गभर्नरको फितलो नेतृत्वले निम्तिँदै छ संकट
काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपालको असक्षम नेतृत्व र नीतिगत अस्थिरताका कारण वित्तीय क्षेत्रमा दिनानुदिन संकट चुलिँदै गएको छ । राष्ट्र बैंकको फितलो सुपरीवेक्षणका कारण बैंक तथा वित्तीय संस्थाहरूमा पछिल्लो समय अराजकता बढ्दै गएको मात्र छैन, निक्षेपकर्ताहरूको रकम नै जोखिममा पर्ने सम्भावना पनि तीव्र बन्दै गइरहेको छ ।
गभर्नर डा. नेपालले राष्ट्र बैंकको नेतृत्व सम्हालेको तीन वर्ष पुगेको छ । तर, बितेको तीन वर्षको अवधिमा सिंगो बैंकिङ क्षेत्रमा अराजकता व्याप्त हुनुका साथै बैंकिङ क्षेत्रप्रति सर्वसाधारणको अविश्वास बढ्दै गएको छ । राष्ट्र बैंकको असक्षम नेतृत्व र नीतिगत अस्थिरताका कारण पछिल्लो समय सेयर बजार निरन्तर ओरालो लाग्नुका साथै लगानीकर्ताहरूको मनोबल गिर्दै गइरहेको छ ।
तीन वर्षअघि गभर्नरमा नियुक्त भएपछि डा. नेपालले बैंक तथा वित्तीय संस्थाहरूले चारगुना चुक्ता पुँजी वृद्धि गर्नुपर्ने गरी नीति ल्याएका थिए । नीति आएको दुई वर्षभित्र सबै वर्गका बैंक तथा वित्तीय संस्थाहरूले चौबर पुँजी वृद्धि गर्नुपर्ने नीति ल्याएपछि बैंकहरूले पुँजी वृद्धि गर्न निकै नै कसरत गर्नुपरेको थियो । केही बैंकहरूले दुई वर्षको अवधिमा पुँजी वृद्धि गर्न नसकेपछि ६ महिनाको समय पनि थपिएको थियो ।
तर, अहिले सेयर बजारमा जुन समस्या उत्पन्न हुन पुगेको छ, त्यसमा चारगुना पुँजी वृद्धि गर्नैपर्ने अनिवार्यताको असर पर्न पुगेको बताइन्छ । चारगुना पुँजी वृद्धि गर्नुपर्ने भएपछि अधिकांश बैंकहरूले हकप्रद सेयर जारी गरेर पुँजी वृद्धि गरेका थिए । एउटै बैंकले २ अर्बबाट बढाएर ८ अर्ब पुँजी पु¥याउँदा ६ अर्ब वृद्धि हुन पुगेको थियो र वृद्धि भएको पुँजी हकप्रद सेयरबाटै भएको थियो । बैंकहरूले पुँजी वृृद्धि गर्दा करिब २ अर्बजतिको सेयर बढेसँगै अहिले सेयर बजारमा असर देखिन थालेको हो । कुनै बेला पौने २ अर्बसम्म दैनिक सेयर कारोबार भए पनि अहिले भने दैनिक २२÷२४ करोडभन्दा माथि उक्लिन सकेको छैन । सेयर बढेसँगै सेयर बजारमा दैनिक ४ अर्ब टर्नओभर हुनुपर्ने भए पनि त्यस्तो हुन नसकेपछि अहिले सेयर बजार ओरालो लाग्ने क्रम बढेको हो ।
राष्ट्र बैंकको चारगुना पुँजी वृद्धिको नीतिले सेयर बजारमा तीव्र समस्या उत्पन्न हुनुको पछाडि गभर्नर डा. नेपालकै हात रहेको बताइन्छ । अर्कोतिर, राष्ट्र बैंक नेतृत्वको निकम्माका कारण पछिल्लो समय बजार हाबी हुन पुगेको छ । बैंक तथा वित्तीय संस्थाहरूले जे निर्णय गर्छ, त्यसमा राष्ट्र बैंकले आँखा चिम्लेर सही छाप लगाउने काम गरेपछि समस्या उत्पन्न हुन पुगेको हो । राष्ट्र बैंकको नीतिगत अस्थिरताका कारण पछिल्लो समय बैंकहरूले आफूखुसी व्याज वृद्धि गर्ने र बैंकर्स एसोसिएसनले आफूखुसी निर्णय गर्ने गलत प्रवृत्तिको विकास हुन पुगेको थियो ।
गभर्नरमा नियुक्त भएपछि डा. नेपालले बैंक तथा वित्तीय संस्थाहरूको अनुगमन र सुपरीवेक्षणको कार्यलाई फितलो छाडिदिएका कारण त्यसको असर बिस्तारै देखिन थालेको छ । पछिल्लो समय, एनसीसी बैंकमा मर्ज भएको एपेक्स बैंकमा मर्ज हुनुअघि नै देखिएको संगठित घोटालामा सो बैंकका कर्मचारीहरू कारबाहीमा परेका छन् । तर, एपेक्स बैंकमा सञ्चालक र कर्मचारीहरूकै मिलेमतोमा करिब डेढ अर्ब घोटालामा हुनुमा राष्ट्र बैंकको फितलो सुपरीवेक्षण नै कारक रहेको बताइन्छ । सो बैंकले अनियमित कर्जा प्रवाह गर्ने, प्रवाहित खराब कर्जालाई विन्ड्रो डे«सिङ अर्थात् सफा तुल्याउने, नक्कली ऋणी खडा गर्ने, नक्कली धितो राख्ने र धितोको अत्यधिक मूल्यांकन गर्नेलगायत काम गरी ठूलो मात्रामा घोटाला हुन पुगेको थियो ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply