बाबुरामलाई डुबाउनेहरू कोको ?
काठमाडौं । नयाँ शक्तिबाट देवेन्द्र पौडेललगायतका नेताहरू बिच्किनुमा संयोजक डा. बाबुराम भट्टराई नै मुख्य दोषी रहेको बताउन थालिएको छ । डा. भट्टराई केही गलत मानिसहरूबाट घेरिएका र उनीहरूकै कुरा सुन्न थालेपछि नयाँ शक्तिबाट पौडेललगायत पूर्वमाओवादी नेताहरू किनारा लाग्दै गएका हुन् ।
एकातिर गलत मानिसहरूका कुरा सुन्नु र अर्कोतिर पार्टीलाई व्यवस्थित रूपले सञ्चालन गर्न चुकेकै कारण डा. भट्टराईलाई एकपछि अर्को गर्दै नेता–कार्यकर्ताले छाड्न थालेको बताइन्छ । पछिल्लो समय, डा. भट्टराईले पूर्वमाओवादीभन्दा पनि अरू नै पृष्ठभूमिबाट आएका नेताहरूका कुरा सुन्न थालेपछि र उनीहरूकै घेराबन्दीमा परेपछि नयाँ शक्तिमा भाँडभैलो मच्चिएको बताइन्छ ।
अहिले डा. भट्टराईलाई उचाल्नेहरूमा केशव दाहाल, पूर्वराजा ज्ञानेन्द्रको पालामा मन्त्री खान गएका देवीप्रसाद ओझा, पूर्वपञ्च परशुराम खापुङ, भीमबहादुर कडायत, मदन राई, वीरेन्द्र पोखरेल, पूर्वडीआईजी गणेश राई, पूर्वएआईजीहरू नारायण पाण्डे र ऋषभदेव भट्टराई, डम्बर खतिवडालगायत रहेका छन् । पछिल्ला दिनहरूमा डा. भट्टराईले देवेन्द्र पौडेललगायतका नेताहरूको कुरा नखाने र यी मानिसहरूका लहलहैमा लाग्न थालेपछि नयाँ शक्तिका पूर्वमाओवादी नेताहरू भड्किएको बताइन्छ ।
यसरी नै तिनै मानिसहरूले माओवादीबाट आएका कल्पना धमला, देवेन्द्र पराजुलीलाई उचालेर पौडेललगायतका विरुद्ध लगाएको आशंका गरिएको छ । धमला र पराजुलीलगायतलाई ‘पौडेलहरूलाई हटाए तिमीहरू सिनियर हुन्छौं’ भनेर उचालेको बताइन्छ । नयाँ शक्तिभित्र पूर्वमाओवादी र अरुबीच फाटो ल्याउनमा अहिले डा. भट्टराईलाई उचाल्ने मानिसहरूकै हात रहेको बताउन थालिएको छ ।
अप्रेसनपछि टोखास्थित निवासमा स्वास्थ्य लाभ लिइरहेका डा. भट्टराई भेट्न केही दिनअघि त्यही पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाबुरामसँग पार्टी एकताबारे खुलेरै कुराकानी गरेका छन् । प्रचण्डले बाबुरामलाई ‘तपाईहरूले भनेअनुसार नै गरौंला, पार्टीको नाम पनि फेरौंला, प्रत्यक्ष कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिकमै जाऔंला, एकता गरौं’ भनेर प्रस्ताव राखेको बताइन्छ ।
प्रत्युत्तरमा डा. भट्टराईले ‘तपाईंहरू प्राक्टिकल्ली आउनुहुन्छ भने एकताका लागि विचार गर्न सकिन्छ’ भनेर जवाफ दिएका थिए । अझ प्रचण्डले त एक कदम अघि बढ्दै नयाँ शक्तिले अघि सारेको पाँच ‘स’लाई पनि स्विकारेर जान सकिने बताएका थिए । नयाँ शक्ति गठन गर्दाताका सो पार्टीले समावेशी, समानुपातिक, समृद्धि, सहभागितामूलक लोकतन्त्रजस्ता पाँच ‘स’को नारालाई अघि सारेको थियो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply