ठगी मुद्दाका अभियुक्त गाउँपालिका अध्यक्ष !
सोलुखुम्बु । कानुनअनुसार अदालतमा मुद्दा विचाराधीन रहेका अभियुक्त निर्वाचनमा उम्मेदवार बन्न पाउँदैनन् । त्यसैले ठगी मुद्दाका अभियुक्त गाउँपालिकाको अध्यक्ष निर्वाचित भए भन्दा पत्यार नलाग्न सक्छ । तर दोस्रो चरणको स्थानीय तहको निर्वाचनका खोलुखुम्बु जिल्लाको दूधकौशिका गाउँपालिका अध्यक्षमा ठगी मुद्दाका अभियुक्त असिम राई माओवादी केन्द्रका तर्फबाट निर्वाचित भएका छन् ।
उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्नुअगाडि कसैले सप्रमाण उनीविरुद्ध उजुरी हालेको भए त्यो बेला नै उनको उम्मेदवारी खारेज हुन्थ्यो । तर कसैले उनको ठगी मुद्दाबारे त्यसबेला पत्तै पाएनन् । जब निर्वाचन परिणाम आइसकेपछि थाहा पाए, उनलाई मत दिने मतदाता समेत चुकचुकाएका छन् । ३२ लाख रुपैयाँ ठगेको भन्दै उनीविरुद्ध पाटन उच्च अदालतमा चार जनाले ठगी मुद्दा हालेका छन्, जुन मुद्दाको अझै फैसला भएको छैन ।
काठमाडौंको गोंगबुमा राईले युनिक बचत तथा ऋण सहकारी संस्था चलाउँदै आएका थिए । सो सहकारीको अध्यक्ष उनी आफैं थिए । आफू पर्दापछाडि बसेर राजधानीमै फालिङो नामक सहकारी पनि चलाएका थिए । त्यसको अध्यक्षचाहिँ ब्रिटिस क्याम्पमा महिनाको ७० हजार तलब खाएर काम गर्दै आएका बिगेश्वर राईलाई बनाएका थिए । यी दुई सहकारीबाट उनले सेयर होल्डर र बचतकर्ताको झन्डै १० करोड रुपैयाँ ठगेको बताइन्छ । रकम डुबाएपछि उनी भागेर गाउँ बस्न थालेका थिए । पैसा ठगेपछि पीडितहरूले उनीविरुद्ध जिल्ला प्रहरी र जिल्ला सहकारी डिभिजन कार्यालय काठमाडौं उजुरी दिएका थिए । प्रहरीले उनलाई दसंैको मुखमा समेत गरी तीनचोटि पक्राउ गरेपछि केही पिडितहरूको पैसाा फिर्ता दिए पनि धेरैको नफर्काएपछि पाटन उच्च अदालतमा मुद्दा हालेका थिए । हाल माओवादी केन्द्रमै आबद्ध भोजपुरका राम राईसँग ७ लाखको कागज गरे पनि उनले अझै त्यो पैसा नपाएको बताइन्छ ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply