देउवालाई मन्त्री छान्ने हतारो
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिएपछि सहमतिको सरकार गठनका लागि राष्ट्रपतिले दिएको सात दिनको समयावधि आज सकिँदै छ । नौ महिनापछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने कबुलियतनामा गरेर प्रधानमन्त्री भएका दाहालले त्यही सर्तअनुसार राजीनामा दिएकाले अब बहुमतीय प्रक्रियाबाट देउवा प्रधानमन्त्री बन्ने प्रस्ट छ ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान अवस्थामा संविधान कार्यान्वयनका निम्ति सहमतीय सरकारको आवश्यकता रहेको बताइरहँदा संसद्मा सबैभन्दा ठूलो दलको हैसियतले नेपाली कांग्रेसले सहमतिका लागि कुनै प्रयास नगर्नुले ऊ माओवादीसँगको गठबन्धन जोगाएर आफ्नो नेतृत्वमा बहुमतको सरकार बनाउने कुरामा टसमस नभएको बुझ्न सकिन्छ । लाजमर्दो कुरा त के भने जनताको आलोचनाबाट बच्नकै लागि भने पनि सहमतिको म्याद सकिनुभन्दा एक दिन पहिले हिजो उनले दलहरूलाई पत्र पठाएर औपचारिकता देखाए । तर उनले बोलाएको बैठकमा अरू त अरू मधेसी मोर्चाका नेताहरूसमेत गएनन् । देउवाको बैठक बहिष्कार गरेर उनीहरू भारतीय दूतावासमा पुगेका थिए । दाहाललाई दोस्रो चरणको चुनाव गर्नेसम्मको समय नपर्खेर सत्तामा जान हतारिएका देउवाले सहमतिको सरकार गठनका लागि दिइएको समयसमेत नसकिँदै सत्ता गठनको अनौपचारिक आन्तरिक तयारी गरिरहेको बुझिएको छ । निर्वाचनको मुखमा स्थानीय तहमा पार्टीका उम्मेदवारको टुंगो लगाउनुपर्ने बेला उनको ध्यान भने कसलाई मन्त्री बनाउने, कुन मन्त्रालय लिने भन्नेतर्फ केन्द्रित भएको स्रोतले बतायो । उनीनिकट स्रोतका अनुसार देउवाले आफ्नो मन्त्रिमण्डलमा राख्ने भनेर डिना उपाध्याय र फरमुल्लाह मन्सुरलाई यसअघि नै वचन दिइसकेका छन् । त्यसकारण पनि यी दुईजनालाई मन्त्री बनाउनैपर्ने बाध्यता छ । दाहाल सरकारका बेला राजीनामा दिएका विमलेन्द्र निधिको ठाउँमा गोपालमान श्रेष्ठलाई पठाउन देउवाले चाहेका थिए । तर निधि लाच पचाएर आफैं फर्केपछि अब यो सरकारमा आफूपछिको मर्यादाक्रम दिएर श्रेष्ठलाई सरकारमा लैजाने तयारीमा छन् । तर, आफूलाई तेस्रो धार भन्दै धुक्र्याउँदै तर मार्दै आएका कृष्णप्रसाद सिटौलाले देउवालाई भेटेर दोस्रो मर्यादासहित सरकारमा लैजान याचना गरिसकेको स्रोतले बतायो । त्यही भएर उनी आफू सरकारमा जानकै लागि आफ्नै समूहका भए पनि गगन थापालाई कुनै हालतमा दोहो¥याउनुहुन्न भन्नेमा पुगेको बुझिएको छ । अर्थ मन्त्रालय आफ्नो पार्टीको भागमा परे नारायण खड्का वा महेश आचार्यमध्ये एकलाई बनाउनेबारे देउवा समूहमा अनौपचारिक छलफल चलेको बुझिएको छ । तर, माओवादी केन्द्रले बरु गृह राख्नुस् तर ऊर्जा र अर्थ हामीलाई दिनुस् भनेर देउवालाई अनुरोध गरिसकेको स्रोतले बतायो ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply