किन भड्किए माओवादी केन्द्रका यी युवा ?
काठमाडौं । गैरराजनीतिक प्रक्रियाद्वारा एकीकरण हुन लागेको भन्दै नेकपा (माओवादी केन्द्र) का केही युवा नेता वाम एकीकरणको विपक्षमा खुलेरै लागेका छन् । उनीहरूले वाम एकीकरणलाई अस्वीकार गर्दै नयाँ वैचारिक धारले भरिएको बेग्लै पार्टी गठन गर्ने संकेत पनि दिएका छन् ।
प्रतिनिधि र प्रदेशसभाको निर्वाचनअघि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच चुनावी तालमेल र पार्टी एकीकरण हुने विषयमा सहमति बनेलगत्तै माओवादी केन्द्रका केही नेता भने त्यसविरुद्ध उभिँदै आएका थिए । माओवादी केन्द्रका माथिल्लो तहका नेता गोपाल किरातीले त चुनावी तालमेल र एकीकरणविरुद्ध आफूलाई खुलेआम उभ्याउँदै आएका थिए । निर्वाचनमा वाम गठबन्धनले अपार सफलता पाएपछि चुनावी तालमेल सार्थक रहेको सन्देश सबैतिर प्रवाहित हुँदै आएको छ । र, अहिले एमाले र माओवादी केन्द्रबीच एकीकरण हुने कार्यले पनि बिस्तारै गति लिँदै छ । तर, किरातीलगायत माओवादी केन्द्रका नेताहरू भने एकीकरणविरुद्ध खुलेरै लाग्नुलाई भने अर्थपूर्ण रूपमा हेरिएको छ ।
किरातीसँगै माओवादी केन्द्रका पोलिटब्युरो सदस्यहरू विश्वभक्त दुलाल (आहूति), बलराम तिमल्सिनालगायतका नेता पनि एमाले–माओवादी केन्द्रको एकीकरणको विपक्षमा देखिएका छन् । आहुतिले त आफ्नो असन्तुष्टि पटकपटक जाहेर गर्दै आएका छन् । उनले निर्वाचनमा टिकट वितरणको समयदेखि नै आफ्नो असन्तुष्टि जाहेर गर्दै आएका हुन् । प्रतिनिधिसभाको निर्वाचनमा एकताकेन्द्र पक्षधरहरूमध्ये नारायणकाजी श्रेष्ठ र गिरिराजमणि पोखरेलले मात्र टिकट पाएकामा आहूतिले एकता केन्द्रलाई माइनस गर्न खोजेको टिप्पणी गरेका थिए । तीमध्ये पोखरेलले मात्र चुनाव जिते भने श्रेष्ठ माओवादीकै पूर्वनेता डा. बाबुराम भट्टराईसँग गोरखा–२ मा पराजित भए ।
माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तिमल्सिनाले आफूहरूले नयाँ पार्टी खोल्न लागेको कुरा खुलाए । उनले एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रिया दाउ छोप्नेजस्ता भएको टिप्पणी गर्दै भने, ‘एउटा वैकल्पिक राजनीतिक धार निर्माण गर्नुपर्छ भन्ने मान्यतामा हामी पुगेका छौं । हामीसँग एमालेका साथीहरू पनि आउँछन्, बम पड्काउने साथीहरू पनि आउँछन् । त्यसका निम्ति अहिले हामी केही व्यक्तिले मात्र पहल गरिरहेका छौं ।’ उनले बेग्लै पार्टी खोल्न पहल गरिरहेका किरातीसँग पनि छलफल गरेर अघि बढ्ने बताए । अहिले किरातीसँग केही कुराकानी नभएको दाबी गर्दै उनीसँग पनि निकट समयपछि नै छलफल गरेर अघि बढ्ने तय भएको जिकिर गरे ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply