युवा नेताको प्रदेश मन्त्रीमा बार्गेनिङ
काठमाडौं । नेकपा (एमाले) लाई क्रियाशील राजनीतिक दलका रूपमा हेर्ने गरिन्छ । केन्द्रदेखि तल्लो तहसम्मै एमालेको संगठन मजबुत, सुदृढ र शक्तिशाली हुनुमा नेता–कार्यकर्ताहरूको सक्रियता र हरेक जनवर्गीय संगठनका सदस्यहरूको लगावलाई लिइने गरिएको छ । साथै, स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनपछि एमाले पहिलो शक्तिको रूपमा स्थापित हुनुलाई एमालेका कार्यकर्ताहरूकै क्रियाशीलता मान्न सकिन्छ ।
तर, लाखौं युवालाई गोलबन्द गर्ने एमालेको भ्रातृ संगठन युवासंघ भने अहिले अस्तित्वमा छ कि छैन, खोज्नुपर्ने बेला भएको छ । युवा संघको अधिवेशन हुन नसकेको त वर्षौं भयो, केन्द्रीय समितिको बैठक बस्नै नसकेको एक वर्ष पुग्यो । एक वर्षअघि २०७३ माघ २३–२५ सम्म बसेको बैठकपछि अहिलेसम्म एकपटक पनि केन्द्रीय समितिको बैठक बस्न सकेको छैन ।
२०७२ कात्तिक १५–१६ गते बसेको केन्द्रीय समितिको बैठकमा तत्कालीन कार्यवाहक अध्यक्ष निरु पालले राजीनामा दिएपछि राजीव पहारीको नेतृत्वमा नवौं आयोजक कमिटी गठन भएपछि संघको अत्तोपत्तो नै हुन छाडेको हो । सो बैठकले ६ महिनाभित्र सम्मेलन गर्ने भनेर पहारीलाई संयोजकको जिम्मेवारी दिएको थियो । तर, ६ महिनामा सम्मेलन गर्ने कुरा त टाढाकै विषय रह्यो, बैठक मात्रै पहारी अध्यक्ष भएको १६ महिनापछि हुन सकेको थियो ।
२०७४ वैशाख ९–१२ सम्म हेटौंडामा अधिवेशन गर्ने निर्णय भए पनि चुनावलाई बहाना बनाएर अधिवेशन सार्ने काम गरिएको थियो । पहारीलाई संयोजक बनाए पनि उनले संघ हाँक्न नसकेपछि चुनावअघि उनलाई हटाउन हस्ताक्षर अभियानसमेत चलेको थियो । उक्त हस्ताक्षर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समेत बुझाइएको थियो । तर, चुनावको मुखमा विवाद चर्काउँदा त्यसले असर पुग्छ भनी हस्ताक्षर प्रकरणलाई गुपचुप राखिएको थियो ।
संयोजक पहारी अहिले प्रदेशसभा सांसदमा निर्वाचित भएका छन् । उनी मंसिर २१ गते सम्पन्न प्रदेशसभा निर्वाचनमा कास्कीको क्षेत्र नं. ३ (ख) बाट निर्वाचित भएका हुन् । सांसदमा निर्वाचित भएपछि उनलाई युवा संघको नेतृत्व छाड्न दबाब आइरहेको छ । केन्द्रीय समितिका बहुसंख्यक सदस्यले उनलाई पद छाड्न दबाब दिइरहेका छन् । तर, अचेल सांसद पहारीले भने एमालेको नेतृत्व तहसँग बार्गेनिङ गरिरहेको कुरा खुल्न आएको छ । यसअघि, एमालेको नेतृत्वसामु उनले ‘आफूलाई सांसदको टिकट दिए युवा संघको अध्यक्ष छाड्छु’ भनेर वाचा गरेको बताइन्छ । उनले भनेबमोजिम नै एमालेले उनलाई टिकट दिएको थियो र उनी निर्वाचित पनि भए । अहिले भने उनले फेरि नयाँ बार्गेनिङ नेतृत्वसामु गरिरहेको बुझिएको छ । सूत्रका अनुसार उनले आफूलाई ४ नम्बर प्रदेशको मन्त्री बनाए युवा संघको अध्यक्ष तत्काल छाड्ने बताइरहेका छन् ।
एमाले नेतृत्वसामु मन्त्रीका लागि बार्गेनिङ गरे पनि युवा संघका अधिकांश सदस्यहरू भने उनीप्रति रुष्ट छन् । पहारी रहेसम्म युवा संघको सम्मेलन नहुने निष्कर्ष निकाल्दै उनलाई हटाउनुपर्ने आवाज प्रखर बन्न पुगेको छ । एक जना केन्द्रीय नेताले भने, ‘हामीले उहाँलाई तुरुन्त बैठक बोलाउनुस् भनेका छौं । तर, उहाँले समय दिन सक्नुभएको छैन । उहाँ संयोजक रहेसम्म युवासंघको सम्मेलन हुन कठिन छ ।’
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply