‘सरकारका क्रियाकलाप संविधान र अन्तर्राष्ट्रिय प्रचलनविपरीत’
काठमाडौं । निर्वाचन परिणाम प्रकाशनपश्चात् सार्वजनिक भएका वर्तमान कामचलाउन सरकारका अभिव्यक्ति र क्रियाकलापहरू नेपालको संविधान अन्तर्राष्ट्रिय प्रचलन रहेको ठहर गरेको छ । एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजधानीमा पत्रकार सम्मेलन गर्दै शेरबहादुर देउवा सरकारलाई यस्तो चेतावनी दिएका हुन् ।
कामचलाउ सरकारका क्रियाकलाप नेपालकै विगतका अभ्यासविपरीत भएको विज्ञप्तिमा उल्लेख छ । सरकारका यस्ता किसिमको व्यवहारबाट सरकार गठन, संविधान कार्यान्वयन र लोकतन्त्रको सहज अभ्यासमा अवरोध सिर्जना हुनुका साथै जनमतको अवमूल्यन तथा अनादरसमेत भएको गठबन्धनको आरोप छ । पछिल्लो समय वाम गठबन्धन र कांग्रेसबीच राष्ट्रिय सभा गठनसम्बन्धी विषयमा प्रधानमन्त्रीलाई संविधानको गलत व्याख्या नगर्न, संविधानको सहज कार्यान्वयनमा अवरोध सिर्जना नगर्न र संविधानसम्मत एवं लोकतान्त्रिक विधिका साथ प्रकट भएको जनमतलाई अवमूल्यन तथा अनादर नगर्न र ताजा जनादेशअनुरूप नयाँ सरकार गठन गर्न मार्गप्रशस्त गर्न वाम गठबन्धनले अनुरोध गरेको छ ।
राजनीतिक स्थायित्व कायम गर्न, संविधानको रक्षा र कार्यान्वयन गर्दै समृद्धि हासिल गर्न वाम गठबन्धन गरिएको विज्ञप्तिमा उल्लेख छ । यस्तै, लोकतन्त्रलाई सबल र सुदृढ तुल्याउँदै लोकतन्त्रलाई जीवन पद्धतिका रूपमा स्थापित गर्ने बताएको छ । राष्ट्रिय स्वाधीनता, एकता र सामाजिक सद्भाव, सार्वभौमसत्तालाई सुदृढ तुल्याउन र सुखी नेपालीको चाहनालाई व्यावहारिक रूपमा सार्थक तुल्याउन प्रतिबद्ध रहेको वाम गठबन्धनले प्रतिबद्धता व्यक्त गरेको छ । नेपालको संविधानद्वारा निर्देशित स्वतन्त्र परराष्ट्र नीतिको अनुशरण गर्दै सबै मित्रराष्ट्र, विशेषतः छिमेकी देशहरूसँग सुमधुर सम्बन्ध कायम गर्न कटिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।
पत्रकार सम्मेलनमा माओवादी केन्द्रसमेतका साझा वामपन्थी उम्मेद्वारहरूको पक्षमा मतदान गर्ने सम्पूर्ण मतदातालाई धन्यवाद दिएको छ । जनताबाट निर्वाचित हुनुभएका प्रतिनिधिसभा तथा प्रदेशसभाका सदस्यहरूलाई समेत बधाई दिएको छ । स्वतन्त्र एवं निष्पक्ष निर्वाचनका लागि भूमिका निर्वाह गर्नुहुने निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारी एवं सुरक्षाकर्मीहरूलाई धन्यवाद ज्ञापन गरिएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply