२ नम्बर प्रदेशमा चमात्कार गर्दै एमाले
काठमाडौं । नेकपा (एमाले) ले मधेस अर्थात् २ नम्बर प्रदेशमा चामत्कारिक परिणाम ल्याउने गरी निर्वाचनको तयारी अघि बढाएको छ । केही मधेसकेन्द्रित दलले एमालेलाई मधेसविरोधीका रूपमा चित्रित गर्ने प्रयास गरिरहे पनि मधेसमा चामत्कारिक परिणामसहित पहिलो दल बन्ने गरी एमालेले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा जाँदैछ ।
२ नम्बर प्रदेशमा रहेका १ सय २७ स्थानीय तहमध्ये कम्तीमा ४५ प्रतिशत सिट जित्ने गरी एमालेले तयारी अघि बढाएको हो । यस प्रदेशमा २६ लाख ६४ हजार ७ सय ९२ मतदाता छन् । ३ हजार ५ सय ६६ मतदान केन्द्रमा निर्वाचन हुँदै छ । २ नम्बर प्रदेशमा विशेषतः राजमार्ग उत्तर भेग र आसपास एमालेको पकड राम्रै छ । तर, राजमार्गबाट दक्षिणतिर नगरपालिका र गाउँपालिकामा भने कांग्रेस र मधेसकेन्द्रित दल मुख्य प्रतिस्पर्धी रहेका कारण एमालेले उम्मेदवार चयनदेखि नै सूक्ष्म ढंगले तयारी अघि बढाएको छ । दक्षिण क्षेत्रमा एमालेले पूर्वनेता–कार्यकर्तालाई घर फिर्ता गरेर टिकट दिने, मधेसकेन्द्रित दलका लोकप्रिय नेताहरूलाई पार्टी प्रवेश गराएर जिम्मेवारी नै दिने रणनीति अख्तियार गरेको छ ।
यसैक्रममा सिरहाको लाहानमा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा गत संविधानसभामा थोरै मतबाट पराजित लोकप्रिय नेता मुन्नी साहलाई पार्टीमा प्रवेश गराएर एमालेले मेयर उठाउने निर्णय गरेको छ । लोकप्रिय र प्रभावशाली व्यक्तित्व साहको प्रवेशले लहानमा एमालेले जित सुनिश्चित गरिसकेको चर्चा चलिरहेको छ । त्यस्तै रौतहटको सदरमुकाम रहेको गौर नगरपालिकामा लोकप्रिय व्यवसायी शम्भु साहलाई एमोले प्रवेश गराइसकेको छ । साहले उक्त नगरको मेयरमा टिकट पाएका छन् भने सप्तरीको राजविराजमा फोरमबाट पार्टी प्रवेश गरेका सुखराम यादवलाई टिकट दिएको छ ।
‘२ नम्बर प्रदेशमा पार्टीको अवस्था निकै मजबुद बन्दै गएको छ, हामी कांग्रेसलाई पछि पार्दै पहिलो दल बन्नेछौं’, निर्वाचनको तयारीमा व्यस्त प्रदेश संयोजक सत्यनारायण मण्डलले भने, ‘कम्तीमा ४५ प्रतिशत सिट जितेर चामत्कारिक परिणाम हासिल हुनेमा विश्वस्त छौं ।’ तराईमा बढीभन्दा बढी सिट जित्ने रणनीतिका साथ एमालेले राजमार्ग दक्षिणका गाउँपालिकामा उम्मेदवारी चयनमा केही ढिलाइ भएको नेताहरूको भनाइ छ । चुनावमा भाग लिने कि नलिने भन्ने मधेसकेन्द्रित दलको द्विविधाबाट फाइदा लिँदै एमालेले ती दलका नेता–कार्यकर्ता भिœयाउने र कतिपय लोकप्रियलाई टिकट दिने रणनीति अख्तियार गरेको हो ।
स्थानीय तहको पहिलो निर्वाचनमा १ सय २५ सिटसहित पहिलो दल बनेको नेकपा (एमाले) ले २ नम्बर प्रदेशमा विशेष अभियानसहित चुनावी मैदानमा अघि बढेको छ ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply