चुनावको मुखमा योजनाबद्ध सरुवा
काठमाडौं । सरकारले पहिलो चरणको निर्वाचन आउन चार दिन बाँकी रहँदा विभिन्न जिल्लाका सीडीओ तथा प्रहरी प्रमुखहरूको सरुवा गरेको छ । निर्वाचन आचारसंहिताविपरीत रातारात छापामार शैलीले त्यसरी सरुवा गरिनुलाई अधिकांशले सरकारको बदनियतका रूपमा लिएका छन् ।
कैलाली, नुवाकोटलगायतका जिल्लामा प्रहरी प्रमुख फेरिएलगत्तै सरकारले सीडीओहरूको सरुवा सुरु गरेको हो ।
गृह मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाको ठाडो आदेशमा सोमबार राति नै पहिलो चरणमा चुनाव हुने जिल्लाका सीडीओ सरुवा भएको छ ।
गृह मन्त्रालयको कार्यभारसमेत देउवा आफैंले सम्हालेका बेला चुनावलाई प्रभावित पार्ने गरी प्रमुख जिल्ला अधिकारी सरुवा भएका हुन् । स्रोतका अनुसार अधिकांश सरुवा सम्बन्धित जिल्लाका नेपाली कांग्रेसका उमेदवारको सिफारिसमा गरिएकाले यसमा बदनियत रहेको बताइएको छ । तर, सरकारले भने निर्वाचन आयोगको सहमति लिएर बाध्यात्मक परिस्थितिमा सरुवा गरेको बताएको छ । पहिलो चरणमा चुनाव हुने भोजपुर, सोलुखुम्बु, रसुवा र नुवाकोटका प्रमुख जिल्ला अधिकारी सरुवा भएका छन् ।
सोलुखुम्बुका सीडीओ भूपेन्द्र खत्रीलाई कांग्रेस नेता बलबहादुर केसीको दबाबमा सरुवा गरी उनको ठाउँमा सूर्य खनाललाई पठाइएको छ । त्यस्तै, भोजपुरमा चेतराज बरालको ठाउँमा फणीन्द्र दाहाललाई सीडीओ बनाएर पठाइएको छ । स्रोतका अनुसार रसुवाकी प्रमुख जिल्ला अधिकारी हरिदेवी पौडेलको ठाउँमा चोमेन्द्र न्यौपानेलाई पठाइएको छ । कांग्रेस नेता अर्नुननरसिंह केसी र डा. रामशरण महतको दबाबमा नुवाकोटमा जगदीशराज बराललाई हटाएर वीरेन्द्रकुमार यादवलाई पठाइएको छ ।
यस्तै, प्रहरी मुख्यालयले सरुवा भएको दुई महिनामै नुवाकोटका एसपीलाई फिर्ता बोलाएको छ । नुवाकोट प्रहरी प्रमुख एसपी वीरेन्द्र बस्याललाई जिल्लामा शान्तिसुरक्षा कायम गर्न नसकेको तथा आचरणविपरीत काम गरेको भन्दै फिर्ता बोलाइएको प्रहरी मुख्यालय स्रोतको दाबी छ ।
प्रहरी मुख्यालयले सोमबार बस्याललाई फिर्ता बोलाएर ४ नम्बर प्रदेश प्रहरी कार्यालयमा कार्यरत एसपी वसन्त कुँवरलाई नुवाकोट प्रहरी प्रमुखको जिम्मेवारी दिएको छ ।
नुवाकोटबाट फिर्ता बोलाइएका एसपी बस्याललाई तत्कालका लागि कुँवरको दरबन्दी रहेको ४ नम्बर प्रदेश प्रहरी कार्यालयमा हाजिर हुन प्रहरी मुख्यालयले निर्देशन दिएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply