बाहिर सुँगुर र रक्सीको भोज, भित्र गाउँको नामै काटकुट
सोलुखुम्बु । गाउँपालिकाका निर्वाचित जनप्रतिनिधिलाई बन्धक बनाएर दूधकौशिका गाउँपालिकाको नाम नै परिवर्तन गरिएको छ । ठगी मुद्दाका अभियुक्तसमेत रहेका गाउँपालिका अध्यक्ष असिम राईले काठमाडौंबाट गुन्डागर्दी पृष्ठभूमिका मान्छे लगेर जनप्रतिनिधिलाई बन्धक बनाएर आइतबार राति गाउँपालिकाको नाम परिवर्तन गरी थुलुङ दूधकौशिका राख्ने निर्णय गराएका हुन् ।
गाउँपालिका प्रमुख राई माओवादी केन्द्रका तर्फबाट निर्वाचित भएका हुन् । ठगी मुद्दामा अदालतबाट दोषी ठहर भइसकेका उनले अहिले अदालतको फैसलाको तामेली नबुझेको किर्ते जालसाझी गरी मुद्दालाई सुरुवाती अवस्थामा फर्काएका छन् । पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठले राईबाट २० लाख रूपैयाँ लिएर मुद्दा जिताउने ठेक्का लिएको बताइन्छ । यिनै ठग राईले रातारात गाउँपालिकाको नाम परिवर्तन गरी जातीय नामबाट नामकरण गराएका छन् । दुधकौशिका गाऊँपालिकाको नामका अगाडी राइहरूको थर थुलुङ झुन्ड्याएको छ । जबकि यो गाउँपालिकामा २२ जातीको बसोबास छ भने राइहरूको जनसंख्या पाँच–छ सयले मात्र बढी छ । ०६२÷६३ को आन्दोलनपछि ३÷४ सय मान्छे मारेर खुलेका जातीय र क्षेत्रीय पार्टीहरूसमेत यसरी पार नलाग्ने भन्दै राष्ट्रिय पार्टी बन्ने होडमा लागेका बेला भने राईले गाउँपालिकाको नाम नै जातिका आधारमा नामकरण गरेर चरम जातीयताको भद्दा अनुहार प्रदर्शन गरेका छन् ।
डरत्रास देखाएर भने पनि गाउँपालिकाको नाम परिवर्तन उनले शुक्रबार काठमाडौंबाट तीनवटा टाटासुमो रिजर्भ गरेर मान्छे लगेका थिए । गोरेबहादुर खपांगीको जनमुक्ति पार्टीमा लागेका देम्बु राई, लोचन राई, प्रेमकुमार राईलगायतको समूहलाई उनले काठमाडौंबाट आतेजाते सबै खर्च बेहोरेर झिकाएका थिए । आइतबार गाउँसभाको बैठकमा भित्र जनप्रतिनिधिलाई बन्धक बनाएर नाम परिवर्तन गर्ने निर्णय गर्दा बाहिर सँुगुर काटेर मासु र रक्सीको भोज लगाइएको थियो । कतिसम्म भने आइतबार राति यो निर्णय भए पनि मंगलबारसम्म भोज रोकिएको छैन ।
ठगी मुद्दामा फेरि पनि दोषी ठहर भएर जेल जानुप¥यो भने यति त गरे भन्दै गाउँपालिका प्रमुख राई छाती फुलाएर हिँड्ने गरेको बताइन्छ । गाउँपालिकाको नाम परिवर्तन गर्ने निर्णयमा वडा नं. २ का अध्यक्ष उदय बस्नेत र वडा नं. ६ का अध्यक्ष फुर्तीमान तामाङले भने हस्ताक्ष्र गरेका छैनन् । यद्यपि वडाध्यक्ष बस्नेतलाई पनि हस्ताक्षर नगरे भौतिक आक्रमण गर्ने धम्की दिइएको बताइन्छ । स्मरण रहोस्, ठगी मुद्दाका अभियुक्त राई गाउँपालिकाको नाम परिवर्तन गर्ने तयारीमा भनेर ‘बुधबार’ साप्ताहिकले भदौ १४ गतेको अंकमा नै समाचार प्रकाशित गरेको थियो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply