किन लिइयो आनन्दमोहनको नाम र ?
काठमाडौं । सत्तारूढ दलहरू नेपाली कांग्रेस र नेकपा ९माओवादी केन्द्र० का करिब अढाइ सय सांसदले आफूविरुद्ध महाअभियोग प्रस्ताव लगाएपछि प्रधानन्यायाधीश सुशीला कार्कीले सर्वोच्च अदालतका न्यायाधीश डा। आनन्दमोहन भट्टराईको नाम लिइन् । उनले आफूलाई पनि आनन्दमोहनलाई गरेजस्तै गर्न खोजेको बताइन् ।
आखिर के गर्न खोजिएको थियो त आनन्दमोहनलाई रु करिब नौ महिनाअघि सर्वोच्च अदालतका न्यायाधीश डा। भट्टराईविरुद्ध व्यवस्थापिका–संसद्का तीनजना सांसदहरूले संसद्मा निवेदन दिएका थिए । पीडित दिनेश चौधरीको मुद्दामा न्यायाधीश डा। भट्टराईले कारण देखाउ आदेश जारी नगरेपछि तीनजना सांसदहरू नेपाली जनता दलका हरिचरण साह, लोकतान्त्रिक राष्ट्रिय मञ्च ९थरुहट० का रुक्मिणी चौधरी र खम्बुवान राष्ट्रियम मोर्चाका रामकुमार राईले उनीविरुद्ध निवेदन दिएका थिए । किनकि, संसद्को नियमावलीमै न्यायाधीशविरुद्ध कम्तीमा तीनजना सांसदले उजुरी दिन पाउने व्यवस्था गरिएको छ ।
तर, तीनजना सांसदले न्यायाधीश डा। भट्टराईविरुद्ध उजुरी हाले पनि पछि त्यसलाई व्यवस्थापिका–संसद्ले नै खारेज गरेको थियो । सर्वोच्च अदालतमा पनि उजुरी दिन खोज्दा अदालतले उजुरी लिन नमानेपछि त्यो प्रकरण त्यत्तिकै ढिसमिस हुन पुगेको थियो ।
डा। भट्टराईको उजुरी प्रकरणलाई न्याय क्षेत्रमा न्यायाधीशहरूलाई ‘तर्साउने कार्य’ का रूपमा लिएका थिए । अहिले निलम्बित प्रधानन्यायाधीश कार्कीले पनि आफूलाई तर्साउनकै लागि सत्तारूढ दलका सांसदहरूले महाअभियोग प्रस्ताव संसद्मा दर्ता गराएको अर्थमा लिएको बुझिएको छ ।
यसैबीच, प्रधानन्यायाधीश कार्कीविरुद्ध सत्तारूढ दलहरूका सांसदले लगाएको महाअभियोग प्रस्तावविरुद्ध आज दिउँसो ३ बजे वसन्तपुरमा न्यायकर्मी, स्वतन्त्र व्यक्तिहरूले विरोध प्रदर्शन गर्ने भएका छन् । पूर्वप्रधानन्यायाधीशहरूका साथै नागरिक समाजका अगुवाहरूले सो प्रदर्शनमा भाग लिने जनाइएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply