पत्रकार महासंघ काठमाडौंको अध्यक्षमा विडारी
काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको अध्यक्षमा शन्तराम विडारी विजयी भएका छन् । प्रेस चौतारीनिकट विडारीले प्रेस सेन्टर र प्रेस युनियनको संयुक्त प्यानलका उम्मेदवार रामकृष्ण अधिकारीलाई १४ मतले पराजित गरेका हुन् । खसेको ८ सय ७८ मतमध्ये बिडारीले ४ सय २९ मत पाएका छन् भने अधिकारीले ४ सय १५ मत पाएका थिए । त्यस्तै, महिला उपाध्यक्षमा विडारी प्यानलकै सीता पोखरेल, सचिवमा मोहन पन्त, सहसचिव अमिर लामा, रामशरण माझी र कोषाध्यक्षमा रामचन्द्र खड्का विजयी भएका छन् । खुला उपाध्यक्षमा भने अधिकारी प्यानलका सूर्य सुवेदी निर्वाचित भए । शाखा सदस्यहरूमा सुलोचना अर्याल, पुष्कर बस्नेत, रामचन्द्र दुलाल, फणीन्द्र फुयाँल, राजेश भण्डारी, अजित अधिकारी, मुकुन्द भुसाल, विष्णुकुमार गिरी, हेमबहादुर राना र अम्बिका घिमिरे निर्वाचित भएका छन् । देशभरका शाखाहरूमध्ये सदस्य संख्याको हिसाबले काठमाडौं शाखा महासंघको सबैभन्दा ठूलो हो । यो शाखामा झन्डै १४ सय सदस्य छन् ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply