सभामुखमा महरा !
काठमाडौं । प्रतिनिधिसभा समामुखमा वाम गठबन्धनका नेता कृष्णबहादुर महरा बन्ने करिब निश्चित भएको बताइन्छ । वाम गठवन्धनका दुई दल नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच सभामुख माओवादीलाई दिने सहमति भएअनुसार माओवादीले महराको नाममा छलफल अघि बढाएको बुझिएको छ ।
पूर्वसभामुख ओनसरी घर्तीलाई नै दोहो¥याउने भन्ने विषय पनि माओवादीभित्र छलफलमा आए पनि घर्तीका पति वर्षमान पुनले नै त्यसलाई अस्वीकार गरेको बुझिएको छ । यसपटक पुन आफंै कुनै शक्तिशाली मन्त्रालय लिने र पत्नीलाई सभामुख नबनाउने लबिइङमा रहेको बताइन्छ । माओवादीभित्र प्रभावशाली मानिने महरा दाङबाट प्रतिनिधिसभामा विजयी भएका हुन् । उनलाई छाड्नकै लागि एमालेले शंकर पोखरेललाई प्रदेश पठाएर मुख्यमन्त्री बनाएको हो ।
बरु महराको विकल्पका रूपमा देव गुरुङको नाम अगाडि सारिएको छ । महराले पनि बन्न अस्वीकार गरेर गुरुङ वा अमिक शेरचनलाई सभामुख बनाउने कि भन्नेबारे माओवादी केन्द्रका शीर्ष नेताहरका बीचमा अनौपचारिक छलफल भएको स्रोतले बतायो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply