महानिर्देशक बनाउन देउवाका सालाको मोलमोलाइ
काठमाडौं । सडक विभागको महानिर्देशक खाली हुने भएपछि अहिले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको साला भूषण राणाले चलखेल सुरु गरेका छन् । वरिष्ठलाई लत्याएर अहिले सडक विभागकै उपमहानिर्देशकद्वय रवीन्द्रनाथ श्रेष्ठ र सरोजकुमार प्रधानलाई महानिर्देश बनाउँछु भन्दै राणाले मोलमोलाइ सुरु गरेको बुझिएको छ ।
शान्ति तथा पुनर्निर्माण मन्त्रालयका सचिव (प्राविधिक) सुमनप्रसाद शर्मा अस्ति ९ गते अवकाश भएपछि खाली रहेको सचिवमा सडक विभागका महानिर्देशक देवेन्द्र कार्की वरिष्ठताका आधारमा स्वतः बढुवा हुन लागेछन् । उनी बढुवा भएपछि खाली हुने सडकको महानिर्देशकका लागि देउवाले नांगो तरिकाले चलखेल सुरु गरेको बताइन्छ । भौतिक योजना तथा निर्माण मन्त्री रमेश लेखक भए पनि उक्त मन्त्रालय आरजु राणाले चलाउने गरेको बताइन्छ । उनै आरजुको आडमा राणाले महानिर्देश बनाइदिन्छु भन्दै उपमानिर्देकद्वय श्रेष्ठ र प्रधानसँग रकमको मोलमोलाइ सुरु गरिसकेको स्रोतको दाबी छ । एउटै शाखामा लगातार एक वर्षभन्दा बढी बस्न नपाउने व्यवस्थाविपरीत प्रधान विगत तीन वर्षदेखि विभागको पुल महाशाखामा बस्दै आएका छन् । उनले आफ्ना कार्यकालमा १ हजार दुईवटा पुल बनाएको र त्यसबाट अर्बौं रकम कुम्ल्याएको बताइन्छ । त्यस्तै, तीन वर्षदेखि नै मर्मत तथा सम्भार महाशाखा बस्दै आएका श्रेष्ठले पनि अर्बौं कमाएको बताइन्छ ।
यी दुवैको आँखा अहिले धरान–चतरा–हेटौंडा मार्गमा परेको छ । सडकको महानिर्देशक बन्न पाए यो सडक आयोजनाबाट अर्बौं कमाउने भएकाले बढुवाका लागि पैसा खर्च गर्न तयार रहेको स्रोतको दाबी छ । यो सडकमा २२ अर्बको ठक्का छ । उक्त ठेक्का पनि गैरकानुनी तरिकाले ६ वटा कम्पनीलाई दिइसकेको छ । कालिका, लामा, रसुवा जेबी, शर्मा एन्ड, स्वच्छन्द निर्माण सेवा र चुँदी नामका ६ कम्पनीबाहेक अरूले टेन्डर नै हाल्न नमिल्ने गरी नियमावली परिवर्तन गरेर यिनै कम्पनीलाई मिलोमतोमा ठेक्का दिइएको थियो । यी कम्पनीले मिलेमतोमा ठेक्का लिएका थिए । ठेक्का लिए पनि यो आयोजनाको काम अघि बढ्न सकेको छैन । महानिर्देशक बन्न पाए यी कम्पनीबाट राम्रै रकम असुल्ने दाउमा उपमहानिेर्देशकद्वय श्रेष्ठ र प्रधान रहेका छन् । उनीहरूको यो दाउको मारमा भने अख्तियार दुरुपयोगका सहसचिव अर्जुनजंग थापा पर्ने खतरा देखिएको बताइन्छ । किनभने, अहिले वरिष्ठताका आधारलाई मान्दा बढुवाको पहिलो नम्बरमा थापा नै छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply