असारको चटारोबीच सचिव विदेशमा
काठमाडौं । असारमा किसानदेखि कर्मचारीहरू सबैलाई चटारो हुन्छ । किसानहरू खेती गर्न व्यस्त हुन्छन् भने कर्मचारीहरूलाई आर्थिक वर्षको बजेट सिध्याउनुपर्ने चटारो हुन्छ । तर, असार मसान्त आउनै लाग्दा मन्त्रालयमा भएका यावत् कामहरूलाई थाती राखेर संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिवलगायत कर्मचारी अहिले बेलायत भ्रमणमा छन् ।
घुमीफिरी सोही मन्त्रालयमा सरुवा भएका सचिव दिनेशकुमार थपलियाले पछिल्लोपटक सचिव भएपछि बेलायत घुम्नका लागि असार महिना नै रोजेका छन् । केही दिनअघि सो मन्त्रालयको धेरै बजेट भएको र परियोजनाहरू पनि प्रशस्तै भएको ग्रामीण कृषि सडक तथा पूर्वाधार विभाग (डोलिडार) अन्तर्गतको आरएपी नामक कार्यक्रमको सिलसिलामा सचिव थपलिया डोलिडारका महानिर्देशक रामकृष्ण सापकोटा र आरएपीका कार्यक्रम संयोजक मोहन चापागाईंसँगै बेलायत घुम्न निस्केका हुन् । आरएपीको कार्यक्रममा भाग लिन बेलायत गए पनि सो कार्यक्रम सचिव नै जानुपर्ने चाहिँ नभएको बताइन्छ ।
२२ वर्ष स्थानीय विकास मन्त्रालयमा बसेका सचिव थपलिया विदेश घुम्न लालायित कर्मचारीहरूमा गनिन्छन् । अझ आफू सचिव भएपछि पनि वैदेशिक भ्रमणसम्बन्धी कुनै मापदण्ड नै नबनाई उनी विदेश घुम्ने गरेका छन् । त्यसो त मापदण्ड नबनाई विदेश घुम्ने कार्यमा मन्त्रालयका अरू कर्मचारीहरू पनि माहिर मानिन्छन् ।
केही दिनअघि मात्रै सो मन्त्रालयअन्तर्गत डोलिडारकै एक परियोजना ड्रिलिपले पनि एक दर्जनभन्दा बढी कर्मचारीलाई इन्डोनेसिया घुम्ने अवसर दिएको थियो । डोलिडारका उपमहानिर्देशक पवनकुमार श्रेष्ठको नेतृत्वमा १४ जना उच्च तहका कर्मचारीहरू एक हप्तासम्म इन्डोनेसिया घुमेर केही दिनअघि मात्रै नेपाल फर्किएका हुन् । सो टोलीमा कर्मचारीहरू जीवनकुमार गुरागाई, महेशचन्द्र न्यौपाने, लालबहादुर थापालगायत गएका थिए ।
मापदण्ड नबनाई विदेश भ्रमण जाने काममा सो मन्त्रालयका उच्च तहका कर्मचारीहरूलाई अब्बल मानिँदै आएको छ । मापदण्ड बनाउँदा उच्च तहका कर्मचारीहरूको विदेश भ्रमण पातलिने भएपछि उनीहरू मापदण्ड नै नबनाई विदेश भ्रमण जाने गरेका हुन् । मन्त्रालयका कर्मचारीहरूले विदेश भ्रमणको मापदण्ड बनाउन दबाब दिए पनि सचिव, सहसचिवहरूले सुनेको नसुन्यै गर्ने गरेको बताइन्छ ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply