निधि बिच्किएपछि सिटौलाको चुरीफुरी
काठमाडौं । नेपाली कांग्रेसमा तेस्रो गुटमा जन्मदाता कृष्णप्रसाद सिटौला अहिले आफ्नो गुटलाई संस्थापन पक्षमा मर्ज गराएर सभापति शेरबहादुर देउवाको उत्तराधिकारी बन्ने खेलमा लागेका छन् । गत हप्ता दर्ता गराइएको संविधान संशोधनको मस्यौदा बनाउने कार्यदलको जिम्मेवारी देउवाले सिटौलालाई दिएपछि कांग्रेसवृत्तमा सिटौला नयाँ अवतारका रूपमा उदाउने आशंका गर्न थालिएको छ ।
गिरिजाप्रसाद कोइरालाको जीवनको उत्तराद्र्धमा उनकै प्रिय पात्र बनेका सिटौला अहिले देउवाको प्रिय बन्न कस्सिनुलाई धेरै आश्चर्यका रूपमा भने हेरिएको छैन । जानकारहरू यसलाई उनको स्वभावसँग तुलना गरेर सामान्य रूपमा लिन्छन् । पछिल्लो समय देउवा र गृहमन्त्री विमलेन्द्र निधिबीचको टकरावको फाइदा लिने एक्लो दौडमा सिटौला ज्यान फालेर लागेका छन् । माओवादी शान्ति प्रक्रियामा आएको सुरुका केही वर्षसम्म कांग्रेसको केन्द्रीय कमिटी बैठकमा समेत सिटौलालाई माओवादीको प्रतिनिधि भनेर चित्रण गरिन्थ्यो । उनै सिटौला गत महाधिवेशनमा तेस्रो गुट खडा गरेर सभापतिको उम्मेदवार बने । त्यो चाहे सरकारमा सहभागी हुने कुरामा होस्, चाहे नेविसंघ, तरुणको अधिवेशन नै किन नहोस् गुटको भाग लिँदै आए । गुटको बलियो हैसियत बनाएपछि अहिले उनी संस्थापनसँग मर्ज भएर उत्तराधिकारी बन्ने खेलमा लागेको बताइन्छ । देउवाको चाहना आफूपछि पार्टी र गुटको समेत बिरासत निधिलाई सुम्पने थियो । त्यही भएर उनले पार्टीको उपसभापति निधिलाई बनाउन यतिका समयसम्म पदाधिकारी मनोनयन अल्झाएर बसे । तर, पछिल्लो समय प्रहरी महानिरीक्षक नियुक्तिलगायतका सरकारी नियुक्ति प्रकरणमा निधिसँग खटपट सुरु भएपछि उनले पनि सिटौलालाई च्याप्न थालेका छन् । विश्वस्त स्रोतका अनुसार उपसभापति पनि सिटौलालाई नै बनाउने कि भन्ने मनस्थितिमा देउवा पुगिसकेका छन् ।
त्यति मात्र होइन, विश्वस्त स्रोतका अनुसार देउवाको चाहना अब निधिसँगको सम्बन्धलाई टाढा बनाउँदै लैजाने र विजय गच्छदारलाई पार्टीमा भिœयाउने रहेको छ । एकदुई चरणमा यस विषयमा कुरा पनि भइसकेको स्रोतको दाबी छ । पहिले कांग्रेसमै रहेका गच्छदारले मधेसमा राम्रो हैसियत बनाएकाले निधि ‘आउट’ भए पनि त्यो ठाउँ गच्छदारको आगमनले पूर्ति हुने देउवाको बुझाइ रहेको बताइन्छ । त्यही भएर सकेसम्म गच्छदारलाई कांग्रेसमै फर्काउने देउवाले प्रयास थालेको बताइन्छ । यो प्रयासको सुरुवात पनि निधिले टेर्न छाडेपछि उनलाई झस्का दिन भने पनि सुरु भएको कांग्रेसनिकट स्रोतले बतायो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply