राष्ट्र बैंकमा गन्जागोल
काठमाडौं । नेपाल राष्ट्र बैंकमा गन्जागोल भएको छ । केही दिनअघि आठ जना उपनिर्देशक पदका कर्मचारीको निर्देशक पदमा बढुवा भएपछि झनै अन्योल बढेको हो । सय जनाभन्दा बढी उपनिर्देशक कार्यरत भए पनि आठ जनाले मात्रै बढुवा हुने अवसर पाएको बताइन्छ । ३० वर्षे अवकाश नीतिका कारण धेरै निर्देशकको सेवा अवधि सकिएपछि उपनिर्देशकहरूले यति चाँडै बढुवा हुने अवसर पाएका हुन् । अहिले राष्ट्र बैंकका डा. चिरञ्जीवी नेपाल गभर्नर भए पनि निर्देशक राजेन्द्र पण्डितले गभर्नरको सचिवालमा बसेर सम्पूर्ण काम गरिरहेका छन् । त्यसैले, उनलाई केहीले छाया गभर्नरका रूपमा समेत लिने गरिएको छ । यो पटकमा बढुवामा पनि गभर्नर नेपाल, निर्देशक पण्डित र अर्थमन्त्री डा. युवराज खतिवडाले आफ्ना निकटलाई छानेर बढुवा गरेको भन्दै असन्तुष्टि छाएको छ ।
बढुवा हुनेमा प्रह्लाद थापा, चेतप्रसाद उप्रेती, बलराम पौडेल, ईश्वरीप्रसाद न्यौपाने, रोशनकुमार सिग्देल, केशव थापा, डा. रामशरण खरेल र डा. डिल्लीराम पोखरेल रहेका छन् । डा. खरेल भने अर्थमन्त्री युवराज खतिवडाका आफ्नै ज्वाइँ लहुन् । खतिवडा अर्थमन्त्री भएपछि अर्थ मन्त्रालयको सल्लाहकारमा नियुक्त गराएका उनलाई अर्थमन्त्री डा. खतिवडाको दबाबमा बढुवासमेत गरिएको बुझिएको छ । डा. खरेलको दुईवटै हातमा लड्डु भएपछि अन्य कर्मचारीहरू भने रुष्ट भएका छन् ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply