आजबाट १४ स्थानमा चुनावी संयुक्त सभा
ओली र प्रचण्ड देश दौडाहामा
काठमाडौं । संयुक्त वाम गठबन्धनले आजबाट देशका १४ सहरमा विशाल संंयुक्त चुनावी सभा आयोजना गर्ने भएका छन् । चुनावी तालमेल र पार्टी एकताको सन्देश दिने उद्देश्यले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले संयुक्त चुनावी सभा गर्न लागेका हुन् ।
आज गोर्खाबाट सुरु हुने संयुक्त चुनावी सभा भोलि बागलुङ र स्याङजा हुँदै ९ मंसिरमा कास्कीको पोखरामा पुगेर समापन हुनेछ । संयुक्त सभालाई एमाले अध्यक्ष केपी शर्मा ओली माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले वरिष्ठ नेता माधवकुमार नेपालसहित दुवै पार्टीका शीर्षस्थ नेताहरूले सम्बोधन गर्नेछन् । तालमेल र पार्टी एकता भाँड्न देशी–विदेशी तŒव सक्रिय भएपछि दुवै पार्टीका नेताहरूले चुनावी सभामार्फत भ्रमपूर्ण प्रचारबाजीको खण्डन गर्ने बुझिएको छ । यसअघि सुदूरपूर्वको ताप्लेजुङमा बृहत् संयुक्त चुनावी सभा सम्पन्न भएका थिए । त्यसैलाई निरन्तरता दिँदै नेताहरूले विराटनगर, चितवन, दाङ, बाँके, बर्दिया, बुटवल, धनगढी ताप्लेजुङमा दुवै पार्टीको संयुक्त चुनावीसभा सम्पन्न भइसकेको छ । त्यस्तै, गोर्खा, बागलुङ, पोखरा, दाङ, बर्दिया, रूपन्देही, दैलेख, सुर्खेत, कैलाली र कञ्चनपुरलगायतमा चुनावी सभाहरू आयोजना हुनेछन् । ‘चुनावी तालमेल र पार्टी एकता प्रभावकारी बनाउन सभा हुन लागिरहेको हो,’ पोलिटब्युरो सदस्य तथा चुनावी परिचालन कमिटीका प्रचार संयोजक विष्णु रिमालले भने ।
सानेपाको केन्द्रीय कार्यालयबाट चुनाव परिचालन
वाम गठबन्धनले संयुक्त चुनाव परिचालन प्रभावकारी बनाउन ललितपुरको सानेपाबाट संयक्त चुनावी परिचालनको कार्यालय सुरु गरेका छन् । ‘चुनाव अवधिभर आपसी समन्वयका लागि संयुक्त रूपमा कार्यालय सञ्चालन भइरहेको छ, त्यहीँबाट देशैभर चुनाव परिचालन हुन्छ, रिमालले भने, ‘संयुक्त कार्यालय संचालन हुँदा पेरिसडाँडा दौडिने कि धुम्बाराही आउने अलमल अन्त्य भएको छ ।’
संयुक्त सभाको तालिका
कात्तिक २९ – गोर्खा
कात्तिक ३० – बागलुङ र स्याङ्जा
मंसिर २ – झापा (दमक)
मंसिर ३ – झापा (काँकडभिट्टा) र मोरङ (विराटचोक)
मंसिर ५ – चितवन
मंसिर ६ – बुटवल र दाङ
मंसिर ७ – सुर्खेत र दैलेख
मंसिर ८ – कैलाली र कञ्चनपुर
मंसिर ९ – कास्की (पोखरा)
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply