कहाँ कसको जिल्ला समन्वय समिति ?
काठमाडौं । स्थानीय तहको दास्रो चरणको निर्वाचन सम्पन्न भएका ३५ जिल्लामध्ये २१ वटा जिल्लामा दलहरूले एकल वर्चस्व स्थापित गरेका छन् । आफ्नो वर्चस्व भएका जिल्लामा जुन दलको वर्चस्व छ, उसैले एक्लै जिल्ला समन्वय समिति बनाउनेछन् । बाँकी १६ जिल्लामा कुनै दलको पनि वर्चस्व नभएकाले जिल्ला समन्वय समिति बनाउन एक दलले अर्को कुनै दलसँग तालमेल गर्नुपर्नेछ ।
एकल वर्चस्व भएका २० जिल्लामध्ये १४ वटामा एमालेले एक्लै जिल्ला समन्वय बनाउनेछ भने कांग्रेसले पाँच र माओवादी केन्द्रले दुई जिल्लामा समन्वय समिति बनाउनेछन् । पहिलो चरणको निर्वाचनमा एमालेले दैलेख, मुगु, डोल्पा, स्याङ्जा, लमजुङ, कास्की, पर्वत, रसुवा, धादिङ, चितवन, मकवानपुर, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रे, भक्तपुर र काठमाडौं गरि १७ जिल्लामा एक्लै जिसस गठन गर्न सक्ने गरी बहुमत ल्याएको थियो । कांग्रेसले सुर्खेत, गोरखा, तनहुँ, पूर्वी नवलपरासी, नुवाकोट गरि पाँच तथा माओवादी केन्द्रले रुकुम र कालिकोट गरी दुईमा बहुमत हासिल गरेका थिए । पहिलो र दोस्रो चरणमा निर्वाचन सम्पन्न भएका ६९ जिल्लामध्ये एमालेले ३१ जिल्लामा, कांग्रेसले १० जिल्लामा र माओवादी केन्द्रले चार जिल्लामा एक्लै समन्वय समिति बनाउन सक्ने हैसियत पाएका छन् ।
दोस्रो चरणमा एमालेले पाल्पा, गुल्मी, कञ्चनपुर, डोटी, बझाङ, इलाम, उदयपुर, खोटाङ, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, संखुवासभा र झापामा एक्लै जिसस गठन गर्न सक्ने गरी गाउँ÷नगरका प्रमुख तथा उपप्रमुख पदमा विजय हासिल गरेको छ । १६ स्थानीय तह रहेको रूपन्देहीमा एक्लै जिविस समन्वय बनाउन १७ मत चाहिन्छ । एमालेले सातवटामा प्रमुख, उपप्रमुख र तीनवटामा उपप्रमुख गरी १७ पद जितेको छ । त्यस्तै बझाङमा १२ तहको जिल्ला समन्वयका २४ मतमध्ये एमाले १७, कांग्रेस सात, डोटीमा नौ तहका १८ मतमध्ये एमाले ११, कांग्रेस ६, माओवादी एक, धनकुटाका सात तहमा सातै तह एमालले जितेको छ । खोटाङमा १० तहका २० मतमध्ये एमाले १२, कांग्रेस सात, माओवादी एक, उदयपुरका आठ तहका १६ मतमध्ये एमाले १०, कांग्रेस पाँच, माआवादी एक, तेह्रथुमका ६ तहका १२ मतमध्ये एमाले नौ, कांग्रेस तीन, इलामका १० तहका २० मतमध्ये एमाले १६, कांग्रेस चार, गुल्मीका १२ तहका २४ मतमध्ये एमाले १७, कांग्रेस ६, माओवादी एक, पाल्पाका १० तहका २० मतमध्ये एमाले १३, कांग्रेस सात, ताप्लेजुङका नौ तहका १८ मतमध्ये एमाले १०, कांग्रेस ६, माओवादी दुई, कञ्चनपुरका आठ तहका १६ मतमध्ये एमाले १०, माओवादी तनि, कांग्रेस तीन, झापामा ३० मतमध्ये एमाले १८, कांग्रेस आठ, राप्रपा चार, संखुवासभाका ११ तहका २२ मतमध्ये एमालेसँग १३ कांग्रेससँग नौ मत छ । यसबाहेक पनि बाँके, दाङमा पनि जिल्ला समन्वयको नेतृत्व एमालेले गर्ने पक्कापक्की भएको छ । एमालेले दाङमा माओवादी केन्द्र र बाँकेमा फोरम लोकतान्त्रिकसँग तालमेल गर्ने सहमति गरेको हो । दाङमा १० तहका २० मतमध्ये एमालेसँग १०, कांग्रेससँग आठ, माओवादीसँग दुई मत थियो । एमाले र माओवादी मिलेपछि उक्त गठबन्धनका पक्षमा १२ मत पुगेको छ । त्यस्तै बाँकेमा आठ तहका १६ मतमध्ये एमालेसँग सात, कांग्रेससँग ६, संघीय समाजवादीसँग दुई, राप्रपासँग एक मत थियो । समन्वय समिति बनाउन नौ मत चाहिनेमा एमाले र फोरम मिलेर उक्त आवश्यक संख्या पु¥याएका छन् ।
कांग्रेस एक्लैले भने अछाम, डडेलधुरा, दार्चुला, बाजुरा र ओखलढुंगामा जिसस गठन गर्नेे देखिएको छ । अछाममा २० मतमध्ये कांग्रेससँग १२, एमालेसँग चार र माओवादीसँग चार, डडेलधुरामा १४ मतमध्ये कांग्रेससँग नौ, एमालेसँग तीन र माओवादीसँग दुई, दार्चुलामा १८ मतमध्ये कांग्रेससँग ११, एमालेसँग पाँच र माओवादीसँग दुई, ओखलढुंगामा १६ मतमध्ये कांग्रेससँग नौ, एमालेसँग ६ र माओवादीसँग एक तथा बाजुरामा १८ मतमध्ये कांग्रेससँग ११ र एमालेसँग सात मत छन् ।
माओवादी केन्द्रले रुकुम र रोल्पामा एकल जिल्ला समन्वय बनाउन सक्नेछन् । रोल्पामा २० मतमध्ये माओवादीसँग १४, एमालेसँग चार र कांग्रेससँग दुई मत छ भने रुकुममा माओवादीसँग ६ मा ६ नै मत छ ।
बर्दिया, प्युठान, नवलपरासी, कपिलवस्तु, अर्घाखाँची, बैतडी, सुनसरी, सोलुखुम्बु, कञ्चनपुर, कैलाली, पाँचथर, भोजपुर र मोरङमा कसैको बहुमत छैन । यीमध्ये बर्दियामा १८ मतमध्ये एमाले सात, माओवादी सात, कांग्रेस चार, प्युठानमा १८ मतमध्ये एमाले पाँच, माओवादी चार, कांग्रेस चार, जनमोर्चा चार, नवलपरासीमा १४ मतमध्ये कांग्रेस सात, एमाले पाँच, माओवादी एक, लोकतान्त्रिक फोरम एक, कपिलवस्तुमा २० मतमध्ये कांग्रेस १०, एमाले पाँच, माओवादी एक, संघीय समाजवादी दुई, स्वतन्त्र (राजपा) दुई, अर्घाखाँचीमा १२ मतमध्ये कांग्रेस ६, एमाले तीन, माओवादी तीन, बैतडीमा २० मतमध्ये कांग्रेस १०, एमाले आठ, माओवादी दुई, सुनसरीमा २४ मतमध्ये कांग्रेस ११, एमाले सात, लोकतान्त्रिक फोरम चार, संघीय समाजवादी दुई, सोलुखुम्बुमा १६ मतमध्ये एमाले आठ, कांग्रेस चार, माओवादी चार, कैलालीमा २६ मतमध्ये एमाले १३, माओवादी पाँच, कांग्रेस ६, लोकतान्त्रिक फोरम दुई, पाँचथरमा १६ मतमध्ये एमाले आठ, कांग्रेस सात, माओवादी एक, भोजपुरमा १८ मतमध्ये एमाले नौ, कांग्रेस पाँच, माओवादी चार र मोरङमा २६ मतमध्ये कांग्रेस १२, एमाले आठ, माओवादी दुई, लोकतान्त्रिक फोरम दुई र संघीय समाजवादीसँग दुई मत छन् ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply