किन गए निधि क्याबिनेट ?
काठमाडौं । यो सरकार रहुन्जेल ‘क्याबिनेट मिटिङ’ मा नजाने बताएका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि लाज पचाएर मन्त्रिपरिषद् बैठकमा गएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकार रहुन्जेल मन्त्रिपरिषद् बैठकमा सहभागी नहुने ‘कसम’ खाएका उनी गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा सहभागी भएका हुन् ।
अर्का उपप्रधानमन्त्री कमल थापालाई प्रधानमन्त्रीपछिको पहिलो वरीयता दिएपछि उनले दाहाल सरकारमा नजाने बताएका थिए । कतिसम्म भने निधिले प्रधानमन्त्रीपछि राप्रपा अध्यक्ष तथा स्थानीय विकासमन्त्री कमल थापालाई राख्ने निष्कर्ष सुन्नासाथ गृहमन्त्रीबाट राजीनामा गर्ने तयारी गरेका थिए । तर, पार्टी सभापति शेरबहादुर देउवाले शुक्रबार करिब २० मिनेट छुट्टै छलफल गरेर निधिलाई निर्वाचनको मुखमा राजीनामा नगर्न आग्रह गरेका थिए त्यसयता उनी बैठकमा गएका पनि थिएनन् । तर, गत बिहीबार अर्का उपप्रधानमन्त्री थापा काठमाडौंबाहिर गएको थाहा पाएपछि उनी आफ्नो अडान छाडेर बैठकमा गएका थिए । बैठकमा थापा थिएनन् । उनी प्रधानमन्त्रीपछिको दोस्रो वरीयताकै कुर्सीमा बसेको स्रोतले बतायो ।
मन्त्रिपरिषद् बैठकमा नजाने उनको त्यो बेलाको घोषणालाई अहिले उनको राजनीतिक परिपक्वताभन्दा पनि आवेगमा आएको कच्चा घुर्कीका रूपमा मात्र लिइएको छ । आफ्नो यो निर्णयले पार्टी सभापति शेरबहादुर देउवासँगको सम्बन्ध झन् चिसिँदै गएको र त्यसको फाइदा कृष्णप्रसाद सिटौलाले लिने खतरा देखेरै निधि अहिले पुरानो अडान छाड्ने निधोमा पुगेको स्रोतले बतायो । स्रोतका अनुसार उनी अब नियमित रूपमा निर्वाचनमा जानेछन् ।
नेपाली कांग्रेसमा तेस्रो गुटमा जन्मदाता कृष्णप्रसाद सिटौला अहिले आफ्नो गुटलाई संस्थापन पक्षमा मर्ज गराएर सभापति शेरबहादुर देउवाको उत्तराधिकारी बन्ने खेलमा लागेका चर्चा चलेका बेला निधि मन्त्रिपरिषद्को बैठकमा जानुलाई हतासको परिणामका रूपमा पनि हेरिएको छ । यही झाेंकमा खाली रहेको उपसभापतिमा कतै देउवाले सिटौलालाई नै बनाइदिने त होइनन् भन्ने त्रासका कारण निधि बिस्तारै देउवाप्रति नरम हुन थालेको बताइन्छ । देउवासँग बिग्रिएको सम्बन्ध फेरि बनाउने पहिलो प्रयासअन्तर्गत उनी क्याबिनेट बैठकमा गएको बताइन्छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply