जिफन्टको सातौं राष्ट्रिय महाधिवेशन चैतमा
काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को सातौं राष्ट्रिय महाधिवेशन आगामी चैत्र १४–१७ गते गर्ने निर्णय भएको छ । सोमबार बसेको महासंघ राष्ट्रिय कमिटीको ८९औं बैठकले महाधिवेशनको नारा सुदृढ लोकतन्त्र र समृद्ध श्रमजीवी वर्ग तय गरेको छ ।
यसैगरी राष्ट्रिय कमिटी बैठकले आगामी मार्च ८ तारिखका दिन महिला सम्मेलन आयोजना गर्नेसमेत निर्णय गरेको छ । आगामी २०१८ फेब्रुअरी महिनामा युवा सम्मेलन गर्ने निर्णय पनि बैठकले गरेको छ । सम्मेलनको मिति पछि तय हुने महासंघका महासचिव विष्णु लम्सालले बताए । यसैगरी जिफन्टले प्रतिनिधिसभा सदस्यको समानुपातिक तर्फको निर्वाचन परिणाम तुरुन्त सार्वजनिक गर्न आयोगसँग माग गर्दै अनावश्यक ढिलाई नगर्न र सरकार तथा नेपाली कांग्रेसको प्रवक्ताजस्तो नबन्न ध्यानाकर्षण गरेको छ ।
बैठकमा जिफन्ट महाधिवेशन प्रतिनिधि परिषद् प्रमुख मुकुन्द न्यौपाने तथा जिफन्ट अध्यक्ष विष्णु रिमालले समसामयिक राजनीति र आगामी दिनमा ट्रेड युनियनले खेल्नुपर्ने भूमिकाका विषयमा मन्तव्य राखेका थिए । प्रतिनिधि परिषद् प्रमुख मुकुन्द न्यौपानेले वाम एकता भाँड्न चलखेल भइरहेको भन्दै त्यसमा चनाखो भई जिफन्ट कार्यकर्ताहरू एक भएर अगाडि बढ्न आह्वान गरे । यसैगरी, जिफन्ट अध्यक्ष रिमालले हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा वाम गठबन्धनले ठूलो विजय हासिल गरेको भन्दै महासंघको तर्फबाट गठबन्धनका दलहरू र विजयी उम्मेदवारहरूलाई बधाई दिनुभयो । अध्यक्ष रिमालले जिफन्ट एकीकृत ट्रेड युनियन आन्दोलनको पक्षमा रहँदै आएको स्मरण गर्दै आगामी दिनमा अन्य ट्रेड युनियनहरूसँगको एकता प्रक्रियालाई निरन्तरता दिने बताए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply