शिक्षामन्त्रीले किन लुकाए डोलिन्द्रको कर्तुत ?
काठमाडौं । साझा प्रकाशनमा भएका अनियमितता छानबिन गर्न शिक्षा मन्त्रालयद्वारा गठित समितिले उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठलाई प्रतिवेदन बुझाइसके पनि अहिलेसम्म सो प्रतिवेदन गुपचुप नै राख्दा सर्वत्र आशंका उब्जिन पुगेको छ । सो मन्त्रालयद्वारा गठित समितिले १० दिनअघि नै मन्त्री श्रेष्ठसामु प्रतिवेदन बुझाएको थियो ।
तर मन्त्री श्रेष्ठले भने सो प्रतिवेदन शिक्षा सचिव शान्तबहादुर श्रेष्ठलाई समेत नदेखाई गोप्य राखिएको बताइन्छ । सचिव श्रेष्ठले प्रतिवेदन नपाएका कारण सहसचिवको तहसम्म पनि आइपुगेको छैन । मन्त्री श्रेष्ठले साझाको अनियमितता छानबिन गर्न गठित समितिको प्रतिवेदन किन गोप्य राख्न रुचाए ? यो विषयले अहिले मन्त्रालयमा हल्लीखल्ली नै मच्चिएको छ ।
साझा प्रकाशनका अध्यक्ष एवं महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले साझालाई आफ्नो कमाइ खाने भाँडोका रूपमा प्रयोग गर्न थालेपछि र व्यापक रूपमा अनियमितता गरेका कुरा सार्वजनिक भएपछि शिक्षा मन्त्रालयले उपसचिव गणेश ढकालको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । सो समितिमा शिक्षाकै कर्मचारीहरू रेशम सिग्देल र सुनीता खनाल सदस्यका रूपमा थिए । सो समितिले १५ दिनको समय पाएको हुँदा समय छँदै साउन २९ गते मन्त्री श्रेष्ठसमक्ष प्रतिवेदन बुझाएको थियो ।
तर, मन्त्री श्रेष्ठले प्रतिवेदन बुझेको १० दिन बितिसक्दा पनि न त सचिवलाई सो प्रतिवेदन देखाउन चाहेका छन्, न त त्यसलाई कार्यान्वयन गर्ने तत्परता नै देखाएका छन् । मन्त्री श्रेष्ठले प्रतिवेदन गोप्य राखेका हुँदा उनी पनि साझामा भएका अनियमितता ढाकछोप गर्ने पक्षमा छन् कि भन्ने आशंका व्याप्त भएको छ । साझाका अध्यक्ष शर्माले सो संस्थालाई दुरुपयोग गरेर आर्थिक लाभ लिएको र सञ्चालक समितिको निर्णय बेगर नै जथाभावी रूपमा कर्मचारी भर्ना गर्ने कार्य गरेका थिए ।
यसैगरी, साझामा भएको अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ । अख्तियारको एक टोलीले साझाका सबै कागजात लगेको धेरै दिन बिते पनि छानबिनमा ढिलाइ गरिरहेको देखिएको छ । अध्यक्ष शर्मालाई पहिलोपटक सफाइ दिएका अख्तियारका उपसचिव रामप्रसाद सुवेदीलाई नै दोस्रोपटक पनि साझामा भएको अनियमितताबारे छानबिन गर्ने जिम्मेवारी दिएपछि अख्तियारको भूमिकालाई लिएर प्रश्नचिह्न उठ्न पुगेको थियो । यसैगरी, व्यवस्थापिका–संसद्को लेखा समितिले साझाका अध्यक्ष शर्मालाई बयानका लागि बोलाएर पाँच दिनभित्र पाँच वर्षको लेखा विवरण पेस गर्न आदेश दिएको थियो । तर, लेखा समितिले पनि त्यसयता छानबिन गर्न कुनै चासो देखाइरहेको छैन ।
मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालसँग बुझ्दा छानबिन समितिले प्रतिवेदन मन्त्रालयमा बुझाए पनि प्रतिवेदन सार्वजनिक नभएको बताए । उनले भने, ‘छानबिन समितिमा रहनेहरूले प्रतिवेदन बुझाएको कुरा सुनेको हुँ तर प्रतिवेदन भने मैले हेर्न पाएको छैन ।’
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply