विद्यार्थीको चुनावले नेताको कित्ताकाट
काठमाडौं । माओवादी केन्द्रको भ्रातृ संगठन अखिल क्रान्तिकारीको २१औं राष्ट्रिय सम्मेलन अस्तव्यस्त बनेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भदौ ७ गते उद्घाटन गरेको सम्मेलनले एक हप्ता बितिसक्दा पनि नेतृत्व चयन गर्न सकेको छैन ।
पहिलोपटक चुनावी विधिमार्फत नेतृत्व चयन गर्न लागेको ंगठनमा पार्टीका नेताले अनावश्यक हस्तक्षेप गर्नेदेखि लिएर परिवारभित्रका सदस्यलाई उम्मेदवारका रूपमा च्यापेपछि समस्या आएको हो । विद्यार्थी संगठनका नेताले आआफ्ना निकटलाई च्याप्दा त्यसको प्रभाव पार्टीमा समेत गरेको बताइन्छ । पछिल्लो समयमा पार्टीभित्र हावी भएका गृहमन्त्रीसमेत रहेका जनार्दन शर्मालाई एक्ल्याउन माओवादी केन्द्रका दोस्रो तहका नेता एकजुट भएर लागेका छन् । फकाएर, घुक्र्याएर र धम्क्याएर भए पनि आफ्नो वर्चस्व स्थापित गर्ने शर्माको मनपरीले सीमा नाघेको भन्दै अहिले वर्षमान पुन, कृष्णबहादुर महरा, शक्ति बस्नेतलगायतका नेताहरू शर्माविरुद्ध एकजुट भएर लागेका छैन । अघिल्लो मन्त्रिपरिषद्मा ऊर्जामन्त्री रहेका शर्माले यसपटक पनि अध्यक्षलाई धम्क्याएर गृहमन्त्री पड्काएका थिए । त्यतिले पनि नपुगेर विद्यार्थी संगठनको अध्यक्षमा आफ्नो सहोदर भाइ अनिल शर्मालाई अध्यक्षमा उठाएपछि अनन्त, महरा र बस्नेतलगायतका नेताहरूको ब्याकिङमा रन्वित तामाङ पनि अध्यक्षमा उठेका छन् । नारायणकाजी समूहसँग नजिक रहेका मदन अर्यालले पनि अध्यक्षमा उम्मेदवारी दिएका छन् । यद्यपि, उनले अन्तिममा तामाङलाई समर्थन गरेर आफ्नो उम्मेदवारी फिर्ता लिने बुझिएको छ ।
शर्मा र तामाङमध्ये तामाङ समूह नै बलियो रहेको बताइन्छ । तामाङ समूहबाट खुला चारसहित ६ उपाध्यक्षमा सुरेन्द्र बस्नेत, तीलकराज भण्डारी, विजय गौतम, ध्रुवविक्रम ओली, उपाध्यक्षमा दीपेश पुनले उम्मेदवारी दिएका छन् भने शर्मा समूहबाट दीपक देवकोटा, गोपाल न्यौपाने, विजय हमाल, सुनीता किराँतीले उम्मेदवारी दिएका छन् । बस्नेतलाई सबैभन्दा बलिया उम्मेदवारका रूपमा हेरिएको छ । त्यस्तै महासचिवमा तामाङ समूहबाट खेमबहादुर सिंह र शर्मा समूहबाट उत्तम अधिकारी चुनावी प्रतिस्पर्धामा होमिएका छन् । पाँच उपमहासचिवमा टुकमान महरा, राधाकृष्ण जोशी, कुशल पौडेल, जीपी मैनाली, गोविन्द घिमिरे, अनिल विष्टलगायत प्रतिस्पर्धामा होमिएका छन् । नयाँ नेतृत्वका लागि हिजो नाम दर्ता भएको छ भने आज मतदान हुने जनाइएको छ । यो सम्मेलनले २३ सदस्यीय पदाधिकारीसहित २ सय ४३ सदस्यीय केन्द्रीय कमिटी चयन गर्ने जनाइएको छ ।
कोही आफन्त कोही जनप्रतिनिधि
रमाइलो त के छ भने विद्यार्थी संगठनको नेतृत्वको प्रतिस्पर्धामा रहेका कतिपय पार्टी नेताका भाइ, छोरा, छोरी छन् भने कोही हालै सम्पन्न स्थानीय तह निर्वाचनमा निर्वाचित जनप्रतिनिधिसमेत छन् । अध्यक्षका प्रत्यासी अनिल शर्मा जनार्दन शर्माका भाइ हुन् भने उपाध्यक्षका प्रत्यासी दीपेश पुन उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा हुन् । त्यस्तै, उपमहासचिवका प्रत्यासी टुकमान महरा माओवादी नेता तथा अध्यक्ष प्रचण्डका पूर्वस्वकीय सचिव जोखबहादुर महराका छोरा हुन् । उपमहासचिवमै छात्रा कोटाबाट प्रतिस्पर्धामा उत्रिएकी कविता ढुंगाना नवनिर्वाचित उपमेयर हुन् । उनी नुवाकोटको बेलकोटगढी नगरपालिकाको उपप्रमुख हुन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply