नापीका भ्रष्ट मालपोतमा सरुवा
काठमाडौं । जनसम्पर्क हुने कार्यालयमा कार्यरत कर्मचारीहरूलाई सोही प्रकृतिका कार्यालयमा सरुवा गर्ने क्रम रोकिन सकेको छैन । वैदेशिक रोजगार विभागबाट अध्यागमन कार्यालय एयरपोर्ट र अध्यागमनबाट वैदेशिक रोजगार विभागमा सरुवा हुँदै आएका छन् । जसका कारण वैदेशिक रोजगार विभाग र अध्यागमन कार्यालयको सेटिङमा खाडी मुलुकमा घरेलु कामदार जाने गरेका छन् । अध्यागमन र वैदेशिक रोजगार चहार्ने कर्मचारीकै कारण धेरै विवाद आउने गरेको छ ।
अध्यागमनमा मात्र होइन, मालपोत र नापी कार्यालयमा पनि त्यस्तै भएको छ । वल्लाघरको नरे पल्लाघरमा सरे भनेजस्तै नापी विभागमा नियमित सरुवादेखि काज खटाउँदा घुस लिने गरेका नापी विभागका प्रशासन शाखाका शाखा अधिकृत खगेन्द्र अर्याल मालपोत कार्यालय चावहिलमा सरुवा भएका छन् । नापी विभागमा दुई वर्षअघि सरुवा भएका खगेन्द्र अर्यालले तत्कालीन महानिर्देशक कृष्णराज बीसीको कार्यकालमा भएको सर्भेक्षक र नापी अधिकृतको सरुवामा ठूलो रकम घुस संकलन गरेको आरोप लागेको थियो । बीसी र उनले सरुवाबाट रकम असुल्नुसम्म असुली गरिसकेपछि महानिर्देशकका रूपमा गणेशप्रसाद भट्ट आए । भट्ट आइसकेपछि अर्यालले घुस लिँदै काज खटाउन थाले । काठमाडौं उपत्यकालगायत आकर्षक नापी कार्यालयमा काजसरुवा हुन चाहने कर्मचारीलाई तीन महिनाको तलबबराबरको रकम घुस लिने काम अर्यालले भट्टसँग मिलेर गरे । नापीमा घुस दिनेको काजसरुवा खुरुखुरु हुने गरेको थियो । काठमाडौं उपत्यका, काभ्रे, झापाजस्ता आकर्षक नापी कार्यालयमा काजसरुवा हुन चाहने अमिन, सर्भेक्षक र नापी अधिकृतहरूबाट प्रशासन शाखाका खगेन्द्र अर्यालले तीन महिनाको तलब घुस लिँदै खुरुखुरु काज खटाएको पत्र दिने गरेका छन् । त्यसरी सरुवा गरेको कर्मचारीलाई तीन महिनापछि अर्यालले पुनः फोन गरेर बोलाएर काजमा यथावत् बस्ने भए पुनः तीन महिनाको तलब बुझाउन आदेश दिने गरेका छन् । कर्मचारीहरूले पुनः तीन महिनाको तलब बुझाएर काज खटाएको पत्र लिएर जाने गरेका छन् । यसरी प्रत्येक दिन दर्जनजति काजसरुवा गर्दा कर्मचारीस“ग तीन महिनाको तलब अर्यालले घुस लिने गरेका छन् । शाखा अधिकृत अर्यालले अहिलेसम्म काज सरुवा गरेरै करोडौं रूपैयाँ घुस असुली गरेका थिए । त्यही रकम भूमिसुधार व्यवस्था विभागका महानिर्देशक मुक्ति आचार्यलाई दिएर उनी एक साताअघि चावहिल मालपोत कार्यालयमा सरुवा भएका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply