धमाधम उम्मेदवार टुंग्याउँदै एमाले दुई प्रदेशमा छानिए, दुईमा बाँकी
काठमाडौं । दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि नेकपा (एमाले) ले बाँकी उम्मेदवारको नाम धमाधम टुंग्याउन सुरु गरेको छ । प्रदेश नम्बर ७ र ५ को उम्मेदवारहरूको टुंगो लगाइसकेको एमालेले प्रदेश नम्बर १ र २ को पनि उम्मेदवार टुंग्याउने क्रम सुरु गरेको हो ।
प्रदेश नम्बर ७ र ५ मा एमालेले थोरै स्थानमा बाहेक वैशाखको तेस्रो साता नै सबै उम्मेदवारको नाम टुंगो लगाएको थियो । धनगढी उपमहानगरपालिकाको मेयरमा दुर्गाप्रसाद जोशी र उपमेयरमा रुक्मिणी देवकोटाको नाम आइतबार टुंगिएपछि ७ नम्बर प्रदेशमा सबै उम्मेदवारको टुंगो लागेको पोलिटब्युरो सदस्य कर्णबहादुर थापाले जानकारी दिए । ५ नम्बर प्रदेशमा भने रूपन्देहीको बुटवल उपमहानगरपालिका र बाँकी तीन नगरपालिकाको उम्मेदवार टुंगो लगाउने जिम्मेवारी प्रदेश संगठन कमिटीको बैठकले संयोजक विष्णु पौडेल रहेको कार्यदललाई दिएको छ । तीबाहेक सबै स्थानमा उम्मेदवार टुंगो लागि सकेको केन्द्रीय सदस्य खिमलाल भट्टराईले बताए ।
उता, प्रदेश नम्बर १ मा पनि ५० प्रतिशत उम्मेदवारको नाम टुंगो लागिसकेकाले प्रदेश बैठकबाट बाँकीको नाम पनि लगभग सार्वजनिक गर्ने तहमा पुगेको संयोजक भीम आचार्यले जानकारी दिए । विराटनगर उपमहानगरपालिकाको उम्मेदवार भने स्थायी समितिले टुंगो लगाउनेछ । त्यस्तै, २ नम्बर प्रदेशमा २५ प्रतिशत उम्मेदवारको नाम टुंगो लागिसकेको जानकारी दिँदै प्रदेश संयोजक सत्यनारायण मण्डलले बिहीबार सम्पन्न हुने प्रदेश बैठकबाट सबै नामको टुंगो लगाइने जानकारी दिए । उनले सबै पक्षलाई मूल्यांकन गरेर लोकप्रियता, व्यक्तित्व र जित्ने सम्भावनालाई मूल्यांकन गरेर उम्मेदवारको टुंगो लगाइने पनि बताए ।
कमजोरी सुधार्दै आक्रामक प्रचारको रणनीति
उम्मेदवारी चयनदेखि चुनावी तयारी र तालमेलका सम्बन्धमा देखिएका समग्र कमजोरी सच्याउने गरी दोस्रो तहको निर्वाचनमा एमाले होमिएको छ । काठमाडौंको केही नगरमा उम्मेदवारी चयनमा देखिएको कमजोरीले कांग्रेसलाई ‘क्लिन स्विप’ गर्न नसकिएको, तालमेल प्रभावकारी नहुँदा कतिपय स्थान गुमेको, सरकारको योजनाबद्ध धाँधलीलाई रोक्न नसकिएको जस्ता समग्र कमजोरीलाई चिर्ने गरी दोस्रो चरणमा होमिने एमालेले योजना बनाएको हो । दोस्रो चरणका निर्वाचनका लागि कांग्रेस र माओवादी केन्द्रले उम्मेदवार छनोट नगरिसकेको परिप्रेक्ष्यमा एमालेले भने सबै उम्मेदवार लगभग टुंग्याउने चरणमा पु¥याएको छ । पहिलो चरणको निर्वाचनमा उम्मेदवार चयनमा ढिलाइ हुँदा प्रचारका लागि समय अपुग भएकाले यसपटक भने छिट्टै उम्मेदवार टुंग्याएर आक्रामक प्रचारका साथ अघि बढ्ने पार्टीको नीति रहेको उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले बताइन् ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply