तीन समूहको लडाइँपछि युवामा सर्वसम्मतको खोजी
काठमाडौं । प्रदेश र केन्द्रीय संसद्को चुनावको सम्मुखमा एमालेको दाहिने हात मानिने भ्रातृ संगठन युवा संघ नेपाल तीन समूहमा बाँडिएपछि नयाँ अध्यक्षमा सर्वसम्मत्त पात्रको खोजी हुन थालेको छ । पार्टीका शीर्ष नेताको नाम जोडेर महाधिवेशनका नाममा संघभित्रको ‘जुँगे लडाइँ’ले पार्टी कमजोर बन्ने सम्भावना देखिएपछि शीर्ष नेतृत्व गम्भीर बन्दै गएको छ ।
पाँच वर्षदेखि महाधिवेशन सम्पन्न नहुँदा एकातिर संघको नेतृत्वमा जाम, अर्कातिर पार्टीले चुनावमा बहुमत ल्याउन एकताका साथ कडा मिहिनेत गर्नुपर्ने परिस्थिति छ । यस्तो पृष्ठभूमिमा चुनावकै सम्मुखमा युवाहरूबीचको ‘जुँगे’ लडाइँले विपक्षीसँगको प्रतिस्पर्धामा भुत्ते साबित हुन सक्ने स्थितिले गर्दा नयाँ नेतृत्व सर्वसम्मत्त चुन्ने गरी महाधिवेशन गराउन एमाले नेतृत्व गम्भीर बन्दै गएको हो । त्यसो त आगामी २१ र २२ असोजका लागि तोकिएको महाधिवेशनको संघारमा संघभित्र अहिले अध्यक्ष राजीव पहारीको एउटा समूह, उपाध्यक्ष दिलु पन्त र सचिव नरेश शाहीको दोस्रो समूह र उपाध्यक्ष रमेश पौडेल र महासचिव किरण पौडेलको तेस्रो समूह नेताको नाम जोडेर क्रियाशील भइरहेका छन् । तर तिनै समूह संघको विधि, विधान र स्थापित मूल्यमान्यता ध्वस्त बनाउँदै पार्टीकै बदनाम हुने गरी व्यक्तिगत स्वार्थमा क्रियाशील हुन थालेपछि सबै शीर्ष नेताहरूसमेत सचेत हुन थालेको बताइन्छ ।
यी सबै पृष्ठभूमिमा संघमा अबको नेतृत्व पार्टी नेतृत्वले हस्तक्षेप गरेर महाधिवेशन गर्नुपर्ने आवाज दिनप्रतिदिन बलियो हुन थालेको छ । यद्यपि, अध्यक्षको प्रतिस्पर्धामा रहेका रमेश पौडेल, नरेश शाही, चन्द्र लामा, किरण पौडलसहित चारजनै आकांक्षी भने २ नम्बर प्रदेशको चुनावी तयारी, प्रदेश र केन्द्रीय संसद्को चुनावको योजना बनाएर पार्टीलाई कसरी बहुमतमा पु¥याउने योजनामा लाग्नेभन्दा पनि केन्द्रीय सदस्यहरूको समूह बनाएर नेताहरूकहाँ मध्यरातसम्म ‘देउसी’ खेल्ने, दसौं हजार खर्च गरेर होटलहरूमा भेला बोलाउने काममै तल्लीन रहेको बताइन्छ । त्यसैले वर्तमान अध्यक्ष राजीव पहारी, उपाध्यक्ष दिलुकुमारी पन्त र अन्य चारमध्ये दुई या तीन आकांक्षीलाई कतै व्यवस्थापन गरेर बाँकी दुईलाई संघभित्रै राख्ने गरी पदाधिकारी तहसम्म सर्वसम्मत चुनिने वातावरण मिलाएर महाधिवेशन गर्नुपर्ने आवाज उठ्न थालेको छ । महाधिवेशन तयारीका लागि एक महिनाको मात्रै समयका कारण प्रतिनिधि चयनमा प्राविधिक कठिनाइ, यहीबीचमा दसैं र तिहारजस्ता महŒवपूर्ण पर्वकै अवसरमा केन्द्र र प्रदेशको समेत उम्मेदवार चयन हुने भएकाले महाधिवेशन फेरि पनि ६ महिना पछि धकेलिनुभन्दा सर्वसम्मत नेतृत्व चयन नै उपयुक्त विधि हुने संघभित्र पनि चर्चा चल्न थालेको छ ।
उपाध्यक्ष रमेश पौडलको समूहले १ सय ५ जनाको हस्ताक्षरको दाबीसहितको ध्यानाकर्षणपत्र लिएर तोकिएकै मितिमा महाधिवेशन गर्नुपर्ने माग गर्दै चार दिनअघि मात्रै अध्यक्ष केपी ओली निवासमा साँझदेखि राति २ बजेसम्म धर्ना कसेको थियो । त्यति मात्रै होइन, त्यही टोलीले महासचिव ईश्वर पोखरेल, संगठन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङलाई पत्र बुझाइसकेको छ भने वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालको पनि ध्यानाकर्षण गराउने तयारी गरिरहेको छ । हुल बाँधेर ज्ञापनसम्म बुझाउने यस्तो आश्चर्यजनक शैलीलाई नेताहरूले नै नरुचाएको बताइन्छ । पार्टीका तर्फबाट इन्चार्ज महेन्द्रबहादुर पाण्डेले २ नम्बर प्रदेशको चुनावका कारण गत १५ र १६ गते डाकिएको केन्द्रीय कमिटी बैठक स्थगित गराएपछि पनि पौडेल नेतृत्वको टोलीले ज्ञापनपत्र बुझाइरहेको छ । उमेर हदका कारण नेतृत्वमा जाम भइरहेको सत्य भए पनि चुनावको मुखमा पार्टीलाई जिताउन मैदानमा खटिनुपर्ने बेला पार्टीको निर्देशन नै अवज्ञा हुने गरी ध्यानाकर्षण बुझाउने कुराप्रति नेताहरू गम्भीर भएको बताइन्छ । संघभित्र वाईसीएल र तरुण दललाई माथ गर्ने गरी हुर्किन थालेको यस्तो अराजक प्रवृत्तिलाई एमालेपंक्तिमा आश्चर्यजनक मान्न थालिएको छ । यहाँसम्म कि संघकै पदाधिकारीहरूले २ नम्बर प्रदेशको चुनावी तयारीमा खट्ने कुरामा पनि कुन नेताकोमा खट्ने भन्ने व्यक्तिगत आकांक्षा व्यक्त गरेका छन् र त्यसैलाई आधार मानेर उनीहरूलाई खटाइएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply