माओवादी केन्द्रमा जनार्दन आतंक
काठमाडौं । तुलनात्मक रूपमा राम्रो काम ग¥यो भने त्यो आफ्नैहरूको तारो बन्दो रहेछ भन्ने चर्चा यतिबेला माओवादी मुख्यालय पेरिसडाँडा परिसरमा खुब चल्ने गरेको छ । पार्टीभित्र खासगरी लडाकु स्वभावका नेता जनार्दन शर्माको बढ्दो प्रभावका कारण फैलिएको आतंकबाट कार्यकर्ताहरू नै अचम्मित भएका छन् ।
संसद्भित्र पनि शर्मा लडाकु नेताकै रूपमा चिनिन्छन् । गत वर्ष सभामुखको कार्यकक्ष घेराउ गर्न जाने बेला उनले प्रदर्शन गरेको हर्कतका कारण पनि अरू राजनीतिक दलका नेताले समेत उनलाई फौजी नेताका रूपमा चिन्छन् । तर, ऊर्जामन्त्री भएर लोडसेडिङ हटाएपछि पार्टी भित्रबाहिर चुलिएको उनको चर्चा स्थानीय निकायको पहिलो चरणको निर्वाचनसम्म आइपुग्दा पार्टीभित्र झनै बढ्यो । उनले आफ्नो गृहजिल्ला रुकुमका सबै स्थानीय तहमा पार्टीलाई जिताएपछि पार्टी अध्यक्ष पुष्पकमल दाहालको प्यारो भए पनि दाहालका अन्य निकटवर्तीहरूको भने उनी तारो बन्न पुगेका छन् ।
स्थानीय निर्वाचनको परिणामका कारण पनि पार्टीभित्र आफ्नो हैसियत बनाएका शर्मालाई अहिले एउटा धारले पुनः सरकारमा दोहो¥याएर मन्त्री बनाउनुपर्ने जबर्जस्त लबिङ गरेको छ । यसको नेतृत्व वर्षमान पुनले गरेको स्रोतले बतायो । कृष्णबहादुर महरालाई साइजमा ल्याउन पुनले शर्मा कार्ड अघि सारेको स्रोतको दाबी छ । महरालाई साइजमा ल्याउन पाए आफ्ना लागि बाटो खुला हुने पुनको विश्लेषण रहेको बताइन्छ । त्यही भएर अहिले पुन समूहले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा शर्मालाई गृहमन्त्री बनाएर पठाउनुपर्ने भन्दै लबिङ गरिरहेको बुझिएको छ ।
तर, जनार्दनको बढ्दो प्रभावबाट महरा, टोपबहादुर रायमाझीका साथै कुनै बेला प्रचण्डका विश्वासपात्र मानिने शक्ति बस्नेत सबैभन्दा बढी त्रसित भएको बुझिएको छ । भेगीय हिसाबले पनि एकैतिरको भएकाले शर्मा र बस्नेतलाई एकअर्कालाई प्रतिस्पर्धी ठान्छन् । तर, यसपटकको स्थानीय निर्वाचनमा बस्नेतले आफ्नै घर भएको जाजरकोटको भेरी नगरपालिकामा पनि पार्टीलाई जिताउन नसकेपछि प्रचण्ड पनि उनीप्रति रुष्ट भएको बताइन्छ । जित्ने कुरा त पर जाओस् त्यहाँ एमाले पहिलो, कांग्रेस दोस्रो र माओवादी तेस्रो भएका थिए । बस्नेतकोे आफ्नो गृह जिल्ला जाजरकोटका सात स्थानीय तहमा माओवादीले दुईवटामा मात्र जित हासिल गरेको थियो । माओवादीले यो स्थानीय तहको परिणामका आधारमा पनि नेताको परीक्षण गर्ने भएको छ । महराको गृह जिल्ला रोल्पा, रायमाझीको गृह जिल्ला अर्धाखाँचीलगायत माओवादीले बढी आस गरेका स्थानमा दोस्रो चरणमा निर्वाचन हुँदै छ ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply