विद्यालाई बिनाकारण किन खेदियो ?
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले १ करोड २० लाख मूल्यको विलासी गाडी मगाएको भन्दै आलोचना भइरहेका बेला उनले त्यस्तो आलोचनाको कुनै अर्थ नभएको बताएका छन् । ‘सञ्चार माध्यम र सामाजिक सञ्जालमा जुन ढंगले मेयरले विलासी गाडी मगाएको भन्दै आलोचना भइरहेको छ । म त्यसमा कुनै अर्थ देख्दिनँ,’ उनले पहिलो न्युज डटकमसँग कुराकानी गर्दै भने, ‘म निर्वाचित भएपछि वा मैले पदभार ग्रहण गरेपछि त्यस्ता गाडीका लागि कुनै माग गरेको छैन । म निर्वाचित भएर आउँदा नै यो प्रक्रिया अघि बढिसकेको रहेछ ।’
मेयर शाक्यले आफू जनप्रतिनिधि भएर जनताका काम गर्न आएको भन्दै अनावश्यक आलोचनाले खासै फरक नपर्ने पनि बताए । ‘म मेयरमा निर्वाचित भएर आएपछि मैले सकेसम्म पारदर्शी ढंगले काम गर्ने प्रयास गरेको छु,’ उनले भने, ‘महानगरले गरेका कामको सबै फेहरिस्त वेभसाइटमा राख्ने गरिएको छ । धेरै पारदर्शी भएका कारण पनि केही आलोचना भएका छन् । यस्ता आलोचना गर्ने साथीहरू पछि आफैं थाक्नुुहुन्छ ।’
मेयर शाक्यले आफू विकास गर्ने उद्देश्यसहित आएको भन्दै सानातिना अवरोधले आफूलाई कुनै असर नगर्ने पनि बताए । ‘आलोचना भयो अब केही गर्दिन चुप लागेर बस्छु भन्नेमा म छैन,’ उनले भने, ‘अब महानगरले गाडी मात्र होइन, विकास निर्माणका लागि स्काभेटर, बु्रमरलगायत हेभी उपकरणहरू पनि खरिद गर्छ । स्रोतसाधन नभई कसरी काम गर्न सकिन्छ ? त्यसैले काम पनि गर्ने हो, आवश्यकताअनुसार खर्च पनि गर्ने हो ।’
उनले अहिले पनि आफूले चार वर्षअघि खरिद गरेको र यसअघि कार्यकारी अधिकृतले चढ्दै आएको गाडी चढेको बताए । ‘चुनावी घोषणापत्रमा उल्लेख गरेका काम पूरा गर्ने तयारीसहित अघि बढेको छु,’ उनले भने, ‘यसको परिणाम अब बिस्तारै आउन थाल्छ ।’
महानगरपालिकामा प्रवक्ता ज्ञानेन्द्र कार्कीले शाक्यले विलासी गाडी किनेको भन्ने समाचारमा कुनै सत्यता नभएको दाबी गरे । ‘पहिलो चरणको स्थानीय निर्वाचन हुनुभन्दा अघि नै वर्तमान कार्यकारी अधिकृत ईश्वरी पौडेललगायतको टिमले गरेको निर्णयअनुसार गाडी खरिद गरिएको हो,’ कार्कीले भने, ‘मेयर शाक्यका लागि झन्डै १ करोड २० लाख मूल्यको टोयोटाको ‘फच्र्युनर’ गाडी काठमाडौंमा आइपुग्यो भन्दै निकै ठूलो हल्लाखल्ला भएको छ । गाडी आएको चाहिँ सत्य हो ।’
कार्कीले शाक्यले मात्र होइन, कांग्रेसका उम्मेदवार राजुराज जोशी वा माओवादीका सर्वोत्तममान डंगोल नै विजयी भएर आएको भए पनि अहिले आएको गाडी चढ्नुहुने बताए । ‘स्थानीय निर्वाचन हुने पक्कापक्की भएपछि हामीले बकाइदा टेन्डर गरेर जनप्रतिनिधिका लागि गाडी मगाएका हौं,’ कार्कीले भने, ‘कार्यकारी अधिकृतले नै चढ्ने गाडी त मेयर–उपमेयरले चढ्ने कुरो भएन । त्यसैले वरिष्ठता र मर्यादाअनुसार सुहाउँदो गाडी किनिएको हो ।’ उनले समाचारमा उल्लेख भएजस्तो महानगरले मनपरी ढंगले गाडी खरिद गरेको भए यतिबेला आफूहरू अख्तियारमा हुने पनि दाबी गरे । ‘हामीले टेन्डरअनुसार नै टोयटा कम्पनीलाई दिएको हो,’ उनले भने, ‘अहिले मोटामोटी खरिद हेर्दा मेयर साबका लागि भनेको गाडीको मूल्य करिब १ करोड १२ लाख रुपैयाँजति र उपमेयरको गाडी ८०–८५ लाखजति पर्ने देखिन्छ ।’
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply