सशस्त्रमा बन्दुक नबोक्नेलाई दशैं
काठमाडौं । विशेष परिस्थिति र जटिल सुरक्षा अवस्था उत्पन्न भए मात्र मैदानमा खट्ने अन्यथा काँधमा बन्दुक अड्याएर हाइ काढेर हिँड्ने सशस्त्र प्रहरी बलमा निर्वाचन घोषणा भएसँगै चटारो छाएको छ । तर, निर्वाचन सफल पार्न सुरक्षाको दोस्रो घेरामा रहेका सशस्त्र प्रहरी बलमा अहिले केही असन्तुष्टि पनि छाउन पुगेको छ ।
निर्वाचनमा परिचालन हुने सुरक्षाकर्मीले तलबका अतिरिक्त १ सय ३० प्रतिशत अतिरिक्त भत्ता पाउने व्यवस्था छ । सोही भत्ताका लागि मरिहत्ते गरेर केही अधिकारीहरूले माथिल्लो निकायका व्यक्तिहरूको शक्ति लगाएरै समेत केन्द्रीय निर्वाचन सेल हाँक्ने अवसर पाएपछि असन्तुष्टि बढेको बताइन्छ ।
उक्त सेलको कमान्डरमा डीआइजी सुरजकुमार श्रेष्ठ, एसएसपी किशोर प्रधान र एसपी प्रदीप पाललगायत छन् । उनीहरूमातहत रहेका फिल्डका डीएसपीहरूमा रोशन घिमिरे, राजेश फुयाँल, श्यामबाबु गिरी, सुमन रानाभाट र नवराज कुँवर रहेका छन् । उनीहरू यसअघि जिल्लाको कमान्ड सम्हाल्नुको सट्टा राजधानीमै लामो समयदेखि हाकिमको चाकडी गरेर बसेका व्यक्ति भन्दै सशस्त्रमा गुनासो बढेको छ ।
यसअघि विभिन्न डीआईजीको पीए बनेर राजधानीमै हल्लिए पनि फिल्ड कमान्डर बन्न भने फेरि उनीहरू आइपुगेको भन्दै गुनासो बढेको बताइन्छ । त्यसमध्ये कुँवर एआईजी प्रेम शाहीका पीए हुन् । यस्तै डीएसपी रोशन घिमिरे पनि एआईजी शैलेन्द्र खनालका पीए हुन् । तर, एआईजी खनालको चाकडी बजाएर उनको गोप्य सूचना अन्य प्रतिस्पर्धीलाई दिनेमै घिमिरे लागेको स्रोतको दाबी छ । उनी मुख्यालय मात्र बसेको १० वर्षभन्दा बढी भएको बताइन्छ ।
केन्द्रीय निर्वाचन सेलमा कमान्डरका रुपमा २५ जना डीएसपी छन् भने त्यसबाहेक पर्याप्त संख्यामा इन्स्पेक्टरहरू पनि रहेका छन् । त्यस्तै राजेश र श्याम दुवैजना आईजी सचिवालयका पीए भएको बताइन्छ । केन्द्रीय सेलको खटनपटनदेखि खरिदसम्मको काम उनै डीएसपी घिमिरेले गर्दै आएका छन् ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply