साझा लुट्नेलाई अख्तियारको साथ
काठमाडौं । छानबिनको घेरामा परेका साझा प्रकाशनको विवादास्पद अध्यक्ष एवं महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि सेटिङ मिलाएर आफ्नो बचाउ गर्ने बाटो रोजेका छन् । यसअघि शर्मालाई ‘क्लिन चिट’ दिएका अख्तियारकै एक उपसचिवले केही दिनपूर्व साझाको निरीक्षण गरेका छन् ।
अध्यक्ष शर्मा प्रकाशनको कार्यालयमा नभएका बेला सोमबार अख्तियारका उपसचिव रामप्रसाद सुवेदी र अरू दुईतीन जना कर्मचारी निरीक्षण गर्न गएका थिए । उपसचिव सुवेदीको टोलीले साझाका कागजातहरू लिन चाहे पनि यसअघि नै छानबिन गर्न गठित शिक्षा मन्त्रालयको टोलीले सबै कागजात खिचिसकेको हुँदा उनीहरूले काजतपत्र भने लिन नपाएको बताइन्छ । तर निरीक्षणका क्रममा गएका उपसचिव सुवेदीसहितको टोलीले छापाखाना मात्र निरीक्षण गरेर फर्किएका थिए । केही समयपहिले अध्यक्ष शर्माको अनियमितताविरुद्ध अख्तियारमा उजुरी पर्दा तिनै उपसचिव सुवेदीले उनलाई सफाइ दिएका थिए ।
यसैबीच अध्यक्ष शर्माले साझाले छाप्दै आएको कक्षा ११ र १२ को ‘सबैको नेपाली’ किताब गोप्य रूपमा छापेर बेचेको कुरा सार्वजनिक भएपछि त्यसले साझाभित्रै लफडा मच्चिएको छ । यो वर्षको एसईई परीक्षामा साढे ४ लाख विद्यार्थी उत्तीर्ण भएकामा साझाले भने यो वर्ष उक्त किताब ६३ हजार प्रति मात्रै छापेको थियो । साझाले सो किताब छापेपछि बाइन्डिङका लागि अध्यक्ष शर्माले अनामनगरस्थित आफ्नै प्रेस अल्पाइनमा लगेका थिए । तर जब अल्पाइनबाट उक्त पुस्तक बाइन्डिङ भएर साझामा पुग्यो, ती किताबहरूमा अध्यक्ष शर्माले बठ्याइँ गरेको रहस्य खुल्न पुग्यो ।
आफ्नै प्रेस अल्पाइनमा बाइन्डिङका लागि साझाबाट पुस्तक लगेका अध्यक्ष शर्माले बाइन्डिङ गरेर फर्काउँदा भने २०७२ सालमै छापिएको छैटौं संस्करणको गाता बदलेर मात्रै फर्काएका थिए । अल्पाइन प्रेसको गोदाममा थन्किएर रहेका आफ्ना किताबहरू साझालाई भिडाउन अध्यक्ष शर्माले त्यस्तो आइडिया गरेका रहेछन् भन्ने कुरा दुई वर्षअघि नै छापिएको किताबको गाता बदल्ने र मूल्य मात्रै वृद्धि गरेबाटै पुष्टि हुन पुगेको थियो । २०७२ मा उक्त पुस्तकको मूल्य २ सय ४५ थियो भने अहिले २ सय ९९ पु¥याइएको छ । अध्यक्ष शर्माले पुरानै पुस्तकमा नयाँ मूल्य सूचि टाँसेर साझालाई किताब फिर्ता गरेका थिए ।
अध्यक्ष शर्माले बदमासी गरेपछि साझाका कर्मचारीहरूले उनको बदमासीको भण्डाफोर गरेका थिए । अल्पाइनमा बाइन्डिङ गरिएका किताबहरू गएको आइतबार साझामा दाखिला गर्न ल्याएपछि साझाका कर्मचारीहरूले सो कुराको भण्डाफोर गरेपछि अध्यक्ष शर्माले करारमा राखेका कर्मचारी र स्थायी कर्मचारीबीच केही बेर ठेलाठेलसमेत भएको थियो । अध्यक्ष शर्माकै निर्देशनमा साझामा करारमा काम गर्ने पूर्वशिक्षा मन्त्री धनीराम पौडेलकी बहिनी गीता उपाध्याय र बागलुङ घर भएकी सुमित्रा खड्काले साझाका कर्मचारीलाई पिट्न तम्सिएका थिए । अहिले अध्यक्ष शर्माकै निर्देशनमा करारका कर्मचारीहरू यशोदा भट्टराई, निर्मला श्रेष्ठ, गंगा खत्रीलगायतले साझाका कर्मचारीहरूविरुद्ध गाली बेइज्जतीका मुद्दा दायर गर्न पुगेका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply