मन्त्री छान्न आङछिरिङको कसरत जारीे
काठमाडौं । नयाँ पर्यटनमन्त्री आउनै लाग्दा पर्यटन मन्त्रालयले नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय (टीआईए) लाई २८ करोड रुपैयाँ बक्यौता तत्काल असुली गर्न निर्देशन दिएको छ । विमानस्थलको भवन प्रयोग गरेबापतको भाडासमेत नतिर्ने स्वदेशी तथा विदेशी विमान कम्पनीहरूबाट लिनुपर्ने रकम असुली गर्न मन्त्रालयले निर्देशन दिएको छ । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले विमान कम्पनीहरूबाट रकम असुल्न निर्देशन दिएका हुन् ।
त्यस्तै, नयाँ पर्यटनमन्त्रीमा आफूअनुकूलको ल्याउन हवाई माफिया आङछिरिङ शेर्पाको कसरत जारी रहेको छ । कृपासुर शेर्पा, दीपक अमात्य, आनन्द पोखरेलदेखि जीतेन्द्र देवसम्मलाई आफूले नै पर्यटनमन्त्री बनाएको दाबी गर्ने आङछिरिङ शेर्पाले यसपटक दोलखाका पार्वत गुरुङको पक्षमा लबिइङ गर्दै आएका छन् । पर्यटनमन्त्रीमा पार्वत गुरुङ, रवीन्द्र अधिकारी, प्रेम आलेको नाम चर्चामा छ । तर, को पर्यटनमन्त्री बन्छ भन्ने कुरा एमाले अध्यक्ष केपी ओलीलाई बाहेक अरूलाई थाहा छैन । सबैले आ–आफ्नै हिसाबले अनुमान लगाउन थालेका छन् । आङछिरिङले यसअघिका मन्त्री जितेन्द्र देवबाट गराउन खोजेका कानुनविपरीतका काम गराउन आफूअनुकूलको पर्यटनमन्त्री खोजी गरिरहेका छन् । यसअघि आङछिरिङले लुम्बिनी विकास कोषको सदस्य सचिव, तारागाउँ विकास समितिको कार्यकारी निर्देशक, पर्वतीय प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक, बृहत्तर जनकपुर विकास परिषद्को सदस्य सचिव, देवघाट विकास समितिको कार्यकारी निर्देशक नियुक्तिका लागि दबाब दिएका थिए । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमलाई हटाएर सुरेश आाचार्य वा देवानन्द उपाध्यायलाई लगी धरानको आफ्नो नामको जग्गा महँगो मूल्यमा खरिद गराउने आङछिरिङको दाउ थियो । त्यो पनि पूरा हुन सकेको छैन । पशुपति विकास कोषको अर्बाैं मूल्यको बालुवादेखि पर्यटन बोर्डका तीन सदस्य नियुक्तिसहित प्याकेजमा ९ करोड रुपैयाँ दिने आङछिरिङको प्रस्ताव थियो । त्यसमा मन्त्री देवले मन्त्रीस्तरीय निर्णयबाट टानका पूर्वअध्यक्ष दीपक महत, धनगढीको होटल डिभोलीका सञ्चालक कृष्ण महरा र अवधेश यादवलाई पर्यटन बोर्डमा नियुक्ति गर्न सफल भएका छन् । आङछिरिङको प्याकेजका अरू काम गर्न नसकेपछि ९ करोड रुपैयाँ विजय गच्छदार र उनले पाउन सकेनन् । देवबाट हुन नसकेका काम अब एमालेका मन्त्रीबाट गराउने योजनामा आङछिरिङ छन् । र, त्यसका लागि आफ्नो इसारामा चल्ने मानिस पर्यटनमा लान लागेका छन् । आङछिरिङले गोकर्ण फरेस्ट रिसोर्टको मूल्यवान् जग्गा कौडीको मूल्यमा ३० वर्षका लागि लिजमा लिएका छन् । जुन जग्गा बोलपत्रमार्फत लिजमा दिँदा सरकारलाई वार्षिक करोडौं रुपैयाँ फाइदा हुन्थ्यो । आङछिरिङले नेपाल ट्रस्टका सोल्टी होटलनजिक रहेको जग्गा र ट्रस्टकै कार्यालय दरबारमार्गको जग्गा पनि लिजमा लिएर ओगटेर राखेका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply