राष्ट्र बैंकमा गन्जागोल
काठमाडौं । नेपाल राष्ट्र बैंकमा गन्जागोल भएको छ । केही दिनअघि आठ जना उपनिर्देशक पदका कर्मचारीको निर्देशक पदमा बढुवा भएपछि झनै अन्योल बढेको हो । सय जनाभन्दा बढी उपनिर्देशक कार्यरत भए पनि आठ जनाले मात्रै बढुवा हुने अवसर पाएको बताइन्छ । ३० वर्षे अवकाश नीतिका कारण धेरै निर्देशकको सेवा अवधि सकिएपछि उपनिर्देशकहरूले यति चाँडै बढुवा हुने अवसर पाएका हुन् । अहिले राष्ट्र बैंकका डा. चिरञ्जीवी नेपाल गभर्नर भए पनि निर्देशक राजेन्द्र पण्डितले गभर्नरको सचिवालमा बसेर सम्पूर्ण काम गरिरहेका छन् । त्यसैले, उनलाई केहीले छाया गभर्नरका रूपमा समेत लिने गरिएको छ । यो पटकमा बढुवामा पनि गभर्नर नेपाल, निर्देशक पण्डित र अर्थमन्त्री डा. युवराज खतिवडाले आफ्ना निकटलाई छानेर बढुवा गरेको भन्दै असन्तुष्टि छाएको छ ।
बढुवा हुनेमा प्रह्लाद थापा, चेतप्रसाद उप्रेती, बलराम पौडेल, ईश्वरीप्रसाद न्यौपाने, रोशनकुमार सिग्देल, केशव थापा, डा. रामशरण खरेल र डा. डिल्लीराम पोखरेल रहेका छन् । डा. खरेल भने अर्थमन्त्री युवराज खतिवडाका आफ्नै ज्वाइँ लहुन् । खतिवडा अर्थमन्त्री भएपछि अर्थ मन्त्रालयको सल्लाहकारमा नियुक्त गराएका उनलाई अर्थमन्त्री डा. खतिवडाको दबाबमा बढुवासमेत गरिएको बुझिएको छ । डा. खरेलको दुईवटै हातमा लड्डु भएपछि अन्य कर्मचारीहरू भने रुष्ट भएका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply