पत्रकार महासंघ काठमाडौंको अध्यक्षमा विडारी
काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको अध्यक्षमा शन्तराम विडारी विजयी भएका छन् । प्रेस चौतारीनिकट विडारीले प्रेस सेन्टर र प्रेस युनियनको संयुक्त प्यानलका उम्मेदवार रामकृष्ण अधिकारीलाई १४ मतले पराजित गरेका हुन् । खसेको ८ सय ७८ मतमध्ये बिडारीले ४ सय २९ मत पाएका छन् भने अधिकारीले ४ सय १५ मत पाएका थिए । त्यस्तै, महिला उपाध्यक्षमा विडारी प्यानलकै सीता पोखरेल, सचिवमा मोहन पन्त, सहसचिव अमिर लामा, रामशरण माझी र कोषाध्यक्षमा रामचन्द्र खड्का विजयी भएका छन् । खुला उपाध्यक्षमा भने अधिकारी प्यानलका सूर्य सुवेदी निर्वाचित भए । शाखा सदस्यहरूमा सुलोचना अर्याल, पुष्कर बस्नेत, रामचन्द्र दुलाल, फणीन्द्र फुयाँल, राजेश भण्डारी, अजित अधिकारी, मुकुन्द भुसाल, विष्णुकुमार गिरी, हेमबहादुर राना र अम्बिका घिमिरे निर्वाचित भएका छन् । देशभरका शाखाहरूमध्ये सदस्य संख्याको हिसाबले काठमाडौं शाखा महासंघको सबैभन्दा ठूलो हो । यो शाखामा झन्डै १४ सय सदस्य छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply