मन्त्री र सचिवका कारण गुम्यो साढे सत्र करोड
काठमाडौं । कृषि विकासमन्त्री रामकृष्ण यादव र सचिव डा. सुरोज पोखरेलको चरम लापरबाहीका कारण किसानहरू अनुदानस्वरूप पाउनुपर्ने प्रांगारिक मल पाउनबाट वञ्चित हुन पुगेका छन् । बाढीपीडित किसानका लागि अनुदानमा प्रांगारिक मल किन्न छुट्ट्याइएको बजेट मन्त्री र सचिवको हेलचेक्र्याइँका कारण गुम्न पुगेको छ ।
गएको वर्षात्मा आएको बाढी, पहिरो र डुबानका कारण पीडित बनेका किसानहरूका निम्ति अनुदानमा प्रांगारिक मल दिने भनेर मन्त्रालयले साढे १७ करोड रुपियाँ छुट्ट्याएको थियो । तर, त्यहीबेला एक मल व्यापारी नरेन्द्र गिरीले काम नपाएपछि सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । व्यापारी गिरीले मुद्दा दायर गरेपछि मन्त्रालयले त्यसको उचित ‘रेस्पोन्स’ गर्नुपर्नेमा बेवास्ता गर्दै आयो । मन्त्रालयले न त अदालतलाई कुनै जवाफ पठाउन चाह्यो, न त व्यापारी गिरीसँग समन्वय नै ग¥यो । त्यही कारण, किसानलाई अनुदान दिन भनेर छुट्ट्याएको करोडौं रकम मल खरिद नै नगरी फ्रिज हुन पुगेको छ ।
मन्त्री यादव र सचिव डा. पोखरेलको नालायकीपन यतिसम्म देखिएको छ, अहिलेसम्म धानको समर्थन मूल्यसमेत तोक्ने काम भएको छैन । विगत वर्षहरूमा पुसको पहिलो हप्तासम्म धानको समर्थन मूल्य तोक्ने गरिए पनि अहिले भने मन्त्रालयले त्यस्तो मूल्य तोक्न सकिरहेको छैन । त्यस्तै, यो वर्ष धानको उत्पादन बढेको कुरा सार्वजनिक भए पनि कति उत्पादन भयो भन्नेमा मन्त्रालयले कुनै तथ्यांक निकाल्न सकेको छैन ।
यसरी नै मन्त्री यादवले मन्त्रालयको वैदेशिक महाशाखाको प्रमुखबाट हटाएर कृषि सूचना तथा सञ्चार केन्द्रमा पठाएका सहसचिव लेखनाथ आचार्य पुनः सोही महाशाखाको जिम्मेवारीमा ल्याएका छन् । वैदेशिक महाशाखामा रहेर आफूअनुकूल काम गर्दै आएका आचार्यलाई तीन महिनाअघि केन्द्रमा सरुवा गरिएको थियो । र, वैदेशिक महाशाखाको प्रमुखमा कृषि विभागका महानिर्देशक डिलाराम भण्डारीलाई ल्याइएको थियो । तर, केही दिनअघि भण्डारीले अवकाश पाएका हुँदा सो महाशाखामा पुनः आचार्यलाई ल्याइएको हो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply