रूपज्योतिको ठगी रूप
काठमाडौं । आफूलाई चर्चित व्यापारिक घरानाको दाबी गर्दै आएको ज्योति ग्रुपका रूपज्योतिले अनेक तिकडम गरेर सर्वसाधारणको रकम ठगी गरेको गुनासो आएको छ । नेपालमा आधुनिक सुविधा सम्पन्न अस्पताल खोल्ने नाममा रूपज्योतिले हजारौं सेयर होल्डरहरूको पैसा व्यक्तिगत रूपमा उठाएर झ्वाम पारेको आरोप छ ।
नेपालमा विदेशी मापदण्डबमोजिमको अस्पताल खोल्ने हल्ला चलाएर सर्वसाधारणबाट करोडौं रुपैयाँ असुुली गरी कुम्ल्याउन लागेको थाहा पाएपछि अस्पतालको सञ्चालक समितिले यिनलाई प्रमुख भूमिकाबाट पाखा लगाइदिएका छन् ।
अस्पतालमा दुई प्रकारका सेयर होल्डरहरू छन् । एक प्रकारका सेयर होल्डरहरूले प्रत्येकले १० करोड लगानी गरेका छन् भने अर्का सेयर होल्डरहरूले प्रत्येकले १ सेयरबापत २२ करोड लगानी गरेका छन् । रूप ज्यातिको अझै २२ करोड बराबरको सेयर रहेको अस्पताल स्रोतले बतायो । सूत्रहरूका अनुसार सञ्चालकहरूले आफूलाई पाखा लगाइदिएपछि उनले अर्काको नाममा सेयर राखेका छन् ।
अस्पताल सञ्चालन र सेयर दिने नाममा विभिन्न व्यक्तिहरूसँग रकम संकलन गरी ग्रान्डीकै बदनाम बनाएपछि उनलाई सञ्चालकहरूले निकालेका थिए । अस्पतालको नाममा अनगिन्ती सेयर ठग्न थालेर व्यक्तिगत लगानी गरी संस्थालाई बदनाम पारेको भन्दै विभिन्न उजुरी परेपछि संस्थाबाट उनलाई निकालिएको अस्पताल स्रोतले बतायो ।
यता अस्पतालबाट निकालेपछि रिसको झोंकमा जमलस्थित आफ्नै कम्प्लेसमा सोही नाममा सीटी शब्द थपेर ग्रान्डी सिटी अस्पताल सञ्चालन गरेका छन् ।
त्यसो त ज्योति स्पेनिङ मिलमा पनि ज्योति गु्रपले सयौं मजदुरहरूलाई पीडित बताएको रहस्य खुलेको छ । आजभन्दा करिब १५ वर्षअगाडि बारा जिल्लाको परवानीपुरमा अवस्थित ज्योति स्पेनिङ मिलमा आफैं आगो लगाउन लगाई करोडौं बिमा रकम झ्वाम पारी १००औं स्थानीय मजदुहरूको जीवन अलपत्र पारेका थिए ।
ज्योति गु्रपले सर्वसाधारणको सेयरको रकम पनि कुम्ल्याएको आरोप छ । यी मजदुरहरूको परिवार कुनै रोजगारी न त कुनै सुविधा केही नदिई निकालेको र उनीहरूको पसिनामा पनि ठगी गरेको खुलेको छ ।
त्यसो त पछिल्लो सय चर्चित व्यवसायीका रूपमा परिचय बनाएका डा. रूप ज्योति विवादमा परेका छन् । आफूलाई विपासनाको आचार्य बताउने र समग्र जगतको हित मात्र सोचेर काम गरेको भनेर प्रवचनसमेत दिने उनी पछिल्लोपटक हाउजिङको काम पनि गरेको थियो । तर, सो हाउजिङमा प्रतिबद्धताअनुसार काम पूरा नगरेको र पैसा भने चार वर्षअघि नै लिएको भन्दै विज्ञेन्द्रकृष्ण मल्लले गुनासो गरेका छन् । उनलाई सडकमा पुयाउने काम रूपज्योतिले गरे पनि सुधीर बस्नेत अहिले जेलमा हुँदा रूपज्योति भने पैसा र पावरको भरमा खुलेआम हिँडिरेहको उनको गुनासो छ । विज्ञेन्द्रकृष्णजस्ता दर्जनौं व्यक्तिलाई पीडित बनाएको बताइन्छ ।
करिब ७ आना जग्गामा कमर्सियल घर बनाइदिने वाचा गरेका सी कन्सट्रकसन कम्पनीले अहिलेसम्म पनि न त जग्गा उनको नाममा पास गरेका छन्, न त अहिलेसम्म घर निर्माण गरेका छन् ।
अहिलेसम्म जग्गा पनि उनको नाममा नामसारी गरिएको छैन । पटकपटक ल्यान्ड मार्क डेभलपर्सलाई उनले अनुरोध गर्दा पनि ‘आज गर्छु भोलि गर्छु भन्दै बेवास्ता गर्दै आएको बताइएको छ । सो डेभलपर्सको प्रमुख व्यक्ति डा. रूपज्योतिलाई भेटेर कुरा राख्दा पनि कुनै निकास नपाएको मल्लको गुनासो छ ।
मल्लले जग्गा पास गर्ने बेलामा बाँकी रकम तिर्न आफू राजी भएको तर चार वर्षअघिको उक्त रकम फिर्ता लिन तयार नभएको बताए । यसअघि उक्त कोलनीमा मल्लजस्तै अन्य व्यक्तिहरू पनि ज्योतिबाट पीडित भइसकेका छन् । उनीहरूले धेरैपटक गुहार गरेर दौडधुप गरेपछि बल्लतल्ल आ–आफ्नो घर पाएको बताइएको छ । अहिले भने मल्लबाहेक सबै जनाले आफ्नो घर पाइसकेका छन् । तर, उनलाई विगत डेढ वर्षदेखि सी कन्सट्रक्सन र ल्यान्ड मार्क डेभलपर्सका सञ्चालकहरूले ‘तपाईं पनि हामीसँग पाटर्नर भएर पाटर्नरसिपमा काम गरौं भनेर झूटा आश्वासन’ दिँदै घर भने नदिने काम गर्दै आएको उनले बताए ।
यता डा. रूपज्योतिले भने मल्लसँग आफ्नो संस्थाको कुनै कारोबार बाँकी नरहेको बताए । कन्ट्रक्सन कम्पनीसँग कुनै कारोबार भए आफूलाई थाहा नभएको तर आफ्नो कम्पनीले उनको रकम फिर्ता गरिसकेको दाबी गरे ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply