केसीलाई पक्रिँदा आईजीलाई पखाला
काठमाडौं । एकछिन अघिसम्म तन्दुरुस्त रहेका नेपाल प्रहरीका आईजीपी प्रकाश अर्याल सर्वोच्च अदालतले लामो समयदेखि आमरण अनशन बस्दै आएका गोविन्द केसीलाई पक्रन आदेश दिएपछि अकस्मात् बिरामी भए । अदालतको अवहेलना गरेको भन्दै डा. गोविन्द केसीलाई तत्काल पक्राउ गर्न सर्वोच्चले आदेश दिनेबित्तिकै उनले गम्भीर पखाला लागेको भनेर पाँचदिने बिदा मिलाएका रहेछन् । डा. केसीलाई पक्राउ गर्दा ठुलै राजनीतिक दबाब आउने भएपछि उनले बिदा लिएको बुझिएको छ ।
आफू बिदामा बसेर दोस्रो वरीयताका एआईजी बमबहादुर भण्डारीलाई उनले कार्यभार तोकेका थिए । तत्काल प्रधानमन्त्री शेरबहादुर देउवाले फोन गरेर अदालतको आदेशअनुसार डा. केसीलाई किन पक्राउ नगरेको भन्ने प्रश्न खस्न नपाउँदै उनले जवाफ दिएछन्, ‘म त बिदामा थिएँ हजुर, पखाला लागेर हैरान भएको थिएँ ।’
कानुनी राज्यअन्तर्गत न्यायालयको आदेश कार्यान्वयन गर्न पनि डराएर बिदामा बसेका आईजीपीका कारण सिंगो प्रहरी संगठनका उच्च अधिकारीहरूले आईजीपी अर्यालको आलोचना गरेका छन् । उनको समस्यादेखि भाग्ने प्रवृत्ति रहेको हुँदा मन्त्रीहरूले पनि खुलेर विरोध गरेका थिए । तर, आफू विवादमुक्त हुन उनले चलाखी गरेको बताइन्छ ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply