टर्किसका टुक्राटुक्रामा बिकेमानका आँखा
काठमाडौं । दुई वर्षअघि त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त भएको टर्किस एयरलाइन्सको ‘बडी’ जोडजाड गरेर विमानस्थल परिसरमा एक सुविधासम्पन्न रेस्टुरेन्ट बन्ने भएको छ ।
केही महिनापछि सुचारु हुने सो रेस्टुरेन्ट विमानकै कवाडी सामान प्रयोग गरेर बनाइएको हो । नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष बिकेमान सिंहले सो टेन्डर हात पारेका थिए । सिंहले निगमको सेटिङ र प्रचण्डका बिचौलीयहरूसँगको चाकडीबाट सो ठेक्का हात पारेको बताइन्छ । प्रतिस्पर्धामा एक लामा थरका व्यवसायी पनि संलग्न भए पनि उनलाई पत्तै नदिई पछि सिंहले सो ठेक्का फुत्काएको स्रोतको दाबी छ ।
टर्कीबाट प्राविधीकहरू आएर विमानको ‘ब्लाक बक्स’ खोलेर लगे पनि अन्य सामानहरू नेपालमै छाडिएको थियो । त्यसलाई संग्रहालयका रूपमा विकास गरि कफी व्यापार गर्न सकिने र राम्रो आम्दानी गर्न सकिने भन्दै सिंहले यो योजनामा हात हालेका हुन् ।
प्रचण्ड प्रधानमन्त्री भएका बेला सो टेन्डर सिंहलाई च्यानल मिलाएर दिइएको बताइन्छ । विमानचालक दलले कम्पनीको स्ट्यान्डर्ड अपरेटिङ प्रोसेड्युरको पालना नगर्दा त्रिभुवन विमानस्थलमा दुर्घटना भएको थियो । छानबिनपछि रनवेमा कम भिजिबिलिटीमा हुँदाहुँदै जहाज अवतरण नगर्नू भन्ने कम्पनीको प्रोसेड्युरविपरीत चालक दलले जबर्जस्ती अवतरण गरेको खुलेको थियो । इस्तानबुलबाट उडान गर्दा जहाजमा कुनै खराबी नरहे पनि पाइलट बेलैमा सचेत हुन नसक्दा दुर्घटना भएको थियो ।
सो रेस्टुरेन्ट प्रयोजनका लागि बोल्डिङ गर्ने क्रममा धेरै भीडभाड बढ्न थालेको र असम्बन्धित मान्छेहरूको भीड लाग्न थालेपछि अहिले मजदुरबाहेक अन्यलाई त्यहाँ जान रोकावट भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण एयरपोर्ट कार्यालयस्थित मर्मतसम्भार शाखाले भने यसबारे स्पष्ट बताउन चाहेन ।
त्यसो त यो समूहले हर्क गुरुङ दुर्घटनामा परेको विमान, गत वर्ष भुइँचालो आउँदा उद्धारका लागि दोलखा पुग्दा बेपत्ता भएको विमानलगायतको पनि उपयोग गर्न खोजिरहेको बुझिएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply