असारको चटारोबीच सचिव विदेशमा
काठमाडौं । असारमा किसानदेखि कर्मचारीहरू सबैलाई चटारो हुन्छ । किसानहरू खेती गर्न व्यस्त हुन्छन् भने कर्मचारीहरूलाई आर्थिक वर्षको बजेट सिध्याउनुपर्ने चटारो हुन्छ । तर, असार मसान्त आउनै लाग्दा मन्त्रालयमा भएका यावत् कामहरूलाई थाती राखेर संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिवलगायत कर्मचारी अहिले बेलायत भ्रमणमा छन् ।
घुमीफिरी सोही मन्त्रालयमा सरुवा भएका सचिव दिनेशकुमार थपलियाले पछिल्लोपटक सचिव भएपछि बेलायत घुम्नका लागि असार महिना नै रोजेका छन् । केही दिनअघि सो मन्त्रालयको धेरै बजेट भएको र परियोजनाहरू पनि प्रशस्तै भएको ग्रामीण कृषि सडक तथा पूर्वाधार विभाग (डोलिडार) अन्तर्गतको आरएपी नामक कार्यक्रमको सिलसिलामा सचिव थपलिया डोलिडारका महानिर्देशक रामकृष्ण सापकोटा र आरएपीका कार्यक्रम संयोजक मोहन चापागाईंसँगै बेलायत घुम्न निस्केका हुन् । आरएपीको कार्यक्रममा भाग लिन बेलायत गए पनि सो कार्यक्रम सचिव नै जानुपर्ने चाहिँ नभएको बताइन्छ ।
२२ वर्ष स्थानीय विकास मन्त्रालयमा बसेका सचिव थपलिया विदेश घुम्न लालायित कर्मचारीहरूमा गनिन्छन् । अझ आफू सचिव भएपछि पनि वैदेशिक भ्रमणसम्बन्धी कुनै मापदण्ड नै नबनाई उनी विदेश घुम्ने गरेका छन् । त्यसो त मापदण्ड नबनाई विदेश घुम्ने कार्यमा मन्त्रालयका अरू कर्मचारीहरू पनि माहिर मानिन्छन् ।
केही दिनअघि मात्रै सो मन्त्रालयअन्तर्गत डोलिडारकै एक परियोजना ड्रिलिपले पनि एक दर्जनभन्दा बढी कर्मचारीलाई इन्डोनेसिया घुम्ने अवसर दिएको थियो । डोलिडारका उपमहानिर्देशक पवनकुमार श्रेष्ठको नेतृत्वमा १४ जना उच्च तहका कर्मचारीहरू एक हप्तासम्म इन्डोनेसिया घुमेर केही दिनअघि मात्रै नेपाल फर्किएका हुन् । सो टोलीमा कर्मचारीहरू जीवनकुमार गुरागाई, महेशचन्द्र न्यौपाने, लालबहादुर थापालगायत गएका थिए ।
मापदण्ड नबनाई विदेश भ्रमण जाने काममा सो मन्त्रालयका उच्च तहका कर्मचारीहरूलाई अब्बल मानिँदै आएको छ । मापदण्ड बनाउँदा उच्च तहका कर्मचारीहरूको विदेश भ्रमण पातलिने भएपछि उनीहरू मापदण्ड नै नबनाई विदेश भ्रमण जाने गरेका हुन् । मन्त्रालयका कर्मचारीहरूले विदेश भ्रमणको मापदण्ड बनाउन दबाब दिए पनि सचिव, सहसचिवहरूले सुनेको नसुन्यै गर्ने गरेको बताइन्छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply