सन्की मातृकाको यो रूप !
काठमाडौं । वनमन्त्री हुँदा ललितपुरका स्थानीय विकास अधिकारी डन्डुराज घिमिरेलाई नै शौचालयमा थुनेर चर्चामा आएका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव पुनः चर्चामा आएका छन् । यतिबेला उनले जनताको पक्षमा राम्रो काम गरिरहेको एक महानिर्देशकलाई सरुवा गरेका कारण चर्चा बटुलेका हुन् ।
रक्तचन्दनविरुद्धको कारबाही चलाएर चर्चा बटुलेका र पछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग मतभेद पछिपछि मन्त्री पद नै त्याग्न तयार भएका उनी अहिले भने अवधि नै नपुगी राम्रो काम गरिहेका महानिर्देशकको सरुवा गरेर बदनाम भएका छन् । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक कुमार दाहाललाई केही माफियाको उक्साहटमा सरुवा गरेपछि मन्त्री यादवको असली रूप देखिएको हो ।
धेरै क्रान्तिकारी कुरा गरेर कुनै समय प्रचण्डको पनि साथ छाडेका उनी अहिले आपूर्तिमन्त्री भएपछि विवादास्पद बन्न थालेको बताइन्छ । अहिले उनको क्रान्तिकारी छवि नाफाखोर व्यापारीको पाउमा लम्पसार परेको बताइन्छ ।
उपभोक्ता ठगी गर्ने ठूला अस्पताल, गाडी कम्पनी, बोर्डिङ स्कुलहरूको अनुगमन गरी चर्चामा आएका महानिर्देशक दाहाललाई मन्त्री यादवले लहड र सनकका भरमा सरुवा गरेको बुझिएको छ । महानिर्देशक दाहाललाई मंगलबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको छ । आवरणमा हेर्दा भ्रष्टाचार विरोधी छवि बनाएका मन्त्री यादवले उपभोक्ता ठगी गर्ने ठूला उद्योगलाई ठगीमा कारबाही गर्न खोज्ने महानिर्देशक दाहालको सरुवा गरेका छन् ।
१ करोड मूल्यमा बिक्री गर्नुपर्ने गाडी १ करोड ५२ लाखमा बिक्री गर्ने गाडी कम्पनीविरुद्ध उनले अनुगमन गरी ठगीमा मुद्दा चलाउन प्रहरी कार्यालयमा फाइल पठाएका थिए । बिरामी लुट्ने अस्पतालले ठगी गरेका प्रमाणसहित उनले ठगीमा कारबाही अगाडि बढाउनू भने पनि प्रहरीले मुद्दा नचलाई उनलाई सफल हुन दिएको थिएन ।
नर्भिक अस्पतालले बिरामीसँग सर्भिस चार्ज भनेर लिइसकेपछि पुनः बेड सर्भिस चार्ज भनेर पैसा लिएको भन्दै उनले कारबाहीका लागि प्रहरीमा पठाएका थिए । लक्ष्मी हुन्डाई गाडी, चौधरी ग्रुपको अरुण इन्टरकन्टिनेन्टल सर्भिसले बिक्री गर्ने सुजुकीलगायतका गाडी कम्पनीविरुद्ध पनि उनले ठगीमा मुद्दा चलाउन सिफारिस गरेका थिए । बोर्डिङ स्कुलहरू युलेन्स, जेम्स, रातो बंगला, प्रिमियर, पाठशालाजस्ता स्कुलले करोडौैं धरौटी फिर्ता नगरी पचाएपछि त्यो फिर्ता गराउन पहल गरेका थिए । र, त्यो धरौटी फिर्ता नगर्ने स्कुलमाथि कारबाही गर्ने अडान लिएका थिए ।
बोर्डिङ स्कुलहरूले भर्ना फर्मबाट मात्र वार्षिक २ करोड रूपैयाँ गैरकानुनी रूपमा लिएको अनुगमनका क्रममा पाएपछि उनी कडा कारबाही गर्नुपर्ने पक्षमा थिए । र, जेम्स स्कुलले भर्ना गर्दा लिएको धरौटी फिर्ता नगरेको ३ करोड रकम भेटिएको थियो । उक्त रकम तत्काल विद्यार्थी वा अभिभावकलाई फिर्ता गर्न उनले निर्देशन दिएका थिए ।
जेम्सले फिर्ता कहाँ र कसलाई गर्ने भनेर विवाद गरेपछि उनले प्रत्येक विद्यार्थीको खातामा हाल्न निर्देशन दिएका थिए । यसरी ठगीविरुद्ध कडा रूपमा उत्रिएका महानिर्देशक दाहालविरुद्ध सबै माफिया एकढिक्का भएर उत्रिएर उनको सरुवा गराएको बताइन्छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply