने रहेको छ । एकदुई चरणमा यस विषयमा कुरा पनि भइसकेको स्रोतको दाबी छ । पहिले कांग्रेसमै रहेका गच्छदारले मधेसमा राम्रो हैसियत बनाएकाले निधि ‘आउट’ भए पनि त्यो ठाउँ गच्छदारको आगमनले पूर्ति हुने देउवाको बुझाइ रहेको बताइन्छ । त्यही भएर सकेसम्म गच्छदारलाई कांग्रेसमै फर्काउने देउवाले प्रयास थालेको बताइन्छ । यो प्रयासको सुरुवात पनि निधिले टेर्न छाडेपछि उनलाई झस्का दिन भने पनि सुरु भएको कांग्रेसनिकट स्रोतले बतायो ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply