पदकमा नौटंकी
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालले पदक पाएको खबर सर्वत्र फैलियो । चरित्रमा सफा नभएको भन्दै आफैं धामी आफैं बोक्सीको शैलीमा पदक लिएपछि उनको सामाजिक सञ्जालभरि चर्को आलोचना भयो । अन्ततः उक्त आलोचना खेप्न नसकेर प्रकाशले उक्त पदक परित्याग गरेको घोषणा गरे ।
तर, यस प्रकरणबाट प्रचण्डपुत्र दाहाल हदैसम्मका ढागी रहेछन् भन्ने प्रमाणित भएको छ । सुरुमा गृह मन्त्रालयबाट सिफारिस भएर आउँदा पदक पाउनेको सूचीमा उनको नाम रहेनछ । पछि उनैले ‘चितवनका समाजसेवी’को हैसियतमा प्रधानमन्त्री कार्यालययबाट आफ्नो नाम थप्न लगाए । आफ्नो मात्र होइन, आफ्ना आसेपासे र अन्य व्यक्तिहरूको नाम पनि त्यहाँ छाँटकाँट भयो । तर प्रकाशले आफूलाई त्यस्तो कुनै पदकको रहर नभएको भनेर सफेद झूट बोलेका छन् । त्यति मात्र होइन, सरकारले मानपदवी अलंकार र पदक पाउनेको सूचीमा पहुँचवालालाई नै हावी पारेको छ ।
गणतन्त्र दिवस २०७४ को अवसर पारेर ५ सय १४ जनालाई विभिन्न मानपदवी, अलंकार र पदक प्रदान गरेको थियो । गृहसचिव लोकदर्शन रेग्मीले पदक सिफारिसमा आफ्नै बुवा लक्ष्मीकान्त रेग्मीको नामसमेत सिफारिस गरेको खुलासा भएको छ । स्याङ्जामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रहेका रेग्मीलाई गृहसचिवकै जोडबलमा सुप्रबल जनसेवाश्री पदक दिइएको खुलासा भएको हो । उनको नाम प्रधानमन्त्रीपुत्र प्रकाश दाहालको ठीक अगाडि १०८ नम्बरमा रहेको छ । गृहसचिव रेग्मी पदक सिफारिस समितिका सदस्य सचिवसमेत हुन् । स्रोतका अनुसार प्रधानमन्त्रीपुत्र प्रकाश दाहालको नाम सिफारिसमा पनि रेग्मीको नै भूमिका रहेको बताइएको छ । मुख्य सचिव हुन चाकडीका लागि नेता र शक्तिकेन्द्रनिकट व्यक्तिहरूको सिफारिस गरेको आरोप उनीमाथि लागेको छ । त्यति मात्र होइन, बुबाको नाम थप्नुपर्ने भएपछि ‘म मिलाइहाल्छु नि हजुर, हजुर त पर्नैपर्छ नि’ भन्दै प्रकाशलाई सिफारिसका लागि सहमत गराएका थिए ।
यति मात्र होइन, गृह सचिव रेग्मीले आफू सिफारिस कमिटीमा भएर आफ्नै नाम थपेर आफैंलाई समेत पदक दिलाएका छन् । त्यसो त गत वर्ष अर्थ सचिव हुँदा पनि उनले पदक लिएका थिए । यस्तै यो वर्ष दुई ठूला पदक कांग्रेसका नेताहरूलाई मरणोपरान्त प्रदान गरियो । नेपालको सर्वोच्च विभूषण प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालालाई मरणोपरान्त प्रदान गरिएको थियो । उनी कांग्रेसका संस्थापक नेता हुन् । राष्ट्रगौरव मानपदवी मरणोपरान्त महेन्द्रनारायण निधिलाई प्रदान गरियो । उनी नेपाली कांग्रेसका नेता एवं वर्तमान उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिका पिता हुन् । गृहमन्त्री निधिले आफू मन्त्री भएका बेला आफ्नै बाबुलाई सिफारिस गर्न लगाएको बताइन्छ । यो वर्ष महाउज्ज्वल राष्ट्रदीप मानपदवी पाँचजनालाई प्रदान गरिएको छ । जसमा कांग्रेसका दुई दिवंगत नेता छन् । कांग्रेसकी नेतृ स्व. नोना कोइराला, स्व. सेख इद्रिसलाई प्रदान गरिएका छन् । यस्तै, माओवादीका नेताहरू अमिक शेरचन र बर्मन बुढासँगै स्व. रामकुमारी यादवलाई महाउज्ज्वल राष्ट्रदीप मानपदवी प्रदान गरिएको छ ।
यो वर्ष प्रसिद्ध प्रबल जनसेवाश्री मानपदवी आठजनालाई प्रदान गरिएको छ । रोचक त के छ भने मानपदवी, अलंकार र पदक पाउनेको सूची बनाउने गृह सचिव लोकदर्शन रेग्मी र अनुमोदन गराउने मुख्य सचिव सोमलाल सुवेदी दुवैको नाम प्रसिद्ध प्रबल जनसेवाश्री पदक पाउनेको सूचीमा छ ।
सुप्रबल जनसेवाश्री मानपदवी पाउनेहरूमा धेरै राष्ट्रसेवक कर्मचारीका साथै सुरक्षा निकायका उच्च पदाधिकारी पनि छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यदेखि माओवादी केन्द्रनिकट प्रेस सेन्टर नेपालका अध्यक्ष महेश्वर दाहाल, पत्रकार महासंघका पूर्वमहासचिव ओम शर्मालाई पनि प्रबल जनसेवाश्री प्रदान गरिएको छ ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply