शशांकबाट पनि गुट नचल्ने पौडेल समूहको निष्कर्ष
काठमाडौं । प्रदेश नम्बर २ को निर्वाचनमा टिकट वितरण प्रक्रियामा विमलेन्द्र निधिको दादागिरी देखिएपछि रामचन्द्र पौडेल समूह संस्थापन समूहसँग रुष्ट बनेको छ । राम्राभन्दा पनि गुटका बफदारलाई मात्र च्याप्ने निधिको शैलीप्रति महामन्त्री शशांक कोइराला नतमस्तक बनेपछि कोइरालाबाट गुट उँभो नलाग्ने निष्कर्ष पनि सो समूहले निकालेको छ ।
उम्मेदवार छनोटको विषयमा अस्ति पार्टी कार्यलय सानेपामा बसेको बैठकमा निधिले एकलौटी प्रस्ताव गरेपछि बैठकमा सहभागी पौडेल समूहका नेताहरू कोषाध्यक्ष सीतादेवी यादव, किरण यादव, रामकृष्ण यादव, कल्याण गुरुङलगायतका नेताहरू निधिसँग बाझाबाझ गरेर निस्किएका थिए । ‘अब आइन्दा सभापतिसँगबाहेक अरूसँग कुरै गर्दैनौं’ भन्दै उनीहरू बैठक बहिष्कार गरेर निस्किएका थिए । त्यसपछि सोमबार रामचन्द्र पौडेल, प्रकाशमान सिंहले पनि सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर टिकट वितरणमा निधिले अचाक्ली गरेको भन्दै गुनासो पोखेका थिए । देउवाले पौडेल र सिंहसँगको भेटमा ‘म हेरौंला’ भन्दै थामथुम पारेका थिए । तर पछि निधिले आफ्नै ढंगले उम्मेदवारको नाम सार्वजनिक गरेका थिए । टिकट वितरणको जिम्मा देउवा समूहबाट निधि र पौडेल समूहबाट महामन्त्री कोइरालाले लिएका थिए । तर, कोइरालाको व्यक्ति कस्तो हो । कुन समूहको हो भन्नेसम्मको जानकारी नहुँदाको फाइदा निधिले उठाएको बताइन्छ ।
यसैबीच, भ्रष्टाचारीले जीवनभर चुनाव लड्न नपाउने गरी निर्वाचनसम्बन्धी विधेयक पास भएपछि निधि खुसी भएको बताइन्छ । खुमबहादुर खड्कालाई रोक्न निधिकै पहलमा पहिले यस्तो प्रस्ताव तयार पारिए पनि पछि खड्काको पहलमा कांग्रेस नेताहरूले नै लड्न पाउने गरी संशोधन हालेका थिए । तर, यसको तीव्र विरोध भएपछि कांग्रेसले त्यो प्रस्ताव फिर्ता लिएको थियो । अब निधिलाई पार्टीको उपसभापति मनोनयनका लागि पनि बाटो खुला भएको छ ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply