आईजीपी खनाल लड्डु बाँड्न व्यस्त, चार महिनादेखि क्षेत्र खाली
काठमाडौं । चार महिनाअघि विशेष पद सिर्जना गरी बढुवा भएका सशस्त्र प्रहरी बलका एआईजीहरू जिम्मेवारीविहीन छन् । पूर्वक्षेत्रका डीआईजी जानकी भट्टराई र पश्चिमाञ्चलका सुबोध अधिकारी विशेष पद सिर्जना गरी बढुवा भएर फाजिलमा छन् । नेपाल प्रहरी संघीय संरचनामा गए पनि सशस्त्र प्रहरी जान सकेको छैन । विगतको क्षेत्रीय संरचनामै छ । क्षेत्रका डीआईजी एआईजी बढुवा भएर फाजिलमा छन् । सशस्त्र मुख्यालयमा डीआईजीको ताँती छ । तर, पूर्वाञ्चल र पश्चिमाञ्चलजस्ता क्षेत्रमा बाहिनीपति खटाइएको छैन । डीआईजीले बाहिनीपति (क्षेत्र) चलाउनुपर्नेमा एसएसपीले चलाउनुपरेको छ । पूर्वक्षेत्रमा चार महिनादेखि एसएसपी बेचन यादव निमित्त बाहिनीपति छन् ।
सप्तरी सीमा सुरक्षा कार्यालयदेखि जहाँ बस्यो, त्यहीँ बदनाम एसपी यादवले निमित्त बाहिनीपति भएपछि असुली आतंक नै सिर्जना गरेका छन् । पश्चिमाञ्चलको बाहिनीपति पनि चार महिनादेखि एसएसपी विजय पण्डित छन् । डीआईजी खटाइएको छैन । पण्डित पनि आर्थिक अनियमिततामा मुछिएका अधिकृत हुन् । विगत चार महिनादेखि दुईवटा क्षेत्रमा डीआईजी छैनन् । तीन वर्षदेखि मध्यपश्चिमाञ्चल बाहिनीको डीआईजी वसन्त बानियाँ छन् । कोषराज वन्तसहित तत्कालीन मध्यपश्चिमाञ्चलका बाहिनीपति डीआईजी अरविन्द धिताल निलम्बनमा परेपछि एसएसपी रहेका बानियाँले निमित्त पाए । करिब एक वर्ष निमित्त बाहिनीपति भएका बानियाँलाई तत्कालीन आईजीपी धु्रवबहादुर प्रधानले डीआईजी बढुवापछि पनि त्यहीँ पदस्थापन गरेका थिए । नेपाल प्रहरीका पूर्वआईजीपी ध्रुवबहादुर प्रधानको जोडमा उनलाई एसएसपी हुँदा निमित्त बाहिनीपति दिइएको थियो भने बढुवापछि पदस्थापन पनि त्यहीँ गरिएको थियो । प्रधानकी दाजुकी छोरी विवाह गरेका बानियाँ अहिले पनि तीन वर्षदेखि मध्यपश्चिममै कार्यरत छन् । ध्रुवबहादुर प्रधान नेपाल प्रहरीको आईजीपी हुँदा दुर्जकुमार राई त्रिभुवन विमानस्थलमा कार्यरत थिए । त्यतिबेला सुन ओसार्नेमध्ये राई पनि भएका कारण प्रधानसँग कनेक्सन राम्रो रहेका कारण पनि बानियाँलाई उनकै जोडमा मध्यपश्चिममा राखिएको सशस्त्रका अधिकारी बताउँछन् । बानियाँ बिहानैदेखि मदिरामा मस्त हुने डीआईजी हुन् । सुदूरपश्चिमाञ्चलका बाहिनीपति खड्गबहादुर राईको पनि डेढ वर्ष भइसकेको छ । मध्यमाञ्चल क्षेत्रका डीआईजी कवीन्द्रमान श्रेष्ठ महिनौंदेखि काजमै छन् । उनको दरबन्दी कायम गरिएको छैन ।
पूर्वआईजीपी सिंहबहादुर श्रेष्ठले चार महिनादेखि क्षेत्रमा डीआईजी पठाउन सकेनन् नै । तर, नयाँ आईजीपी शैलेन्द्र खनालले पनि गृहमन्त्री रामबहादुर थापा र सचिव प्रेम राईसँग समन्वय गरी रिक्त बाहिनीपति सरुवा गर्नतिर चासो देखाएका छैनन् । हल्चोक मुख्यालयमा डीआईजीहरूको लस्कर छ । स्थानीय तहमा विप्लव माओवादीले आतंक सिर्जना गरिरहेको संवेदनशील अवस्थामा काजमै भए पनि डीआइजी खटाउन सकेका छैनन् । उनलाई आफूलाई आईजीपी बनाउनेहरूको घरघरमा लड्डु बोकेर हिँड्ने र चाकरी बजाउनमै केन्द्रित छन् । उनी हल्चोक मुख्यालयमा भन्दा बढी लड्डु बोकेर शक्तिकेन्द्र धाउनै व्यस्त छन् । उनी कार्यालयमा मुस्किलले एक घण्टा पनि बस्दैनन् । १०÷१५ दिन भेटघाट छ भन्दै हिँड्ने गर्दछन् ।
यसैबीच, आईजीपी खनालले प्रेम शाही र प्रकाश ओझा अवकाश भएपछि रिक्त प्रशासन र एकेडेमीमा एआईजी सरुवा गर्न खोजिरहेका छन् । उनले प्रशासन विभागको प्रमुखमा एआईजी नारायणबाबु थापालाई ल्याउन चाहिरहेका छन् । फाजिलमा बढुवा भएका पाँच एआईजीमध्ये दुईवटामा दरबन्दी खाली छ । यी पाँचजनामध्ये कसलाई समायोजन गर्ने भन्नेमा सशस्त्रमा लडाइँ छ ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply