आङछिरिङले कसलाई मन्त्री बनाउँछन् ?
काठमाडौं । नेकपा एमाले सरकारमा जाँदा हरेकपटक आफूले एकजनालाई मन्त्री बनाउँदै आएको दाबी गर्ने पर्यटन व्यवसायी आङछिरिङ शेर्पाले यसपटक कसलाई मन्त्री बनाउने हुन् भन्ने चर्चा अहिले पनि चुलिएको छ । खासगरी एमाले र त्यसमा पनि पर्यटन व्यवसायीहरूको वृत्तमा आङछिरिङले कसलाई मन्त्री बनाउलान् भन्ने कुरालाई विशेष चासोका साथ हेरिएको छ ।
पर्यटन व्यवसायी वृत्तमा शेर्पाले एक मन्त्री आफ्नो कोटामा परेको भन्दै हिँडेपछि कतिपय नेता बालकोट छाडेर उनैलाई भेट्न लर्को लागेर पुग्ने गरेको बताइन्छ । परीक्षण उडान नै नभई आफ्नै एयरलाइन्सबाट अघिल्लोपटक तत्कालीन प्रधानमन्त्री केपी ओलीको टिमलाई चीन भ्रमण गराएका शेर्पाले योपटक कसलाई मन्त्री बनाउने भन्ने कुरा सार्वजानिक नगरे पनि एकमन्त्री आफ्नो भागमा परेको भने निकटस्थहरूमाझ बताइसकेका छन् ।
यसअघि पनि उनकै कोटामा भोजपुरका कृपासुर शेर्पा र दोलखाका आनन्दप्रसाद पोखरेलले मन्त्री बन्ने सौभाग्य पाएको स्वयं उनैले बताउने गरेका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply