माओवादी केन्द्रमा जनार्दन आतंक
काठमाडौं । तुलनात्मक रूपमा राम्रो काम ग¥यो भने त्यो आफ्नैहरूको तारो बन्दो रहेछ भन्ने चर्चा यतिबेला माओवादी मुख्यालय पेरिसडाँडा परिसरमा खुब चल्ने गरेको छ । पार्टीभित्र खासगरी लडाकु स्वभावका नेता जनार्दन शर्माको बढ्दो प्रभावका कारण फैलिएको आतंकबाट कार्यकर्ताहरू नै अचम्मित भएका छन् ।
संसद्भित्र पनि शर्मा लडाकु नेताकै रूपमा चिनिन्छन् । गत वर्ष सभामुखको कार्यकक्ष घेराउ गर्न जाने बेला उनले प्रदर्शन गरेको हर्कतका कारण पनि अरू राजनीतिक दलका नेताले समेत उनलाई फौजी नेताका रूपमा चिन्छन् । तर, ऊर्जामन्त्री भएर लोडसेडिङ हटाएपछि पार्टी भित्रबाहिर चुलिएको उनको चर्चा स्थानीय निकायको पहिलो चरणको निर्वाचनसम्म आइपुग्दा पार्टीभित्र झनै बढ्यो । उनले आफ्नो गृहजिल्ला रुकुमका सबै स्थानीय तहमा पार्टीलाई जिताएपछि पार्टी अध्यक्ष पुष्पकमल दाहालको प्यारो भए पनि दाहालका अन्य निकटवर्तीहरूको भने उनी तारो बन्न पुगेका छन् ।
स्थानीय निर्वाचनको परिणामका कारण पनि पार्टीभित्र आफ्नो हैसियत बनाएका शर्मालाई अहिले एउटा धारले पुनः सरकारमा दोहो¥याएर मन्त्री बनाउनुपर्ने जबर्जस्त लबिङ गरेको छ । यसको नेतृत्व वर्षमान पुनले गरेको स्रोतले बतायो । कृष्णबहादुर महरालाई साइजमा ल्याउन पुनले शर्मा कार्ड अघि सारेको स्रोतको दाबी छ । महरालाई साइजमा ल्याउन पाए आफ्ना लागि बाटो खुला हुने पुनको विश्लेषण रहेको बताइन्छ । त्यही भएर अहिले पुन समूहले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा शर्मालाई गृहमन्त्री बनाएर पठाउनुपर्ने भन्दै लबिङ गरिरहेको बुझिएको छ ।
तर, जनार्दनको बढ्दो प्रभावबाट महरा, टोपबहादुर रायमाझीका साथै कुनै बेला प्रचण्डका विश्वासपात्र मानिने शक्ति बस्नेत सबैभन्दा बढी त्रसित भएको बुझिएको छ । भेगीय हिसाबले पनि एकैतिरको भएकाले शर्मा र बस्नेतलाई एकअर्कालाई प्रतिस्पर्धी ठान्छन् । तर, यसपटकको स्थानीय निर्वाचनमा बस्नेतले आफ्नै घर भएको जाजरकोटको भेरी नगरपालिकामा पनि पार्टीलाई जिताउन नसकेपछि प्रचण्ड पनि उनीप्रति रुष्ट भएको बताइन्छ । जित्ने कुरा त पर जाओस् त्यहाँ एमाले पहिलो, कांग्रेस दोस्रो र माओवादी तेस्रो भएका थिए । बस्नेतकोे आफ्नो गृह जिल्ला जाजरकोटका सात स्थानीय तहमा माओवादीले दुईवटामा मात्र जित हासिल गरेको थियो । माओवादीले यो स्थानीय तहको परिणामका आधारमा पनि नेताको परीक्षण गर्ने भएको छ । महराको गृह जिल्ला रोल्पा, रायमाझीको गृह जिल्ला अर्धाखाँचीलगायत माओवादीले बढी आस गरेका स्थानमा दोस्रो चरणमा निर्वाचन हुँदै छ ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply