मायादेवीको भेटीमा अजितको आँखा
काठमाडौं । लुम्बिनी विकास कोषका सदस्य सचिव अजितमान तामाङले आन्तरिक स्रोतबाट तलब खुवाउने गरी ६० जनाजति कर्मचारी भर्ना गरेको धेरै समय भइसक्यो । तर, आन्तरिक स्रोतबाट कर्मचारीहरूलाई तलब खुवाउँदा उनलाई पनि आर्थिक लाभ मिल्ने रहस्य चाहिँ अहिले खुलेको छ ।
सदस्य सचिव तामाङ, वनस्पति शाखाको प्रमुख शक्तिर अहमद खानले मिलेर आन्तरिक स्रोतबाट तलब खुवाउने भनी करारमा कर्मचारी भर्ना गरे । ती कर्मचारीहरूमध्ये केही प्रशासनका चूडामणि भट्टराईले पनि राखेका छन् । कोषले नियुक्त गरेका ती कर्मचारीहरूलाई मायादेवी मन्दिरमा भक्तजनले चढाएको भेटीबाट नै तलब खुवाउँदै आएको छ । तर, त्यसरी मन्दिरको भेटीबाट तलब खुवाउने क्रममा सदस्य सचिव तामाङलाई पनि कर्मचारीहरूले केही नजराना चढाउने गरेको बताइन्छ ।
त्यसो त कोषले आवश्यकताभन्दा बढी कर्मचारी राखेका हुँदा उनीहरूले समयमै तलबसमेत पाइरहेका छैनन् । आन्तरिक स्रोतबाट तलब खुवाउने गरी दर्जनौं कर्मचारी राखे पनि कोषको सुरक्षा अधिकृत लीला श्रेष्ठको सेवा र सुविधामा भने कोषले नै बेवास्ता गरिरहेको बताइन्छ । श्रेष्ठलाई कोषले आवश्यक सेवा नदिएको र सधैंभरि अप्ठ्यारोमा पार्दै आइरहेको बुझिएको छ ।
यसैगरी असार मसान्त सकिनै लाग्दा पनि चैते पूर्णिमाको मेलामा सरसफाइ गरेबापतको बिलको भुक्तानीसमेत कोषले गर्न आनाकानी गरिरहेको बताइन्छ । कोषले आफ्नै बोर्ड सदस्य अमेरिका कुहारलाई चैते पूर्णिमाका दिन लुम्बिनीमा हुने फोहोरहरू सफा गर्न जिम्मा दिएको थियो । जिम्मेवारी पाएका कुहारले स्थानीय मानिसहरू परिचालित गरेर सरसफाइ गरेर त्यसको बिल पेस गरेको लामो समय बितिसक्दा पनि कोषले भुक्तानी दिइरहेको छैन । तिनै कुहारलाई बुद्ध जयन्तीको बेला पनि यातायात व्यवस्था गर्न जिम्मा दिइएको थियो । तर त्यतिबेलाको बिलको भुक्तानी पनि अहिलेसम्म गरिएको छैन ।
सदस्य सचिव तामाङले आफूलाई कमिसन बुझाउने ठेकेदारहरूको मात्र बिल भुक्तानी गरेका छन् । आफूलाई कमिसन नदिनेको भने बिल भुक्तानीमा उनले अल्झाइरहेको बताइन्छ । कमिसन दिनेको काम गुणस्तरहीन भए पनि सदर गर्ने र कमिसन नदिनेको काम भने अड्काउने काम तामाङबाट भइरहेको बताइन्छ ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply