तेस्रो चरणमा पनि एमाले पहिलो बन्दै
काठमाडौं । स्थानीय तहको तेस्रो चरणको निर्वाचन नजिकिँदै गर्दा प्रदेश नम्बर २ मा एमालेको पक्षमा स्वतःस्र्फूत माहोल सिर्जना हुँदै गएको छ । एमालेलाई हराउन सत्तारूढ दल कांग्रेस र माओवादी केन्द्रको महागठबन्धन गर्ने प्रयास गरे पनि असफल भएपछि २ असोजमा हुने निर्वाचनमा एमालेसँग कांग्रेस मुख्य प्रतिस्पर्धी र मधेसकेन्द्रित दल सहायक प्रतिस्पर्धीका रूपमा देखिएका छन् ।
तराईका जनताको हित र विकासमा एमालेले खेल्दै आएको भूमिका स्थापित हुँदै गएको छ भने संविधान संशोधनबारे चलाइएको भ्रम पनि बिस्तारै चिरिँदै गएकाले दिनप्रतिदिन एमालेको पक्षमा माहोल सिर्जना हुँदै गएको हो । अहिलेकै माहोल कायम रहे एमालेले कम्तीमा ६० देखि ७० सिट जितेर पहिलो दल बन्न सकिने आन्तरिक विश्लेषण गरेको छ । वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेल, पोलिटब्युरो सदस्य लालबाबु पण्डितलगायतका नेताहरूले सबै जिल्ला पुगेर कमान्ड सम्हालिरहेका छन् ।
राजमार्ग आसपासमा बलियो पकड रहेकाले ती स्थान सुरक्षित गर्दै दक्षिणी क्षेत्रका स्थानीय तहमा जित्ने रणनीतिका साथ एमालेले सम्पूर्ण शक्ति परिचालित गरिरहेको छ । महानगरपालिका वीरगन्जमा त्रिपक्षीय प्रतिस्पर्धा रहे पनि एमालेबाट मेयरका चर्चित उम्मेदवार बसुरुद्दिन अन्सारी सबै पार्टीलाई चक्मा दिँदै विजय बन्ने आधार तयार हुँदै गएको छ । त्यस्तै, तीन उपमहानगरमध्ये कलैया र जितपुर सिमरा नगरपालिकामा एमालेको विजय सुनिश्चित देखिएको छ । तर, जनकपुरमा भने कांग्रेस र राजपासँग एमालेको त्रिपक्षीय प्रतिस्पर्धाको स्थिति देखिएको छ । धेरैजसो नगरपालिकामा पनि एमालेकै पक्षमा माहोल देखिएकाले कांग्रेस र राजपा अत्तालिँदै गएका छन् । त्यही कारण अत्तालिएका कांग्रेस नेता विमलेन्द्र निधिले जनकपुरमा अड्डा नै जमाएर एमालेविरुद्ध विष वमन गरिरहेका छन् । निधिकै नेतृत्वमा प्रहरी प्रशासन, गुन्डा र पैसाको दुरुपयोग हुन सक्नेप्रति एमाले समयमै सचेत देखिएको छ ।
उता, कांग्रेसभित्र सिरहा, सप्तरीलगायतका प्रत्येकजसो जिल्लामा देखिएको चर्को विवाद, कुटाकुटदेखि बागी उम्मेदवारी परेका छन् । रौतहटको गौरजस्तो चर्चित नगरपालिकामा कांग्रसले उठाउने उम्मेदवारसमेत पाएको छैन । गौरमा एमालेका मेयरका उम्मेदवार शम्भु साहको विजय सुनिश्चितजस्तो देखिएपछि कांग्रेसले मेयरमा संघीय समाजवादी फोरमलाई सघाउने निर्णय गरेको छ । एमालेको दिनप्रतिदिन बढ्दो माहोल कांग्रेसका लागि निकै टाउको दुखाइको विषय बनेको छ । २०÷२५ स्थानमा राजपा प्रतिस्पर्धी देखिए पनि ६ वटा मोर्चा मिलेर बनेको दल भएकाले टिकट प्रकरणमा तीव्र असन्तुष्टि देखिँदा सबैतिर प्रत्यक्ष फाइदा एमालेको उम्मेदवारलाई हुँदै गएको छ । अझ उम्मेदवार मनोनयनसँगै राजपाका महामन्त्री जंगीलाल यादवको एमाले प्रवेशले सिंगै प्रदेशको माहोल एमालेका पक्षमा खडा भएको छ । माओवादी केन्द्रले भने चुनावअगावै हार स्वीकार गरिसकेको छ । दुई सातादेखि प्रचण्ड नै तराईमा खटिए पनि कतै माहोल सिर्जना नभएकाले हार स्वीकार गरेको हो । एमाले नेताहरूले माओवादी केन्द्रले बढीमा पाँच÷सात सिट जित्न सक्ने आन्तरिक विश्लेषण गरेका छन् । संघीय समाजवादी फोरम र नेपाल फोरम लोकतान्त्रिकबीच भने कसले कसलाई उछिन्ने प्रतिस्पर्धा देखिएको छ ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply