वर्षमानले ईश्वरको नम्बर फेला नपार्दा बा“डफा“ट ‘डिस्कनेक्ट’
काठमाडौं । पवित्र उद्देश्यका लागि निकै मिहेनतका साथ काम गर्दागर्दै कहिलेकाहीँ सामान्य प्राविधिक कमजोरीले ठूलै असमझदारी आइलाग्ने गरेका थुप्रै उदाहरण भेटिन्छन् ।
प्रसंग हो, दुई ठूला वाम दल एमाले र माओवादी केन्द्रले पार्टी एकता नै गर्ने उद्देश्यका साथ चुनावी तालमेलका लागि गठन गरेको कार्यदलको । त्यसो त तीन दिनभित्र सिट र क्षेत्र बाँडफाँट टुंंगो लगाउने कार्यादेश पाएको कार्यदलले दिनरात कडा मेहनत गरिरहेकै छ । तर, त्यस्तै मिहनेतका बीच काम गरिरहेकै बीचमा पनि कार्यदलमा झन्डै असमझदारीकै तहको एउटा घटना भएको छ ।
पार्टीका तर्फबाट जित्ने क्षेत्रको तथ्यांक र आधारसहित भोलिपल्ट भेट्ने वाचासहित ललितपुरको समिट होटलबाट गत शनिबार छुट्टिएका दुई पार्टीका कार्यदलका सदस्यबीच करिब १६ घण्टा सम्पर्क विच्छेद हुँदा खैलाबैला मच्चिएको हो । स्रोतका अनुसार एमालेले वडाअध्यक्षको मत परिणाम देखाएर जित्ने क्षेत्रहरूको सूची प्रस्तुत गरेपछि माओवादीतर्फका कार्यदलका सदस्य रामबहादुर थापा ‘बादल’, पुन र मातृका यादव माओवादीका तर्फबाट आन्तरिक गृहकार्य गरेर आइतबार ३ बजे भेट्ने वाचासहित अघिल्लो साँझ बिदा भएका थिए । तर ३ बज्नै लाग्दा पनि माओवादी कार्यदलका सदस्यले भोलिपल्ट सम्पर्क नगरेपछि एमाले महासचिव पोखरेललाई छटपटी लाग्नु स्वाभाविकै थियो । त्यहीबीचमा माओवादी नेता पुनले एमाले नेता सुरेन्द्र पाण्डेलाई टेलिफोन सम्पर्क गरेर बैठक सोमबार गर्ने भन्दै अर्को दिन सार्दिएपछि दुई दलबीच ६०ः४० को अनुपातमा क्षेत्र बाँडफाँट टुंगो लगाउने झमेला झन् लम्बियो ।
आफूसँग एमाले महासचिव पोखरेलको मोबाइल नम्बर नै नभएकाले सम्पर्क गर्न ढिलाइ भएको भन्दै पुनले त्यस दिन पाण्डेमार्फत बैठक स्थगित गराएका थिए । ‘मसँग ईश्वर कमरेडको मोबाइल नम्बर भएन, आन्तरिक गृहकार्य गरेर आउँछौं भनेको हाम्रै पार्टीको बैठक भइरहेकाले तयारी गर्न सकिएन । पाण्डेमार्फत पुनको सन्देश उद्धृत गर्दै स्रोतले भन्यो, ‘अब भोलि मात्रै बसौं अनि टुंंगो लगाऔं ।’ पुनको यस्तो सन्देश आएपछि मात्रै पोखरेलले बैठक नबस्ने भो भन्ने चाल पाएका थिए । दुई ठूला पार्टी एकता गर्ने उद्देश्यसहित बसिरहँदा एकसँग अर्काको मोबाइल नम्बरसमेत नहुने कुरा धेरैलाई आश्चर्य पनि लाग्छ । तर, त्यस दिनको वार्ता भने माओवादीतर्फकै ढिलाइले एक दिन पर सरेको हो । यद्यपि, सोमबार पनि दुई दलबीचको कार्यदलमा खासै गृहकार्य नभएपछि क्षेत्र बाँडफाँट टुंगो लगाउने कुरा झन् लम्बिँदै गएको छ । बढीमा केन्द्रमा ६६ र प्रदेशमा १ सय ३२ सिट पाउने भए पनि माओवादी केन्द्रले आफूले केन्द्रमा ७० र प्रदेशमा १ सय ४४ सिट पाउनुपर्ने पछिल्लोपटक दाबी प्रस्तुत गरेको थियो । जित्ने आधारबिनै माओवादीले त्यसरी दाबी गरेपछि क्षेत्र बाँडफाँट टुंग्याउन कार्यदलमा सकस परेको एक नेताले बताए ।
गंगानारायण सात दिनदेखि बेरोजगार
उता, क्षेत्र बाँडफाँटको कार्यदलमा रहेका नयाँ शक्ति पार्टीका नेता गंगानारायण श्रेष्ठ भने सात दिनदेखि बेरोजगार बनेका छन् । गत १७ गते नै कार्यदल बने पनि श्रेष्ठले कार्यदलमा प्रतिनिधित्व गरेर सिट बाँडफाँटमा कुरै राख्न पाएका छैनन् । पहिले डा. बाबुराम भट्टराईसँग केपी ओली र प्रचण्डले नयाँ शक्तिले प्रत्यक्ष र समानुपातिकतर्फ पाउने सिटको टुंंगो लागेपछि मात्रै क्षेत्र बाँडफाँट गर्ने सहमतिअनुसार श्रेष्ठ कार्यदलको बैठकमै बसेकै छैनन् । ‘पहिले शीर्ष तहमा सिटको टुंंगो लगाउने समझदारी भएका कारण म कार्यदलको बैठकमा बसेको छैन, श्रेष्ठले भने, ‘माथि टुंगो लाग्नेबित्तिकै कार्यदलमा नयाँ शक्तिले पाउने क्षेत्र पनि टुंगो लागिहाल्छ ।’
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply