यसरी छान्दै छ एमालेले प्रतिनिधिसभा र प्रदेशमा उम्मेदवार
काठमाडौं । नेकपा (एमाले) ले प्रतिनिधिसभा र प्रदेशसभा सांसद छान्न प्रारम्भिक तयारी अघि बढाएको छ । त्यसका निम्ति उम्मेदवार सिफारिस गर्ने दुई छुट्टाछुट्टै कमिटी गठन गर्ने निर्णय गर्दै एमालेले प्रारम्भिक तयारी अघि बढाएको हो । स्थायी समितिको सोमबारको बैठकले पुरानो ढाँचाको निर्वाचन क्षेत्रीय कमिटी विस्थापित गर्दै प्रतिनिधिसभा निर्वाचन कमिटी र प्रदेशसभा निर्वाचन कमिटी गठन गर्ने निर्णय गरेको छ ।
त्यसअनुसार एमालेको जिल्लामातहतका पुरानो ढाँचाका कमिटी निर्वाचन क्षेत्र निर्धारण आयोगको निर्णयअनुसार १ सय ६५ वटा प्रतिनिधिसभा निर्वाचन कमिटी र ३ सय ३० वटा प्रदेशसभा निर्वाचन कमिटीमा पुनर्गठित भएका छन् । जिल्ला तहमा सर्कुलर पुग्नेबित्तिकै पुरानो क्षेत्रीय कमिटी विस्थापित भएर नयाँ कमिटी बन्ने उपाध्यक्ष वामदेव गौतमले बताए । तिनै कमिटीले आगामी १० र २१ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार सिफारिसको काम गर्ने उनको भनाइ छ । ‘नयाँ बन्ने कमिटीको छिट्टै बैठक बसेर ३÷४ जनाको नाम सिफारिस गर्नेछन्,’ गौतमले भने, ‘सिफारिस भएर आएका नाम जिल्ला कमिटी र प्रदेश संगठन कमिटीले आवश्यक सुझावसहित स्थायी समितिमा पठाउने गरी तयारी भइरहेको छ ।’ यो प्रक्रियाअनुसार अब केन्द्र र प्रदेश संसद्का लागि उम्मेदवार छनोट आरम्भ भएको गौतमले प्रस्ट्याए ।
यसरी बन्दै छन् नयाँ कमिटी
स्थायी समितिको निर्णयअनुसार १ सय ६५ वटा प्रतिनिधिसभा निर्वाचन कमिटीमा पुरानो क्षेत्रीय कमिटीका सदस्यहरू स्वतः सदस्य हुनेछन् । संयोजक भने जिल्ला कमिटीले वरिष्ठ सदस्यमध्येबाट तोक्ने स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले बताए । त्यसअनुसार सम्बन्धित क्षेत्रबाट प्रतिनिधित्व गर्ने जिल्ला कमिटीमा रहेकामध्ये वरिष्ठ सदस्य सो कमिटीको संयोजक बन्नेछन् । त्यस्तै, प्रदेशसभा निर्वाचन कमिटीमा सम्बन्धित क्षेत्रका क्षेत्रीय कमिटी सदस्य, गाउँपालिका, नगरपालिका कमिटीका अध्यक्षहरू सदस्य रहनेछन् भने जिल्ला कमिटीले संयोजक तोक्नेछ । केन्द्रीय सचिवालयले प्रदेश र जिल्लालाई सर्कुलर पठाएलगत्तै दुवै कमिटी बन्नेछन् ।
एमालेले दुवै संसद्का लागि पार्टीका तर्फबाट छनोट हुने सांसदका उम्मेदवारका लागि छिट्टै मापदण्ड बनाउने भएको छ । मापदण्डका विषयमा अब बस्ने स्थायी समिति बैठकमा छलफल गर्ने एमालेको तयारी छ । स्थायी समितिले पठाउने मापदण्डका आधारमा नवगठित प्रतिनिधिसभा र प्रदेशसभा कमिटीले सांसदका उम्मेदवार सिफारिस गरेर माथिल्लो कमिटीमा पठाउनेछन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply