हलेसीमा जम्मा भएर पाँच सांसद माग
काठमाडौं । प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पराजयको नमीठो स्वाद चाखे पनि नेतृत्व पंक्ति आत्मसमीक्षा गर्न अग्रसर नदेखिएपछि नेपाली कांग्रेसका भ्रातृ संगठन र जिम्मेवार निकायहरूले नेतृत्वलाई दबाब दिन थालेका छन् । नेतृत्वलाई दबाब दिने क्रममा कांग्रेसका जिल्ला सभापतिहरू र तरुण दलले अग्रसरता लिएका छन् । सभापति शेरबहादुर देउवाका पक्षधरहरू नेतृत्वको बचाउ गर्न लागे पनि रामचन्द्र पौडेल समूहका नेता–कार्यकर्ताहरू भने नेतृत्वलाई दबाब दिन अगाडि बढेका छन् ।
नेतृत्वलाई दबाब दिने क्रममा कांग्रेसका जिल्ला सभापतिहरू खोटाङको प्रसिद्ध तीर्थस्थल हलेसीमा सोमबार जमघट भएका थिए । कांग्रेसका ३१ जिल्लाका सभापति उपस्थित सो भेलाले नेतृत्वसमक्ष जिल्ला सभापतिहरूको राष्ट्रिय भेला गर्न माग गरेको छ । सो भेलामा पौडेल समूहका जिल्ला सभापतिहरूको बाहुल्य थियो ।
सो भेलालाई राष्ट्रिय भेला गर्न जिल्ला सभापतिहरूको तयारी भेला भनिए पनि राष्ट्रियसभाको निर्वाचनको विषयले पनि प्रवेश पाएको थियो । राष्ट्रियसभाका लागि उम्मेदवार छनोट कार्य धमाधम सुरु भइरहेको हुँदा त्यसको पूर्वसन्ध्या पारेर भेला डाकिएको थियो । सो भेलाले ज्येष्ठता, कार्यक्षमता र योग्यता हेरेर केही जिल्ला सभापतिहरूलाई राष्ट्रियसभामा लैजानुपर्ने कुरा जोडदार रूपमा उठाएको थियो । भक्तपुरका सभापति दुर्लभ थापा, रामेछापका सभापति लवश्री न्यौपाने, सिन्धुलीका सभापति उज्ज्वल बराल, खोटाङका सभापति नरेशकुमार श्रेष्ठ र काठमाडौंका सभापति सबुज बानियाँलाई राष्ट्रियसभामा लगिनुपर्ने कुरा सो भेलामा उठेको थियो ।
यसैगरी, देश प्रादेशिक संरचनामा गइसके पनि र सोही संचरनाअनुरूप तीनै तहको निर्वाचन भइसके पनि कांग्रेसले भने पुरानै संरचनाअनुरूप आफ्नो संगठन कायम राखेकोमा त्यसलाई बदल्नुपर्ने कुरा पनि सो भेलामा उठेको थियो । भेलामा सहभागी एक जिल्ला सभापतिले भने, ‘संविधानअनुरूप पार्टीको सांगठनिक संरचना बनेको छैन । उही पुरानै १४ अञ्चल, ७५ जिल्लाकै संरचना छ । प्रादेशिक संरचनाअनुसार कांग्रेसको संगठन बनाइनुपर्छ भन्ने हामीले आवाज उठाएका छौं । र, भेलाले सोही कुरा पारित गरेको छ ।’
सो भेलाले भूकम्पपीडितहरूको पक्षमा पनि निर्णय गरेको छ । भूकम्पपीडितहरूलाई सरकारले दिएको ३ लाख रुपैयाँ अनुदान अपुग हुने भन्दै भेलाले ५ लाख रुपैयाँ पु¥याइनुपर्ने माग गरेको छ र भूकम्पपीडितहरूलाई अनुदानको रकम लिन समयसीमा बढाइनुपर्ने माग पनि गरेको छ । साथै, हलेसीको विकासका लागि विकास समिति वा बोर्ड बनाउनुपर्ने कुरा पनि भेलाले पारित गरेको छ । खोटाङका सभापति श्रेष्ठले यसअघि नै हलेसीमा कांग्रेसका जिल्ला सभापतिहरूको भेला राख्ने इच्छा देखाएकाले उक्त ठाउँमा भेला भएको हो । अब हुने राष्ट्रिय भेला भने नुवाकोटमा गर्ने टुंगो लगाइएको छ । नुवाकोट कांग्रेस सभापति जगदीश्वरनसिंंह केसीले ‘राष्ट्रिय भेला मैले गर्न पाउनुपर्छ’ भनी माग गरेका हुँदा नुवाकोट हुने बताइएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply