महान्यायाधिवक्ता कार्यालयमा पाण्डेको मनोमानी
काठमाडौं । महान्यायाधिवक्ताको कार्यालयमा रहेका एकाध कर्मचारीहरूले सिंगो संस्थालाई बदनाम बनाइरहेको बताइन्छ । अधिकृत तहका एक कर्मचारीले राजनीति संरक्षण र शक्तिको आडमा कतिसम्म गर्न सक्दा रहेछन् भन्ने जान्न अब अन्यत्र नगई सिधै रामशाहपथस्थित महान्यायाधिवक्ताको कार्यालय पुगे हुने भएको छ ।
स्रोतका अनुसार प्रधानमन्त्रीबाट शेरबहादुर देउवाले राजीनामा दिएलगत्तै महान्यायाधिवक्तबाट विदा भएका वसन्तराम भण्डारीका पीए बसेका निराजन पाण्डेले त्यसरी कार्यालयमा शक्तिको पहुँच देखाएर मनपरी गरेका हुन् । कांग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियन संघको विभागीय अध्यक्ष रहेका पाण्डे प्रशासनमा बसेर हालीमुहाली गर्ने र सधैंजसो लाभ लिइरहने कर्मचारीका रूपमा चिनिन्छन् ।
सो कार्यालयमा नायब महान्यायाधिवक्ताका रूपमा बद्रीप्रसाद गौतम, खगराज पौडेल, किरण पौडेल र गणेशबाबु अर्याल कार्यरत छन् । त्यसमध्ये सबैभन्दा वरिष्ठले सरकारी खर्चको चेकमा हस्ताक्षर गर्ने अधिकार राख्छन् । सो कार्यालयबाट निवृत्त हुनुअघिसम्म दुर्गाबन्धु पोखरेलले नै चेकमा हस्ताक्षर गर्थे त्यो बेला पाण्डे पोखरेलकै पीए थिए । त्यतिबेला पाण्डेले राम्रै आर्थिक चलखेल र कमिसनको प्रबन्ध मिलाएको बताइएको छ । तेलको कुपन वितरणदेखि स्टोरका सामानहरूको समेत आफैं रेखदेख गरेर पाण्डेले महान्यायाधिवक्ता कार्यालयलाई दुहुनो गाई बनाएको बताइन्छ ।
सूत्रहरूका अनुसार अधिकृत तहको कर्मचारी भए पनि उनी सहन्यायाधिवक्तासम्मको सरुवाको हैसियत राख्ने र कर्मचारीहरूलाई उच्च सरकारी वकिलको कार्यालयमा पठाउने र व्यक्ति हेरेर एउटा सरुवामा २ लाख रुपैयाँसम्म उठाउने काममा पनि संलग्न भएका उनलाई चिन्नेहरूको आरोप छ ।
काठमाडौं, ललितपुरलगायतका जिल्ला सरकारी वकिल कार्यालयलाई तुलनात्मक रूपमा मालदार निकायका रूपमा चिनिन्छ । त्यहाँ धेरै प्रकारका मुद्दाहरू आउने र त्यसलाई कमजोर पारेर पेस गर्दा मात्र पनि करोडौंको लाभ लिन सकिने बताइन्छ । त्यस्ता स्थानमा जान पनि पाण्डेले विगतमा च्यानल मिलाउने गर्दै आएको सोही कार्यालयका एक कर्मचारीले बताए ।
केही अघि मात्र यूएनडीपीअन्तर्गतको ३० लाख रुपैयाँको परियोजना ठोस काम नगरी बिल मिलाएर गोलमाल पारिएको चर्चा छ । सो कार्यक्रममा तत्कालीन नायब महान्यायधिवक्ता दुर्गाबन्धु पोखरेल, लेखा अधिकृत रमिला श्रेष्ठ र उनै पाण्डेको मिलेमतो भएको बताइन्छ ।
अहिले पनि पाण्डेले गाडीका तेलको कुपन आफैं काट्ने र रिजर्भ बसेका गाडीहरूको पनि तेल खपतको बहाना बनाएर कुपनलाई पैसामा साट्ने गरेको बताइन्छ । अधिकारप्राप्त हाकिमलाई रिझाएर काम लिन र चाकडी गर्न माहिर उनले छोटो अवधिमै बालाजु, थानकोटलगायतका स्थानमा घडेरी किन्नेसम्मको कमाइ गरिसकेका छन् ।
यता पाण्डेले भने आफू पहिले योजना शाखामा हुँदा यूएनडीपीको परियोजनामा संलग्न भए पनि भुक्तानी तथा अन्य आर्थिक मामिलामा नजोडिएको दाबी गरे ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply