प्रचण्डलाई उकास्ने बादल र पम्फा !
काठमाडौं । जसरी भए पनि तोकिएको मितिमा स्थानीय निर्वाचन गर्ने प्रतिबद्धता व्यक्त गर्दै आएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछिल्लो समय चुनावमा जाने कि नजाने भन्ने सकसमा रहेको बताइन्छ । पार्टीभित्रकै एउटा समूहले कुनै पनि हालतमा चुनावमा जान र अर्को समूहले चुनावमा नजान दिएको दबाबको चेपुवामा प्रधानमन्त्री दाहाल परेको बुझिएको छ ।
माओवादीनिकट स्रोतका अनुसार पछिल्लो समय माओवादीसँग एकता गरेर आएका रामबहादुर थापा ‘बादल’ र पम्फा भुसाललगायतको समूहले प्रधानमन्त्रीलाई मधेसी मोर्चा नआई स्थानीय तहको निर्वाचनमा नजान दबाब दिएको छ । निर्वाचन पर धकेल्दा सत्तामा लामो समयसम्म रहने र आफूअनुकूल बजेट पनि ल्याउन पाइने हुनाले चुनाव धकेल्न यो समूहले सुझाव दिएको छ । तर, नारायणकाजी श्रेष्ठको समूहले जसरी पनि तोकिएको मितिमा सथानीय तहको निर्वाचन गर्नुपर्ने भन्दै प्रधानमन्त्री दाहाललाई निर्वाचनभन्दा दायाँबायाँ नगर्न भन्दै आएका छन् । हुन त प्रधानमन्त्री दाहाल आफैं पनि तोकिएकै समयमा निर्वाचन गर्ने पक्षमा रहेको बताइन्छ । पार्टीको लोकप्रियताको ग्राफ स्वात्त घटेका बेला चुनाव गरियो भने पार्टीले योचोटि हारे पनि २० वर्षसम्म हुन नसकेको चुनाव गरायो भन्ने जस लिएर पार्टीको हैसियत उठाउन सकिन्थ्यो कि भन्ने बुझाइले पनि प्रधानमन्त्रीलाई चुनाव गराउन प्रेरित गरेको बताइन्छ । नारायणकाजी श्रेष्ठ समूहले पनि दाहाललाई यही पाठ घोकाएको बताइन्छ । दुई समूहको यही चेपुवाका कारण मन्त्रिपरिषद्कै सदस्यले चुनावविरोधी अभिव्यक्ति दिँदा पनि प्रधानमन्त्री चुप लागेर बस्नुपरेको बताइन्छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply