कर्मचारीतन्त्रमा सरुवा आतंक
काठमाडौं । गृहमन्त्री भएको तीन महिना नपुग्दै गृहमन्त्री जनार्दन शर्मा गृह प्रशासनमा सबैभन्दा बदनाम भएका छन् । उनका कारण कर्मचारीतन्त्र आतंकित भएको छ ।
चर्का कुरा गर्ने तर व्यवहार भने ठीक त्यसविपरीत देखाउने शैलीका उनले प्रहरीमा मात्र होइन, निजामती प्रशासनमा समेत चरम हस्तक्षेप गरेपछि कर्मचारीतन्त्रमा आतंक फैलिएको छ । खासगरी सीडीओ सरुवामा गृहमन्त्री शर्माले अपनाएको कार्यशैली देखेर कर्मचारीहरू चकित भएका छन् । राजनीतिक आस्था र आर्थिक चलखेलका आधारमा सीडीओको सरुवा गरेका उनले सामान्य मापदण्डसमेत मिचेका छन् ।
सीडीओ सरुवासम्बन्धी मापदण्ड र कानुनमा स्नातक वा न्यायसम्बन्धी तीन महिना तालिम लिएको व्यक्तिलाई मात्र सीडीओका रूपमा खटाउने प्रावधान छ । सीडीओ अर्धन्यायिक अधिकारसहितको पद भएकाले प्रभावकारी बनाउन यस्तो प्रावधान बनाइएको थियो । तर, शर्माले त्यसको धज्जी उडाएका छन् । हाल सीडीओका रूपमा सरुवा भएका भूपेन्द्र थापालगायत धेरैले न कानुनमा स्नातक गरेका छन्, न त तालिम नै लिएका छन् । थापालाई गृहमा ल्याएको केही दिनमै सोलुखुम्बु पठाइएको छ ।
त्यस्तै, २ सय ३३ दिन नपुगी कुनै पनि सीडीओको सरुवा नगर्ने प्रावधान छ । तर, तीन महिनामै एक दर्जन सीडीओलाई अन्यायपूर्ण ढंगले हटाइएको छ ।
काठमाडौंकै सीडीओ बालकृष्ण पन्थीलाई तीन महिनामा हटाइयो । त्यस्तै, बझाङका केशव थापालाई चार महिनामै हटाइएको छ । त्यस्तै म्याग्दीका राजु पौडेल, प्युठानका यदुप्रसाद पौडेललाई पनि पाँच महिनामै हटाइएको छ । जुनसुकै सरकारले पनि एक वर्ष नपुगी सीडीओको यसरी मनलाग्दो ढंगले सरुवा नगरेको गृहका कर्मचारीहरू बताउँछन् ।
केही सहसचिवलाई गृहमा ल्याएलगत्तै सीडीओ बनाएर पठाइएको छ । केहीलाई भने पाँच महिनादेखि गृहमा थन्काएर राखिएको छ । सहसचिवद्वय चन्द्रमान श्रेष्ठ र हरिशरण पुडासैनीलाई जिम्मेवारी नै नदिई गृहमा राखिएको छ ।
उता विदेश भ्रमणमा समेत चरम राजनीतीकरण भएको छ । हालको गृहको २०÷२० जनाको दुई टोली चीन भ्रमणमा छ । एक टोली ल्हासा तथा अर्को कुनमिङमा छ ।
विदेश भ्रमणमा पनि मन्त्रालयका सिनियर र एकपटक पनि विदेश नगएकालाई छाडेर पार्टीका निकटहरूलाई मात्र पठाइएको छ । गृहमन्त्री त राजनीतिक व्यक्ति भएर हल्ला मच्चाउने र पैसा कमाउन उनी व्यस्त छन् । गृहसचिव लोकदर्शन रेग्मीले समेत प्रशासनमा भएको चरम हस्तक्षेपमा साथ दिएको देख्दा गृहका कर्मचारीहरू चकित छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply