कांग्रेसमा कोइराला दाजुभाइ विभाजित
काठमाडौं । तीनवटै तहको निर्वाचनमा लज्जास्पद पराजय बेहोरेपछि लगभग मूच्र्छित अवस्थामा पुगेको पुरानो पार्टी कांग्रेस अबको बाटो पहिल्याउन नसकेर झन् बिरानो यात्रीझैं बनेको छ । नेता रामचन्द्र पौडेल र प्रकाशमान सिंह गुटसँगै तेस्रो गुट कृष्णप्रसाद सिटौला गुट सभापति शेरबहादुर देउवालाई पराजयको दोष थुपरेर विशेष महाधिवेशनको दाउपेच गर्नमै व्यस्त छ । उता, देउवाले पौडेल र सिटौला समूहको लगातार आक्रमण परास्त गर्ने अर्जुनदृष्टि लगाइरहेका बेला कोइराला परिवार पछिल्लो एजेन्डामा विभाजित बनेको छ । कोइराला परिवारमा देखिएको यो विभाजनको फाइदा देउवालाई नै पुग्ने विश्लेषण गर्न थालिएको छ ।
अहिले पनि कांग्रेस कृष्णप्रसाद कोइरालाको ज्येष्ठ सुपुत्र बीपी कोइरालाको विरासत हो भन्ने ठूलो पंक्ति कांग्रेसमा छ । कोइराला परिवारप्रति यति धेरै ठूलो पंक्तिले सहानुभूति राखिरहेको बेला बीपीपुत्र शशांक कोइराला र केशवपुत्र डा. शेखर दुई ध्रुवमा देखिएका छन् । देउवाको असक्षमतामाथि कडा प्रहार गर्दै शेखर पार्टी बचाउन तत्काल विशेष महाधिवेशनमा जानुको विकल्प नरहेको वकालत गरिरहेका छन् । उता, महामन्त्रीसमेत रहेका डा. शशांक भने नेतृत्वलाई प्रहार गर्नेभन्दा अहिलेको पराजयको जिम्मेवारी सबैले लिएर कांग्रेस पुनर्जागरण अभियान सञ्चालन गर्नुपर्ने पक्षमा छन् ।
साइनोमा शेखर शशांकको दाजु हुन् । तर यी दुई दाजुभाइ कांग्रेसको अहिलेको मामिलामा फरकफरक कित्तामा उभिएपछि जुँगाको लडाइँ सुरु भएको नेताकार्यकर्ता पंक्तिले अनुभूति गर्न थालेका छन् । केही दिनअघि शशांकले आफू भावी सभापतिको दाबेदार हुने बताएपछि नयाँ तरंग फैलिएको छ । गिरिजापुत्री सुजाता कोइरालासँग पनि परामर्श नगरी शशांकले नयाँ अभिव्यक्ति सार्वजनिक गरेपछि कांग्रेसभित्र कोइराला परिवारभित्र नेतृत्वका लागि जुगाँको लडाइँ सुरु भएको अनुमान गरिएको छ । चुनावमा पराजय बेहोरेपछि नेतृत्वसँग चिढिएका शेखरको स्वर पौडेल र सिटौला समूहसँग मिलेको छ । यता, शशांकले भने घुमाउरो तरिकाले देउवाको लाइन समाएका छन् । त्यसो त देउवालाई चिढ्याउनेभन्दा नजिक रहेरै नेतृत्व हातमा आउने विश्वास शशांकमा देखिएपछि दुई दाजुभाइको लडाइँ अबको दिनमा सतहमै आउने अनुमान गर्न थालिएको छ ।
पार्टीमा बलिया देउवा भ्रातृ संगठनमा कमजोर
पार्टीको केन्द्रीय समिति र संसदीय दलमा बलियो पकडमा रहेका सभापति देउवा पछिल्ला दिनमा केही भ्रातृ संगठनहरूमा भने कमजोर बन्दै गएका छन् । पछिल्लो समय अधिवेशन भएका कांग्रेसका शुभेच्छुक संस्थाहरूमा देउवा पक्ष अल्पमतमा परेको हो । नेपाल शिक्षक संघ हुँदै संस्थापन पक्ष पछिल्लोपटक नेपाल प्रजातान्त्रिक इन्जिनियर्स एसोसिएसनको अधिवेशनमा पराजित हुन पुगेको छ ।
प्रजातान्त्रिक इन्जिनियर्स एसोसिएसनको अधिवेशनमा संस्थापन पक्षका उम्मेदवार नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक मुकेश काफ्लेलाई पराजित गर्दै नेता रामचन्द्र पौडेल समूहका शंकरप्रसाद पण्डित विजयी बनेका छन् । १५ सदस्यीय कार्यसमितिमा पाँच पदाधिकारी र नौ सदस्य पण्डित समूहले जितेको छ ।
त्यस्तै, नेपाल सार्वजनिक कर्मचारी संघको ४१ सदस्यीय कार्यसमितिमा संस्थापन पक्षका दुई जना मात्र निर्वाचित भएका छन् । हालै सम्पन्न अधिवेशनमा पौडेल पक्षका जनार्दन भट्टराईले देउवा पक्षका मणिल ओझालाई पराजित गरे । त्यस्तै, वित्तीय कर्मचारी संघको अधिवेशनमा पनि संस्थापन पक्ष पराजित भएको छ । अधिवेशनबाट पदमराज रेग्मीले संस्थापन पक्षका उम्मेदवार रमेश रावललाई पराजित गरेका छन् । संघको अध्यक्ष, उपमहासचिव, कोषाध्यक्ष र खुला सदस्यका सबै पदमा पौडेल समूहका उम्मेदवार निर्वाचित भएका छन् ।
त्यसअघि अधिवेशन भएका नेपाल शिक्षक संघ र नेपाल निजामती कर्मचारी युनियनमा पनि संस्थापन पक्षका उम्मेदवार पराजित भएका थिए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply