धमाधम उम्मेदवार टुंग्याउँदै एमाले दुई प्रदेशमा छानिए, दुईमा बाँकी
काठमाडौं । दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि नेकपा (एमाले) ले बाँकी उम्मेदवारको नाम धमाधम टुंग्याउन सुरु गरेको छ । प्रदेश नम्बर ७ र ५ को उम्मेदवारहरूको टुंगो लगाइसकेको एमालेले प्रदेश नम्बर १ र २ को पनि उम्मेदवार टुंग्याउने क्रम सुरु गरेको हो ।
प्रदेश नम्बर ७ र ५ मा एमालेले थोरै स्थानमा बाहेक वैशाखको तेस्रो साता नै सबै उम्मेदवारको नाम टुंगो लगाएको थियो । धनगढी उपमहानगरपालिकाको मेयरमा दुर्गाप्रसाद जोशी र उपमेयरमा रुक्मिणी देवकोटाको नाम आइतबार टुंगिएपछि ७ नम्बर प्रदेशमा सबै उम्मेदवारको टुंगो लागेको पोलिटब्युरो सदस्य कर्णबहादुर थापाले जानकारी दिए । ५ नम्बर प्रदेशमा भने रूपन्देहीको बुटवल उपमहानगरपालिका र बाँकी तीन नगरपालिकाको उम्मेदवार टुंगो लगाउने जिम्मेवारी प्रदेश संगठन कमिटीको बैठकले संयोजक विष्णु पौडेल रहेको कार्यदललाई दिएको छ । तीबाहेक सबै स्थानमा उम्मेदवार टुंगो लागि सकेको केन्द्रीय सदस्य खिमलाल भट्टराईले बताए ।
उता, प्रदेश नम्बर १ मा पनि ५० प्रतिशत उम्मेदवारको नाम टुंगो लागिसकेकाले प्रदेश बैठकबाट बाँकीको नाम पनि लगभग सार्वजनिक गर्ने तहमा पुगेको संयोजक भीम आचार्यले जानकारी दिए । विराटनगर उपमहानगरपालिकाको उम्मेदवार भने स्थायी समितिले टुंगो लगाउनेछ । त्यस्तै, २ नम्बर प्रदेशमा २५ प्रतिशत उम्मेदवारको नाम टुंगो लागिसकेको जानकारी दिँदै प्रदेश संयोजक सत्यनारायण मण्डलले बिहीबार सम्पन्न हुने प्रदेश बैठकबाट सबै नामको टुंगो लगाइने जानकारी दिए । उनले सबै पक्षलाई मूल्यांकन गरेर लोकप्रियता, व्यक्तित्व र जित्ने सम्भावनालाई मूल्यांकन गरेर उम्मेदवारको टुंगो लगाइने पनि बताए ।
कमजोरी सुधार्दै आक्रामक प्रचारको रणनीति
उम्मेदवारी चयनदेखि चुनावी तयारी र तालमेलका सम्बन्धमा देखिएका समग्र कमजोरी सच्याउने गरी दोस्रो तहको निर्वाचनमा एमाले होमिएको छ । काठमाडौंको केही नगरमा उम्मेदवारी चयनमा देखिएको कमजोरीले कांग्रेसलाई ‘क्लिन स्विप’ गर्न नसकिएको, तालमेल प्रभावकारी नहुँदा कतिपय स्थान गुमेको, सरकारको योजनाबद्ध धाँधलीलाई रोक्न नसकिएको जस्ता समग्र कमजोरीलाई चिर्ने गरी दोस्रो चरणमा होमिने एमालेले योजना बनाएको हो । दोस्रो चरणका निर्वाचनका लागि कांग्रेस र माओवादी केन्द्रले उम्मेदवार छनोट नगरिसकेको परिप्रेक्ष्यमा एमालेले भने सबै उम्मेदवार लगभग टुंग्याउने चरणमा पु¥याएको छ । पहिलो चरणको निर्वाचनमा उम्मेदवार चयनमा ढिलाइ हुँदा प्रचारका लागि समय अपुग भएकाले यसपटक भने छिट्टै उम्मेदवार टुंग्याएर आक्रामक प्रचारका साथ अघि बढ्ने पार्टीको नीति रहेको उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले बताइन् ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply